२०८२ माघ १ गते, बिहीबार ०५:०२

राजा संवैधानिक भएर बस्छन् कि बस्दैनन्, कांग्रेसको हृदयलाई सोध्नुपर्छ

सभामुख महोदय,

हाम्रो संसदीय प्रणालीमा संसद् सञ्चालनको आफ्नै परम्परा, मर्यादा र विधि छन् । ती विधिहरूबमोजिम देशका प्रधानमन्त्रीले बोलिरहँदा बीचमा उठ्ने र प्रश्न गर्ने या प्रधानमन्त्रीले बोलिसकेपछि सवाल–जवाफ गर्ने कुरा हाम्रो नियमावलीको कुनै अक्षर र भावनाले व्यक्त गर्दैन । त्यसैले आज जे भएको छ, प्रतिपक्षको कित्ताबाट भएको कमजोरीलाई पनि म दर्ज गर्न चाहन्छु र सभामुखबाट पनि कमजोरी भएको छ भन्ने कुराको हेक्का राख्न सभामुखलाई नम्रतापूर्वक, सम्मानपूर्वक आग्रह गर्न चाहन्छु ।

सशस्त्र आन्दोलन देशमा हुँदै गर्दा स्वाभाविक छ कि, हिंसाका घटना हुन्छन् । नेपाली कांग्रेसले इतिहासको कुनै कालखण्डमा हिंसात्मक संघर्षको नेतृत्व गरेको थियो । अदालतमा उभिएर बयान दिँदै गर्दा नेता बीपी कोइरालाले भन्नुभयो– म प्रत्यक्ष रूपमा यी घटनामा सरिक त थिइनँ, तर मेरो आह्वानमा भएको हुँदा म यी प्रत्येक घटनाको नैतिक जिम्मेवारी लिन्छु ।

२०४२ सालमा नेपाली कांग्रेस शान्तिपूर्ण सत्याग्रहमा थियो । दरबारको ढोकामा, सिंहदरबारको ढोकामा, अन्नपूर्ण होटेलको आँगनमा बम विस्फोट भयो । नेपाली कांग्रेस पार्टीले उच्च नैतिक संस्कृति प्रस्तुत गर्दै त्यसमा हाम्रो संलग्नता छैन तर हामी सत्याग्रहलाई स्थगित गर्छौं भनेर घोषणा गर्‍यो ।

म यो उच्चतम नैतिक संस्कृतिको विषय त्यो बेला उठाइरहेको छु, जतिबेला शान्तिपूर्ण भनिएको आन्दोलनका बेला दुईजना होनाहार युवाले जीवन गुमाएका छन् ।

हामी दुःख व्यक्त गर्दछौं, हामी दुःखी छौं, हामी दुःखी भइबक्सेका छौं भन्ने तीन लाइनको वक्तव्य पनि जारी गर्न नसक्ने अवस्थाको राजसंस्थाको खोजी नेपालका युवकहरूले गरेका हुन् भन्ने म मान्दिनँ ।

सविन महर्जन नाम गरेका एकजना श्रमजीवी युवा, सुरेश रजक नाम गरेका एक श्रमजीवी पत्रकारको दुःखद निधनमा सबैले दुःख व्यक्त गरेका छन् । सबै दलको वक्तव्य आएको छ । तीनकुनेमा हिंसात्मक गतिविधि हुँदै गर्दा सबैलाई दुख्यो तर, निर्मल निवासलाई दुखेन । नागरिक मर्दैगर्दा निर्मल निवासलाई निवासलाई दुखेन ।

देशको कुनै युवकले मनमा मलाई राजा चाहिएको छ, म नेताहरूसँग रूष्ट छु भनिरहेका छन् भने ती युवकलाई आग्रह गर्न चाहन्छु, तीनकुनेलाई दुख्दै गर्दा तपाईंको हृदयलाई दुख्दै गर्दा, हृदय नदुख्ने कस्तो राजा परिकल्पना गर्नुभएको छ, कस्तो राजा चाहनुभएको छ ।

हामी दुःख व्यक्त गर्दछौं, हामी दुःखी छौं, हामी दुःखी भइबक्सेका छौं भन्ने तीन लाइनको वक्तव्य पनि जारी गर्न नसक्ने अवस्थाको राजसंस्थाको खोजी नेपालका युवकहरूले गरेका हुन् भन्ने म मान्दिनँ ।

यद्यपि, म सम्मानका साथ नाम लिन चाहन्छु पृथ्वीनारायण शाहको, जसको अगुवाइमा हाम्रा पुर्खाहरूले नेपाल देशको एकीकरण गरे । म भक्ति थापा, भीमसेन थापा, अमरसिंह थापा, वीर बलभद्रलाई स्मरण गर्न चाहन्छु, जसको कारण नेपालको एकीकरणले पनि गति लियो र नेपाल देश नेपाल देशका रूपमा रह्यो ।

तर, पछिल्लो कालखण्डमा आउँदै गर्दा राजा र नागरिकबीचको सम्बन्ध पनि संवैधानिक राजसंस्थाको मार्फतबाट निश्चय नै एउटा ऐतिहासिक ढंगले अगाडि बढिरहेको अवस्था थियो । तर निरन्तर संवैधानिक भएर राजाले बस्न नमानेपछि संवैधानिक बनेका राजाले पटक-पटक संविधान र लोकतन्त्रमाथि धावा बोलेपछि अन्ततः नेपाली जनता गणतन्त्रको विगुल फुक्न बाध्य भए र आज नेपाल देश लोकतान्त्रिक गणतन्त्रमा पुगेको छ ।

यसो भनिरहँदा यतिबेला नागरिक पंक्तिमा असन्तुष्टि छ कि छैन ? यो संसद्‍ले यस विषयमा पनि गम्भीरतापूर्वक छलफल गर्नैपर्छ । नागरिक पंक्तिमा असन्तुष्टि छ । वर्षौंदेखि बन्न थालेको बाटो, बनिनसककेर धुलोको साम्राज्यमा थुनिनुपर्दा नागरिकले सरकार जिन्दावाद भन्दैन ।

खेतीको बेला मल नपाउँदै गर्दा सरकार हामी खुसी छौं भनेर किसानले भन्दैन । प्रशासनिक कार्यालयमा मुस्कानसहितको सेवा त पाइयो तर, मुस्कान दिने सेवा प्राप्त भएन भने सरकार जिन्दावाद भन्दैन ।

सँगै, दोस्रो प्रश्नमा जाऔं । सम्माननीय सभामुख महोदय, यस्ता असन्तुष्टिहरूको  हल मल हो कि राजा ? मल नपाएको एउटा किसानलाई मल चाहियो कि राजा ? भनेर सोध्दा उसले भन्छ– मल । बाटो बन्न ढिलाइ भएर बसेको असन्तुष्ट नागरिकलाई गएर सोधौं– तिमीलाई बाटो चाहिएको हो कि राजा ? उसले भन्छ– बाटो ।

सभामुख महोदय, शिक्षा विधेयक ५० वर्षपछि आयो । तर संसदीय समितिबाट पारित भएर नागरिकको हातमा पुग्न सकेन, शिक्षक महासंघको हात पुग्न सकेको छैन । तर शिक्षक आन्दोलनमा रहेका तिनै शिक्षकहरूलाई गएर सोधौं– तिमीलाई विधेयक चाहिएको हो कि राजा ? उनीहरूमा असन्तुष्टि होला । तर उनीहरूले भन्छन्, हामीलाई राजा चाहिएको छैन, विधेयक चाहिएको छ ।

सभामुख महोदय मेचीदेखि महाकालीसम्म रेल बनाउने भनेर सरकारले नागरिकको जग्गा कब्जा गर्‍यो । नागरिकको जग्गालाई सरकारले अधिग्रहण गर्‍यो । मुआब्जा दिइएको छैन । मुआब्जा नपाएको नागरिकलाई गएर तिमीलाई मुआब्जा चाहिएको कि राजा भन्दै गर्दा कसैले असन्तुष्टि भएर भन्लान् राजा । तर समग्रमा हामीलाई राजा होइन, मुआब्जा चाहियो भनेर भन्नेछन् ।

सभामुख महोदय, कुलमान घिसिङलाई बाँकी अवधि काम गर्न दिनुपर्थ्यो । सत्तारूढ कित्ताबाट बोल्दा हामीले पनि भनेका छौं । तर सरकारले हटाएर गल्ती गरेको छ । तर यो विषय अदालतको विषय भइसकेपछि आज यो विषय प्रतिपक्षले माग्यो किन ? सभामुखले समय दिनुभो किन ? प्रधानमन्त्रीज्यूले परम्पराविपरीत अदालतमा भइरहेको छलफलमा संसद्‍मा उभिएर जवाफ दिनुभयो किन ? यसमा प्रश्न गर्दैगर्दा, कुलमान घिसिङलाई हटाएर गल्ती भयो भनेर कुनै नागरिकले भन्दै गर्दा, तिमी यो बारेमा अदालतको फैसला पर्खन चाहन्छौं या राजा चाहन्छौं भन्दै गर्दा उनले पनि भन्छन्, अदालतमा हुने फैसला नै लोकतन्त्रमा सर्वोपरी हुन्छ, म त्यो फैसला पर्खिन चाहन्छु ।

सम्माननीय सभामुख महोदय, धनीपूर्जा नपाएकाहरूको पनि असन्तुष्टि होलान् । काम गर्ने क्रममा प्रशासनिक कार्यालयमा असन्तुष्टि होला । तर म पूर्वउपकुलपति केदारभक्त माथेमाले भन्नुभएको शब्दलाई दोहोर्‍याउन चाहन्छु । उहाँले भन्नुभएको छ, चढिरहेको मोटर बिग्रियो भने मोटर मर्मत गर्ने कि गोरुगाडा खोजीतर्फ लाग्ने ? आज यदि कसैले गणतन्त्रको विकल्प खोज्दैछ भने, बिग्रिएको मोटर बनाउने कुरो छोडेर गोरुगाडातर्फ फर्किने काम कुनै पल्लो कित्तामा बसेका साथीहरूले नगरिदिऊन् । निर्मल निवासमा बसेका पूर्व राजाले यो नसोचिदिऊन् ।

सभामुख महोदय, तेस्रो प्रश्नमा जाँदै गर्दा छलफलका लागि भन्नैपर्ने हुन्छ, आजका समस्याको हल खोज्न व्यक्ति लिएर आउने हो कि पद्धति बसाउने हो ? मलाई एउटा राजावादी मित्रले भेटेर भन्नुभयो, हजारौं राजाहरू वडावडामा पाल्नुभन्दा एउटा राजा ल्याउने कुरा ठिक होइन र ? मैले उहाँलाई भनेँ– गद्दीमा एउटालाई ल्याइसकेपछि सबै कुराको हल हुन्छ ? उनले भने– हजारौं राजालाई वडावडामा राख्नुभन्दा एउटा राजालाई गद्दीमा राखे हल हुन्छ । मैले उनलाई प्रश्न गरेँ– समामुख महोदय, सामाजिक सञ्जालमा भजाएर एउटा भ्रम छर्न खोजिएको छ । ठिक छ, एउटा राजालाई गद्दीमा राखौं । र, हजारौं राजालाई हटाइदिउँ । तर एउटा नागरिकले नागरिकताको सिफारिस लिएर एउटा राजाकहाँ आउनु पर्‍यो भने के गर्ने ? वडामा वडाध्यक्ष नभइसकेपछि राजाकोमा नारायणहिटी पठाउँदा हल हुन्छ ? भन्दै गर्दा उनले भने– होइन वडाध्यक्ष त चाहिने नै रहेछ ।

अनि मैले भनेँ– वडाध्यक्ष चाहिन्छ भने पालिका प्रमुखहरू पनि चाहिएला कि नचाहिएला ? उनले भने– पालिकाको प्रमुख पनि चाहिने रहेछ । यदि पालिका प्रमुख चाहिन्छ भने त्यहाँका जनताको भावनालाई केन्द्र र प्रदेशसम्म पुर्‍याउन सांसद चाहिन्छ कि चाहिँदैन ? के वडाध्यक्षले पुर्‍याउँछन् ? कि गद्दीका राजाले आफैँ अन्तर्यामी भएर बुझ्छन् ? भन्ने प्रश्न गर्दा उनले भने– होइन, सांसद पनि चाहिनेरहेछ ।

स्थानीय, प्रदेश, केन्द्र चाहिनेमा उहाँ सहमत हुनुभयो । यसलाई मितव्ययी कसरी गर्ने मात्रै मूल प्रश्न हो । उहाँले त्यसपछि भन्नुभयो– राजा आयो भने स्थिरता हुन्छ । हो, वर्ष–वर्षमा, १५/१५ महिनामा प्रधानमन्त्री बदलिँदै गर्दा नागरिक पङ्तिमा यो परेको छ, यो प्रणालीमा रहेका नेतृत्वलाई बिदा गरेर एउटा राजा गद्दीमा राख्यो भने स्थिरता हुन्छ कि ?

अहिलेको युवकले सामाजिक सञ्जालमा खोजी गरेर हेर्न भ्याएको छैन भने एउटा तथ्य राख्नैपर्ने हुन्छ । कुनै बेलामा दलविहीन व्यवस्था थियो । दलहरू प्रतिबन्धित थिए । ३० वर्षसम्म राजाको सक्रिय शासन थियो । ३० वर्षको बीचमा १६ वटा सरकार पञ्चायतको बेलामा बनेको रहेछ । राजाको नेतृत्वमा स्थिरता हुने हो भने पञ्चायतकामा १६ वटा सरकार किन बने ? ताजा उदाहरणमा जाने हो भने, २०५९ सालमा राजा ज्ञानेन्द्रले ‘कु’ गरेका थिए ।

२०६२/६३ को आन्दोलन सफल हुनुभन्दा अगाडि राजाले आफ्नो नेतृत्वमा बनाएको चौथो सरकारभन्दा अघि ३ वटा प्रधानमन्त्री देशलाई दिएका थिए । त्यो बीचमा चारवटा सरकार बनेका थिए । यसले के बताउँछ भने, एक थान राजालाई गद्दीमा ल्याएर राख्दैमा देशले स्थिरता प्राप्त गर्दैन । स्थिरता पाउन संसद्, संविधानको धारा ७६ को उपधारा ५ अनुसार अदालले व्याख्या गरेबमोजिम हुनेछ । तर प्रधानमन्त्री पाँच वर्षसम्म रहनेबारे संविधान संशोधनको बेला छलफल गर्ने हो । कसैलाई गद्दीमा ल्याएर राख्दैमा देशले स्थिरता पाउँदैन भनेर आजको पुस्तालाई हामीले बुझाउने हो ।

राजतन्त्र आयो भने सुशासन आउँछ भनी आजका युवालाई भनिएको छ । सुशासनका कैयन् मानकहरू भत्किएको निश्चिय नै छ । कमजोरी भएको, सुशासन प्रत्याभूति गर्न नसकेकोमा गम्भीरतापूर्वक आत्मसमीक्षा सुशासनका लागि प्रतिबद्धता गर्नुपर्ने विषय एउटा भयो । तर राजा आउँदैमा सुशासन हुन्छ भन्ने सुनेको युवाले हाम्रो कुरा नसुनेर राजा ल्याउने आन्दोलनको संयोजक नवराज सुवेदीले लेख्नुभएको किताब पढुन् । ‘इतिहासको एक कालखण्ड’ पृष्ठ नम्बर १२ उसले पढिदियोस् । त्यो पुस्तकमा लेखिएको संसारकै प्रसिद्ध र महँगो मानिने ओमेगा घडीले स्वीट्जरल्यान्डबाट नेपाल आएर उत्पादन गर्न, उद्योग खोल्नका लागि अनुमति माग्यो । कसैलाई सेयर नदिई आफैँ गर्न चाहन्छौं भने । तर, नवराज सुवेदी लेख्नुहुन्छ– ज्ञानेन्द्रले लाजै नमानी ५० प्रतिशत सेयर सोझै मागे । तर ओमेगा घडी सहमत भएन । र, स्वीट्जरल्यान्डको ओमेगा घडी फर्केर गयो । राजा ल्याउने भनेर जसलाई संयोजक बनाइएको छ, उनै नवराज सुवेदीको पुस्तकभित्रबाट ज्ञानेन्द्रको चित्र र चरित्र राखेको छु । उनै ल्याएर सुशासन हुने भनी आजको पुस्तालाई जे दिन खोजिएको छ, त्यसलाई चिरफार गर्न चाहन्छु ।

युवामा राखिएको अर्को भ्रम के हो भने, राजालाई ल्याएर राखियो भने यो देशमा विकासको गति बढ्छ । निश्चय नै विकास सोचेजस्तो गर्न सकेका छैनौं । पूँजीगत खर्च कसरी बढाएर जाने, विकासका काममा भएका ढिलासुस्तीलाई कसरी सुधारेर गरेर जाने कुराको गम्भीरता हामीले राख्नैपर्छ ।

कर्म गरेर संघर्ष गरेर, जनताको बीचमा भिजेर, आफूलाई जिम्मेवार बनाएर, परिपक्क बनाएर, देश र दुनियाँको बारेमा दृष्टिकोण बनाएर आएको नेतृत्वको पक्षमा उभिन चाहन्छ, आजको पुस्ता कि गर्भमा छँदै सेलुट गर, तिम्रो भोलिको राजा त्यो गर्भबाट आउँदैछ । आजको पुस्ताले के त्यस्तो पद्धति रोज्न चाहन्छ ? निश्चय नै चाहँदैन ।

१५ चैतमा तीनकुनेको तोडफोड हुनुभन्दा अघि एसईईको परीक्षा सकिएको थियो । एसईई दिएका ती लाखौं विद्यार्थीले सम्झिए भने, अघिल्लो रात बिजुली बत्तीमा परीक्षाको तयारी गरेका थिए । आज ९४ प्रतिशत नेपालको घरमा बिजुली छ । राजाको पालामा एसएलसी दिँदै गर्दा टुकी बालेर पढेर परीक्षा दिएका हौं । किनभने, त्यो बेला केबल ९ प्रतिशत घरमा मात्रै बिजुली पुगेको थियो । राजाले शासन गरेको त्यो बेलामा ३६ प्रतिशतको घरमा पानी पुगेको थियो । आज ९५ प्रतिशत जनताको घरमा पानी पुगेको छ । त्यो बेला बिजुलीको उत्पादन केबल २२७ मेगावाट थियो । अहिले ३ हजार २४१ मेगावाट भएको छ । राजाको सक्रिय शासनको बेलामा प्रतिव्यक्ति आय १८० डलर थियो । आज १ हजार ४५६ डलर पुगेको छ । राजा गद्दीमा हुँदा नेपालीको औसत आयु ५७ वर्ष थियो । आज ७१ वर्ष भएको छ ।

यसले के बताउँछ भने, राजाको हातबाट होइन, राजाको बिदा गरिसकेपछि निर्वाचित भएको जनताको हातबाट विकासको सन्दर्भमा धेरै ठूलो प्रगति नभए पनि प्रगतिको आकार बढेको छ ।

राजावादी आन्दोलनमा सहभागी भएकालाई आत्मसमीक्षा गर्न आग्रह गर्दछु । के शाहवंशीय राजाहरू संवैधानिक भएर बस्न सक्छन् ? यसका लागि अनुभव पल्टाऔं, संसारको किताब पल्टाउनु पर्दैन । राजा संवैधानिक भएर बस्न सक्छन् कि सक्दैनन् भनेर राप्रपाका साथीहरूको हृदयलाई होइन, अनुभव गरेको कांग्रेसको हृदयलाई सोध्नुपर्छ । किनभने, कुनै बेला संवैधानिक राजसंस्थाको हिमायती केवल कांग्रेस थियो ।

सभामुख महोदय,

आज पूर्वपञ्चहरूलाई राजा चाहियो, संवैधानिक राजा चाहियो, जुनबेला कांग्रेसले संवैधानिक राजा भनिरहँदा कयौं मानिसलाई गोली हानियो । कयौंलाई फाँसीमा झुन्ड्याइयो । बीपी कोइराला जस्तो नेताबाट शासित हुने अवसर गुमाउनुपर्‍यो । त्यत्तिको नेताले क्यान्सरको उपचार गर्न बाहिर जान (विदेश) पाउनुपर्‍यो सरकार भन्दा दरबारले तिम्रो चालचलन ठिक नभएको हुँदा अहिले पासपोर्ट दिनसक्ने अवस्था छैन भन्ने दरबारले पत्र पठायो ।

आज संवैधानिक राजसंस्था भन्दै गरेको कांग्रेसको अनुभवलाई लिएर हेर्नुस्, आज संवैधानिक राजसंस्था होइन, देशले लोकतान्त्रिक गणतन्त्रमार्फत जानुपर्छ भन्ने हाम्रो अनुभव छ ।

हिजो–अस्ति मात्रै हो, निर्मल निवासबाट पूर्वमहाराजधिराजले हेरिरहनुभएको छ भने सम्झिनुहोला, तपाईंलाई गद्दीमा स्थापित गर्नका लागि कांग्रेसका सभापति, त्यसबेलाका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ढुंगामुढा सहेर संवैधानिक राजसंस्थालाई स्थापित गर्ने प्रयास गर्नुभएको थियो । तर इतिहासको त्यो कालखण्डलाई बीपी कोइरालाले मेरो र राजाको गर्धन जोडिएको छ भन्दै गर्दा राजसंस्थाको गर्धन जोगिइरहे, निरन्तर लोकतन्त्रको गर्धनमाथि प्रहार भइरह्यो भन्ने सन्देश पनि त्यो बेला राजसंस्थाले बुझेन । त्यसैले अहिले संवैधानिक राजसंस्था भनेको त्यो अनुभवको जगमा देशले बुझ्नुपर्छ, नेपालमा संवैधानिक राजसंस्था भएर बस्न सक्ने क्षमता, योग्यता, चरित्र छैन । आज यति मात्र सामान्य रुपमा ख्याल गरौं न ! नागर्जुनको जंगलमा लगेर सामान्य नागरिक बनाएर राखिदिँदाको तौरतरिका र चरित्र यो छ भने गद्दीमा ज्ञानेन्द्र महाराजबाट के अवस्था बन्थ्यो होला । लोकतन्त्रको अवस्था कस्तो हुन्थ्यो होला । त्यसैले संवैधानिक भएर राजा बस्न सक्छन् भन्ने कुराको भ्रमबाट मुक्त हुनुपर्छ ।

सभामुख महोदय,

म आठौं प्रश्नमा जान चाहन्छु, आजको पुस्ता के चाहन्छ ? जमेको पोखरी जस्तो नेतृत्व चाहन्छ कि बगेको नदी जस्तो नेतृत्व चाहन्छ ? कतिपयलाई लागेको छ, प्रधानमन्त्रीको कुर्सी केही वर्षयता तीन वटा नेताको वरिपरि घुम्न थाल्यो, राजा ल्याइयो भने उहाँहरूबाट मुक्ति हुन्छ । हो, असन्तुष्टि छ, गुनासो छ, निराशा छ, प्रश्न छ, तर प्रक्रिया के हो ? हामीले राजालाई लिएर आउँदै गर्दा निरन्तर एउटै अनुहारहरू दोहोरिएको हेरेका होइनौं ?

राजाको बेलामा कुनैबेला सूर्यबहादुर थापा नाम गरेको व्यक्तित्व लगातार पालौपिलो पाँच पटक प्रधानमन्त्री बन्नु भएको होइन ? हामी निश्चय नै सहमत छैनौं, कि निरन्तर हाम्रो नेतृत्व दोहोरिइरहोस्, हाम्राभित्र पनि प्रश्न छन् । तर सभामुख महोदय, नेताहरू त बुढो भएपछि, बुढो हुन लागेपछि रिटायर्ड बन्नुहोला । या, निर्वाचनबाट नागरिकलाई जँचेन भने मतदानको प्रक्रियाबाट लाइन लागेर नेतृत्वमा रहेकाहरूलाई बिदा गर्न सकिएला । तर गद्दीमा बसेका कुनै निर्वाचनको मतपत्रबाट बिदाइ हुँदैनन् । बिदाइ हुँदै गर्दा कुनै पार्टीको निर्णयबाट बिदाइ हुँदैनन् । कुनै संसदीय दलको निर्णयबाट बिदाइ हुँदैनन् । गद्दीमा बसेका राजाको बिदाइ मृत्युपछि मात्र हुन्छ । आजको पुस्ता निरन्तर नेतृत्वलाई बदल्न सक्ने लोकतान्त्रिक गणतन्त्रको पद्धतिभन्दा फरक खालको पद्धति सोच्छ ? मैले यो पनि सोध्नुछ, आजको पुस्ता कर्ममा विश्वास गर्छ कि गर्भमा विश्वास गर्छ ?

कर्म गरेर संघर्ष गरेर, जनताको बीचमा भिजेर, आफूलाई जिम्मेवार बनाएर, परिपक्क बनाएर, देश र दुनियाँको बारेमा दृष्टिकोण बनाएर आएको नेतृत्वको पक्षमा उभिन चाहन्छ, आजको पुस्ता कि गर्भमा छँदै सेलुट गर, तिम्रो भोलिको राजा त्यो गर्भबाट आउँदैछ । आजको पुस्ताले के त्यस्तो पद्धति रोज्न चाहन्छ ? निश्चय नै चाहँदैन ।

सभामुख महोदय,

अन्तिममा पुग्दै गर्दा आग्रह गर्न चाहन्छु, देशको जनमत के छ ? १५ गतेको दिन पनि दुईवटा प्रदर्शन भयो । एउटा प्रदर्शन प्रदर्शनीमार्गमा भयो, शालिनतापूर्वक । नेकपा माओवादी, एकीकृत समाजवादी लगायत दलहरूले गरेको प्रदर्शनमा हजारौंको सहभागिताको थियो, कुनै हिंसा थिएन, कुनै तोडफोड थिएन । त्यहाँ सबैको भावना कुनै न कुनै रुपमा प्रतिनिधित्व भएको थियो ।

अर्को प्रदर्शन तीनकुनेमा थियो, त्यसको कस्तो चित्र रह्यो, कस्तो चरित्र रह्यो ? त्यसमा लामो व्याख्या गर्न चाहदिनँ । तर स्मरण गराउन चाहन्छु, २५ फागुनको प्रदर्शनको चर्चा छ, तीनकुनेको चर्चा छ, तर प्रदर्शन ५ चैतमा पनि भएको छ । ५ चैतमा सयौं क्याम्पसमा निर्वाचन भएको छ । गणतन्त्र होइन, राजतन्त्र ल्याउनुपर्छ भन्नेहरूले राप्रपाका अध्यक्षको फेसबुक पेज पल्टाएर हेर्नुस् । गणतन्त्रको पक्षमा कति जिते भन्ने पुष्टि हुन्छ ।

