२०८२ माघ १ गते, बिहीबार ०४:२६

पश्चिमाको नयाँ मोडेल !!

– मोहन लामा रुम्बा

सार्वजनिक चर्पीमा दिसा गरेको रु-५ पिसाब गरेको रु १० रुपैयाँँ नगरपालिकाले तोकेको छ तर यहाँनेर विवाह १ रुपैयाँँमा गरेको भनेर मिडिया हेडलाईन न्युज बनाएर सुनाउने गरेको हुन्छ।

पञ्चायतकाल तिर वामपन्थीहरूले परम्परागत विवाह पद्धतिलाई फजुल खर्च भनेर पार्टीको निर्देशनमा कार्लमार्क्स र माओत्सेतुङको तस्वीर राखेर मुट्ठी कसेर लाल सलाम भन्दै विवाह गर्ने प्रथा सुरु गरेको थियो। आजभोलि बामपंथी वृत्त भन्दा बाहिरकाले पनि “कम” खर्चमा विवाह गरिएको भन्दै सामाजिक सन्देशको नाउँमा ढोल पिट्ने काम गरेको देखिन्छ।

👉️ केहि वर्ष अगाडि (२०७५ सालमा) समता स्कुलका संस्थापक अध्यक्ष उत्तम सञ्जेलले जम्मा ३०० मा बिबाह सम्पन्न गरेको भन्दै (मिडियामा हेडलाईन न्युज कभर गर्‍यो) प्रचारप्रसार गर्दै खर्च विवरण यसरी जानकारी दियो-

२ सय रुपैयाँको माला, ७५ रुपैयाँको पोते र २५ रुपैयाँको सिन्दुर किनेर तीन सयमा विवाह सकियो भनेर।

यो समाचार अनुसार उनलेे गरेको खर्च विवरण ठिकै हो तर यो विवाह खर्च दिउँसोको हो साँझको होइन। उनलेे चप्पल लगाएर दिउँसो बिबाह गर्दा ३०० रुपैयाँँमा नै सम्पन्न गरेको थियो तर साँझको बिबाह अर्को थियो पशुपति क्षेत्रको गुहेश्वरीमा गएर पाहुनाहरु व्यवसायी उपेन्द्र महतो, कलाकारद्धय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यहरुका साथ अर्को धुमधाम संग जग्गे हालेर भोज भत्तेर लगाएर गरिएको थियो। खर्चको हिसाब् कति भयो होला भनेर अनुमान् आफैं गरौं।

👉️ केहि दिन अगाडि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

लाकुरीभञ्ज्याङस्थित टेरेसेस रिसोर्टमा सम्पन्न भएको “प्रगतिशील विवाह” समारोहमा सरिक हुन गएको र उक्त

रिसोर्टमा राति बाथरुममा लडेर घाइते भएको समाचार बाहिरियो।

यो उपत्यकामा रहेको सबैभन्दा महंगो रिसोर्टमा पर्छ जहाँ एक रातको बास बस्ने कोठा भाडा नै २२ हजार देखि ३० हजार सम्मको मुल्य पर्छ बाँकी खाजा नास्ताको हिसाबकिताब कति पर्ला अनुमान् आफैं गरौं।

👉️ फ़ेरि हालसालै केहि दिन अगाडि बिबाह एक रुपैयामा सम्पन्न गरियो भनेर मिडियामा बडो प्राथमिकताका साथ हेडलाईन समाचार बनाएर भाइरल गरिरहेकोे छ यसको पनि हिसाबकिताब आआफैं अनुमान् लगाऔं।

खास चुरोको कुरो के हो त ?

‘कम खर्चमा बिबाह’, ‘एक रुपैयाँको विवाह’, वा ‘प्रगतिशील विवाह’को प्रचार आफैंमा निरपेक्ष सत्य होइन। यसका पछाडि विदेशी दातृसंस्था, वामपन्थी राजनीतिक सोच, र मिडिया म्यानिपुलेसन मिलेर एउटा गुप्त सामाजिक इन्जिनियरिङको अभ्यास भइरहेको छ।

यी ‘कम खर्चीला विवाह’ हरू ‘सांस्कृतिक उपनिवेश’ (Cultural Colonialism) को अभ्यासहरु हुन्, जुन बहुराष्ट्रिय विकास एजेन्सी (जस्तै UNFPA, UNICEF) र विदेशी दातृ संस्थाहरूले “Gender Equality”, “Minimalist Living”, वा “Progressive Culture” को रूपमा हाम्रो समाजमा घोकाई रहेकोे हुन्छ।

UNFPA ले प्रकाशित गरेको रिपोर्ट “The State of World Population (2019)” मा नेपाल लगायतका मुलुकहरूमा परम्परागत विवाहलाई ‘महंगी, बालविवाह, लैंगिक भेदभाव’ को कारक देखाएर ‘नयाँ मोडेल’ प्रोत्साहित गर्न सुझाव दिइएको छ। (अर्थात लक्ष्य लिएको छ)

यही “नयाँ मोडेल” अनुसार सांस्कृतिक तथा वैवाहिक विधिमा परिवर्तन ल्याउन -विवाह एक रुपैयाँँमा गरेर दस रुपैयाँँ मिडियामा छाप्न खर्च गरेको हुन्छ।

हाम्रो सामाजिक इन्जिनियरिङको व्यवस्थापन गर्नलाई “मिडिया म्यानिपुलेसन” गर्न जुन स्रोतमा खर्च हुन्छ त्यो खर्चले तपाईं हामी जस्तोको दस वटा विवाह गर्नलाई खर्च पुग्छ।

एउटा उदाहरण: हिन्दु धर्मको १३ दिने मृत्यु संस्कारलाई पाँच दिने पद्धतिमा लैजान यसका पाँच सात जना अभियान्ताहरु प्लेन चढेर काठमाडौ बाट चितवन आएका थिए, खर्च वहन गर्ने संस्था को थियो होला अनुमान् मात्रै गरौं प्रमाण नपुग्ला।

आज एक पण्डितलाई ५ सय रुपैयाँ दक्षिणा दिन “महँगो भयो” भन्नेहरूले पाटिप्यालेसमा गएर ३५०० रुपैयाँको एक प्लेट भोज, जाँडरक्सीको भत्तेर लगाएर बलीवुड गीतमा नाचगान सहितको विवाह गर्छन्। त्यसको अर्थ के हो ? यसको अर्थ हो उनीहरूको समस्या खर्चमा हैन, हाम्रो परम्परागत संस्कृतिमा हो भनेर बुझ्नलाई कुनै गाह्रो छैन।

जब परम्परागत संस्कारहरूलाई ‘अनुत्पादक’, ‘महंगी’, वा ‘दकियानुसी’ भनेर खारेज गरिन्छ, त्यसपछि मात्र नयाँ सामाजिक नियमहरू स्थापित गराउन सहज हुन्छ। (अर्थात बनमा डढेलो लगाएपछि नै नयाँ पलुवा उम्रीन्छ)

यसलाई भनिन्छ “Cultural Engineering” जसले 

समाजको नजरमा पण्डित, मन्त्र, होम, वेद, परम्परा—यी सबैलाई लज्जास्पद, पिछडिएको रुढीबादीको रूपमा समाजमा भास्य खडा गरेर आधुनिकताको नाउँमा नयाँ मोडेल को संस्कृतिको निर्माण गर्न पुगेको हुन्छ।

यो कुनै अनाहकमा भैरहेको छैन, मिडिया ट्रायल बिना खर्चमा होहल्ला गरेको छैन, धेरै सोंचेर बुझेर दीर्घकालीन लक्ष्य राखेर भैरहेको छ बाँकी बुझ्ने नबुझ्ने आआफ्नो खोपडीको साइज अनुसार है !

रुम्बाको फेसबुक वालबाट साभार

प्रतिक्रिया लेख्नुहोस्

काँग्रेस फुट्यो, महामन्त्रीद्वय गगन र विश्वप्रकाश साधारण सदस्यसमेत नरहने गरी निलम्बित

काठमाडौं/नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश

काँग्रेस फुट्यो, महामन्त्रीद्वय गगन र विश्वप्रकाश साधारण सदस्यसमेत नरहने गरी निलम्बित

काठमाडौं/नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor
koi77 kingmedan303 kingmedan303 djarum4d sritoto sritoto sritoto rajamania rajamania
https://pengumuman.um-ptkin.ac.id/ zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM