२०८३ जेष्ठ ६ गते, बुधबार २०:१७

प्याब्सन लिगेसी पुरस्कार–२०८१ प्रदान

वीरगंज, २९ चैत । निजी तथा आवासीय विद्यालय अर्गानाइजेसन नेपाल पर्साद्वारा प्याब्सन लिगेसी पुरस्कार–२०८१ प्रदान एवम् नयाँ वर्ष २०८२ को शुभकामना कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा गौतम स्कुलका संस्थापिका एवं प्याब्सन पर्साका संस्थापक अध्यक्ष उर्मिला लामालाई सम्मान गरिएको थियोे । प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीका अनुसार आजको युगमा स्मार्ट कक्षा संचालन गरे मात्रै स्मार्ट विद्यार्थीहरू उत्पादन हुन्छ । तसर्थ आहिलेको आधुनिक युगमा स्मार्ट कक्षाको जरूरी भएको जिकिर गर्नु भएको थियोे। प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य निमा लामा, हरिशंकर साह, अरबिन्दलाल कर्ण, आनन्द लामिछाने, प्रकाश उपाध्याय, छेडुप लामा, उपकुलपति डा. दिपक शाक्य, गौतम स्कुलका संचालक सोनम लामा, परीक्षापिया लामा, प्याब्सन पर्साका वरिष्ठ उपाध्यक्ष शुशिला साह, मार्टिन मोक्तानलगाएतका प्याब्सन पर्सामा आबद्ध विभिन्न स्कुलका शिक्षक शिक्षिकाहरूको बाक्लो उपस्थिति रहेको थियोे । कार्यक्रम संचालन प्याब्सन पर्साका सचीव अशोक संग्रौलाले गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM