२०८२ माघ २६ गते, सोमबार १२:३२

ऊर्जामन्त्री खड्का र युएइका मन्त्रीबीच शिष्टाचार भेट

ऊर्जा क्षेत्रमा नेपाल-यूएई दीर्घकालीन सहकार्यको सम्भावना बलियो

काठमाडौं, ६ जेठ/नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीच ऊर्जा क्षेत्रमा दीर्घकालीन सहकार्यको सम्भावना थप बलियो बनेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्का एवं यूएईका ऊर्जा तथा दिगोपनसम्बन्धी सहायक परराष्ट्रमन्त्री अब्दुल्ला बलालाबीच भएको शिष्टाचार भेटमा दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने साझा प्रतिबद्धता व्यक्त गरिएको छ।
सगरमाथा संवादमा सहभागी हुन नेपालको औपचारिक भ्रमणमा आउनु भएका युएइका मन्त्री बलालालाई स्वागत गर्नुहुँदै ऊर्जामन्त्री खड्काले सगरमाथा संवादमा सहभागी भएकोप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले नेपाल र यूएईबीच लामो समयदेखि रहँदै आएको मैत्रीपूर्ण सम्बन्धलाई ऊर्जा क्षेत्रमा सहकार्यमार्फत अझ मजबुत बनाउने अवसर आएको उल्लेख गर्नुभयो । विशेषतः जलविद्युत् क्षेत्रमा नेपालसँग अपार सम्भावना रहेको बताउनुहुँदै ऊर्जामन्त्री खड्काले स्वच्छ ऊर्जा उत्पादनमा यूएईलाई रणनीतिक साझेदारका रूपमा स्वागत गर्ने नेपालको चाहना रहेको बताउनु भयो ।


नेपालले हाल भारत र बङ्गलादेशसँग विद्युत् व्यापार सुरु गरिसकेको र यस क्षेत्रीय समन्वयलाई अझ विस्तार गर्ने प्रयास भइरहेको जानकारी दिँदै मन्त्री खड्काले स्वच्छ ऊर्जा प्रवर्द्धनका लागि जलविद्युत्, नवीकरणीय ऊर्जा प्रणालीको विकास र प्रसारण प्रणालीका परियोजनाहरूमा यूएईको लगानीको अपेक्षा रहेको बताउनु भयो ।
शिष्टाचार भेटका क्रममा युएइका मन्त्री महामहिम बलालाले नेपालको ऊर्जा क्षेत्रमा यूएईको गहिरो चासो रहेको र उक्त क्षेत्रमा लगानी गर्न इच्छुक रहेको धारणा व्यक्त गर्नु भयो । मन्त्री बलालाले विशेषतः जलविद्युत्, सौर्य ऊर्जा, बैट्री इनर्जी स्टोरेज प्रणाली तथा प्रसारण लाइनजस्ता क्षेत्रमा यूएईले नेपालसँग सहकार्य गर्न सक्ने बताउनु भयो । स्वच्छ ऊर्जा उत्पादनलाई समर्थन गर्दै उनले नेपालका विकास प्रयासमा यूएई सरकार सकारात्मक भूमिकाका साथ सहभागी हुने प्रतिबद्धता जनाएका थिए ।
महामहिमले नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिंचाई क्षेत्रको दीर्घकालीन लक्ष्य प्राप्तिमा रचनात्मक भूमिका निर्वाह गर्नुहुने विश्वास व्यक्त गर्नुभयो । भेटवार्ताले नेपाल-यूएई सम्बन्धलाई अझ मजबुत बनाउँदै ऊर्जा क्षेत्रमा दीर्घकालीन रणनीतिक साझेदारीको मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM