आदर्शनगर रंगशालामा बुधवार सम्पन्न प्रतियोगितामा दोस्रो दिन अल्पाइन माविले ४ विकेटको क्षतिमा २०९ रन बनाएको थियो । अल्पाइनका सेजाद मन्सुरीले ३९ बलमा ७० रन बनाए भने रोहित यादवले ४१ बलमा ५५ रन बनाएका थिए ।
यसैगरी जम्मु काश्मिरले सबै विकेट गुमाएर ४४ रन मात्र बनाउन सकेको थियो ।
प्रतियोगिताको म्यान अफ दि म्याच अल्पाइनका सोनु कुशवाहा घोषित भए । उनले ४ ओभरमा ६ विकेट लिएर १८ रन दिएको अल्पाइन माविका विनोद उपाध्यायले जानकारी गराउनु भएको छ ।

