त्यहाँ देख्नुहुन्छ, एकजना दाह्री पालेको युवकको तस्वीर टाँस्नुभएको छ राप्रपाका अध्यक्षले । अनि लेख्नुभएको छ– राप्रपाको नजिकको राप्रविको तर्फबाट फलानो कलेजमा निर्वाचित भएको स्ववियूको सभापति । झापाको एउटा कलेज । जहाँ ४० विद्यार्थी थिए, मत गनेको ३७ र २६ मत ल्याएर विजयी हुनुभयो ।

त्यो एउटा मात्र पोस्टले बुझाउँछ । देशभरि चुनाव हुँदै गर्दा सर्वाधिक विजयी भएको संख्या कांग्रेस नजिक, एमाले नजिक, माओवादी नजिक । गणतन्त्रको पक्षमा हजारौं विद्यार्थीले मत व्यक्त गरेको अवस्था छ । त्यसैले जनमत भन्ने कुरालाई यहाँ ख्याल राख्नुपर्छ ।

कतिपयले बंगलादेशमा एउटा जनमत थियो भन्नुहुन्छ । निश्चय नै हामी यस विषयमा गम्भीर छौं । तर बंगलादेश र हाम्रो बीचको अन्तरलाई बिर्सनु हुँदैन । त्यहाँ १५ वर्षदेखि एउटा नेतृत्व निरन्तर थियो र विपक्षी नेतृत्वलाई जेलमा राखिएको थियो । हामी १५/१५ महिनामा सरकार बदलिरहेका छौं । विपक्षी नेतृत्व र सत्तापक्षीय नेतृत्व हामी सँगसँगै छौं । हामीले यो तथ्यलाई बिर्सनु हुँदैन ।

अनि बंगलादेश भन्ने हो भने बिर्सनुहुन्न । बंगलादेशको नमुना अस्ति तीनकुनेमा देखियो । यो देशको कुनै बौद्धिक, सचेत नागरिकले पनि तीनकुने प्रकृतिको घटना दोहोरिएको देख्न चाहन्छ ? कोही पनि त्यो प्रकृतिको घटना देख्न चाहँदैन ।

सभामुख महोदय,

म लेखक बसन्त बस्नेतले भनेको वाक्यलाई उद्धृत गर्न चाहन्छु, लौ भो, चाहिएन बंगलादेश । त्यसैले एउटा कल्पनाको चित्र राख्न चाहन्छु, राजालाई गद्दीमा राखियो । गद्दीमा ल्याएर राखिएको राजाले सोचेअनुसार, राप्रपाकै नेताहरूले सोचेअनुसार शासन प्रणाली अगाडि जान थाल्यो, १० महिनापछि वर्ष दिनपछि असन्तुष्टिको नयाँ आँधी आयो भने पशुपतिनाथले हामी सबैको कल्याण गर्लान् । तर त्यो कल्याण गर्नेहरूको लिस्टमा पूर्वराजाको नाम हुनसक्छ कि सक्दैन निर्मल निवासमा बसेर पूर्वराजाले ठण्डा दिमागले सोचिदिउन् ।

धन्यवाद, जय नेपाल !

(नेपाली कांग्रेसका महामन्त्री शर्माले सोमबारको प्रतिनिधिसभामा गरेको सम्बोधन ।)

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

काँग्रेस फुट्यो, महामन्त्रीद्वय गगन र विश्वप्रकाश साधारण सदस्यसमेत नरहने गरी निलम्बित

काठमाडौं/नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश

काँग्रेस फुट्यो, महामन्त्रीद्वय गगन र विश्वप्रकाश साधारण सदस्यसमेत नरहने गरी निलम्बित

काठमाडौं/नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor
koi77 kingmedan303 kingmedan303 djarum4d sritoto sritoto sritoto rajamania rajamania
https://pengumuman.um-ptkin.ac.id/ zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM