२०८२ मंसिर २० गते, शनिबार ००:११

राष्ट्रपति पौडेलसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता

काठमाडौँ/ राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) का पदाधिकारीहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग मंगलबार भेटवार्ता गरेका छन्। एनएफपिजे नेपालका अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वमा केन्द्रीय कार्यसमिति सदस्यहरूको टोलीले शितल निवासमा राष्ट्रपति पौडेलसँग भेट गर्दै फोटो पत्रकारहरूको योगदान, समाचारका लागि फ्रन्टलाइनमा काम गर्दा सामना गर्नुपर्ने सुरक्षा चुनौती र अन्य विषयहरूमा छलफल गरेको हो।

भेटका क्रममा राष्ट्रपति पौडेलले फोटो पत्रकारहरूको योगदानलाई अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्। उनले भने, “तपाईंहरूको खिचेका तस्बिरहरूले समाजमा सचेतना फैलाउन र समाचारलाई तथ्यगत बनाउने महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। यस कारण, राज्यले तपाईंहरूको योगदानलाई उच्च मूल्याङ्कन गर्नुपर्ने छ।”

एनएफपिजे नेपालका अध्यक्ष वन्तले फोटो पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्नका लागि जीवन बीमा लगायतका सुविधाहरू उपलब्ध गराउन राष्ट्रपति पौडेललाई आग्रह गरेका छन्। उनले भने, “फ्रन्टलाइनमा खटेर फोटो पत्रकारिता गरिरहेका पत्रकारहरू उच्च जोखिममा रहेर काम गरिरहेका छन्। राज्यले सबैलाई सुरक्षाको सुनिश्चितता गर्दै जीवन बीमालगायतका सुविधाहरू उपलब्ध गराउनु पर्छ।”

राष्ट्रपति पौडेलले फोटो पत्रकारहरूको मागलाई गम्भीरतासाथ लिएको र यसका लागि आवश्यक पहल गर्ने आश्वासन दिएका छन्। महासचिव घनश्याम श्रेष्ठले यसबारे जानकारी दिँदै भने, “राष्ट्रपति पौडेलले हामीलाई सकारात्मक जवाफ दिनु भएको छ र आवश्यक कदम चाल्न आश्वासन दिनु भएको छ।”

एनएफपिजे नेपालले आगामी २८औं वार्षिकोत्सवको अवसरमा वैशाख १३ गते आयोजना गर्ने राष्ट्रिय फोटो पत्रकारिता अवार्ड-२०२५ को प्रमुख अतिथि राष्ट्रपति पौडेललाई निमन्त्रणा पत्र पनि प्रदान गरेको छ।

यस भेटघाटमा एनएफपिजे नेपालका वरिष्ठ उपाध्यक्ष लेखबहादुर श्रेष्ठ (सागर), उपाध्यक्ष सुनिल शर्मा, महिला उपाध्यक्ष चन्द्रकला क्षेत्री (भगवती), महासचिव घनश्याम श्रेष्ठ, सचिव प्रविन कुलुङ राई, कोषाध्यक्ष प्रदीप कुमार श्रेष्ठ लगायत अन्य केन्द्रीय सदस्यहरू पनि उपस्थित थिए।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM