पर्सा/सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस पोखरियाबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा ठूलो मात्रामा अवैध लागूऔषध चरेश बरामद गरेको छ।
सशस्त्र प्रहरी नायब उपरीक्षक महेन्द्र सिंह थापाको नेतृत्वमा खटिएको टोलीले बुधबार राती करिब ११ बजे पोखरिया नगरपालिका–०८, मननपुरस्थित बाँसको झ्याङमा लुकाइछिपाई राखिएको अवस्थामा दुईवटा झोलाभित्र रहेको २४ केजी ५०० ग्राम चरेश फेला पारेको हो।
बरामद गरिएको चरेशलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरिया, पर्सामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेक्वा, पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो।















