२०८३ जेष्ठ ६ गते, बुधबार १३:३६

लागुऔषध सहित दुईजना पक्राउ

वीरगंज, १६ बैशाख । जिल्ला प्रहरी कार्यालय, बाराले प्रतिबन्धित लागुऔषध सहित दुईजनालाई पक्राउ गरेको जनाएको छ । भारत, बिहार राज्यको मोतिहारी जिल्ला ग्राम अरेराज मलाही ११ बस्ने २३ वर्षीय नितेश कुमार ठाकुर र पर्साको वीरगंज महानगरपालिका वडा नं १६ बस्ने २६ वर्षीय सिद्धान्त पटेललाई लागूऔषधसहित पक्राउ गरिएको जिप्रका बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्रहरी बरिष्ठ नायब निरीक्ष्Fक टेकबहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरीको टोलीले जितपुरसिमरा उपमहानगरपालिका वडा नं २१ अमलेखगंजमा बिआर ०५ बिए ४८१७ नम्बरको भारतीय नं.को कार पछाडिको सिट मुनि फल्स बटम बनाई लुकाई छिपाई लैजादै गरेको २ हजार ९ सय ६५ पत्ता (२९ हजार ६ सय ५० पिस) ट्रमाडोल हाईड्रो क्लोराइड क्याप्सुल बरामद गरिएका प्रवक्ता पण्डितले बताए । पक्राउ परेका दुवैजनामाथि अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM