२०८२ मंसिर २३ गते, मंगलवार १३:५७

वीरगंजको अस्थिरतामा राजेशमान सिंहको मौनता: जिम्मेवारी कि राजनीति ?

– धिरेन्द्र तिवारी

हनुमान जन्मोत्सवको अवसरमा हिन्दू समुदायद्वारा निकालिएको धार्मिक ऱ्यालीमाथि भएको आक्रमण र त्यसपछि उत्पन्न तनावले समग्र पर्सा जिल्ला, विशेषतः वीरगंज महानगर, आन्तरिक द्वन्द्व, डर र अविश्वासको दलदलमा फसेएको छ। निषेधाज्ञा, कर्फ्यू, धरपकड, लाठीचार्ज हुँदै सञ्चारकर्मीमाथि प्रहारसम्म भएका घटनाले केवल सुरक्षाको प्रश्न उठाएको छैन, राजनीतिक नेतृत्वको आचरणप्रति पनि गम्भीर प्रश्नचिन्ह खडा गरेको छ।

जब देश–प्रदेशका मन्त्री, सांसददेखि मानव अधिकारकर्मीहरूसम्मले सार्वजनिक चासो प्रकट गरिरहेका छन्, त्यही बेला वीरगंज महानगरका प्रमुख राजेशमान सिंहको मौनता अत्यन्त खेदजनक, अप्रत्याशित र निन्दनीय देखिएको छ।

कसैलाई कारबाही गर्नु, सुरक्षात्मक आदेश जारी गर्नु सरकारको काम हो। तर स्थानीय सरकार प्रमुखको कर्तव्य भनेकै संकटको बेला अग्रपंक्तिमा उभिएर जनतालाई ढाडस दिनु, शान्तिको सन्देश दिनु, समुदायबीच संवाद स्थापित गर्नु हो। दुर्भाग्यवश, यही काम गर्नुपर्ने व्यक्तिबाट पूर्ण मौनता देखिनु, वीरगंजवासी जनताको पक्षमा उपयुक्त भूमिका निर्वाह गर्न नसकेको प्रमाण हो। यो मौनता सामान्य होइन। यो मौनता आत्मसमर्पण हो, कर्तव्यबाट पलायन हो।

वीरगंज विविध धार्मिक र सांस्कृतिक पृष्ठभूमिको साझा थलो हो। यस्तो सहरमा साम्प्रदायिक आक्रमणको घटना हुँदा पनि कुनै प्रतिक्रिया नदिएर नगर प्रमुख सिंहले सन्देश के दिन खोज्नु भएको हो? के यो मौनता कुनै समुदायलाई नराज पार्ने डरको परिणाम हो? कि यो रणनीतिक मौनता हो, जसले भोट बैंक सुरक्षित गर्न सकियोस्? यदि नेतृत्वले कर्तव्यको साटो आगामी चुनावलाई प्राथमिकता दिन थाल्छ भने त्यो नेतृत्व लोकतान्त्रिक मूल्यभन्दा बाहिर पुगिसकेको ठहर्छ।

शान्तिपूर्ण धार्मिक कार्यक्रममाथि भएको आक्रमणले धार्मिक आस्थामाथि आघात पुऱ्याएको छ। त्यसपछिका घटनाक्रमले नागरिकको जीवन त्रसित बनाएको छ। स्थिति कति भयावह थियो भन्ने प्रमाण स्वयं सञ्चारकर्मीहरूमाथि भएको लाठी प्रहारले दिन्छ। तर यस्तो विषम घडीमा पनि नगर प्रमुख सिंहले एक शब्द नबोल्नु, यथार्थसँग मुठभेड गर्न नसक्ने नेतृत्वको गम्भीर विफलता हो।

नेता बन्नु केवल पद सम्हाल्नु होइन, संकटमा अग्रसर हुनु हो। साँचो नेतृत्वको संकटमा पहिचान हुन्छ। तर यहाँ, जब शहर दु:खमा छ, जनता डराइरहेका छन्, जब धर्ममाथि आघात पुगेको छ – त्यो बेला जिम्मेवारी नलिनु केवल मौनता होइन, अपराधसँग सम्वेदनहीन मौन सहमति हो।

नगर प्रमुख सिंहको यो मौनता इतिहासले सजिलै भुल्नेछैन।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM