२०८२ माघ ४ गते, आईतवार १८:५२

तीनकुनेमा सविन ढले, यता घरको खम्बा

१८ चैत, काठमाडौं । कीर्तिपुर नगरपालिका–४ गाम्चाका २९ वर्षीय सविन महर्जन १५ चैतको बिहानै घरबाट निस्किएका थिए । काठमाडौं–हेटौंडा रुटमा सुमो गाडी चलाउने सविन गाडी बिग्रिएकाले बनाउन भन्दै घरबाट हिँडेका थिए ।

वृद्ध बाबुआमा, ८ वर्षकी छोरी र श्रीमती उनलाई पर्खिरहेका थिए । बिहान बित्यो, दिउँसो बित्यो गाडी बनाएर सविन आएनन् । अपराह्न हुँदै गर्दा खबर आयो, ‘तीनकुनेमा प्रहरीको गोली लागेर सविन ढले ।’ बिग्रिएको गाडी बनाउन भन्दै बल्खु हिँडेका सविन अब कहिल्यै फर्कने छैनन् ।

१५ चैतमा तीनकुनेलाई केन्द्र बनाएर राजावादीहरूले राजतन्त्र पुनस्र्थापनाको दबाबका लागि भन्दै प्रदर्शनको आयोजना गरेका थिए । गाडी बनाउन हिँडेका सविन कसरी त्यहाँ पुगे परिवार अनभिज्ञ छ । तर, प्रदर्शन चर्किंदै जाँदा प्रहरीसँग मुठभेड भएपछि प्रहरीले चलाएको गोली घाँटीमै लाग्दा सविन सडकमै ढले ।

गोली लागेको केहीबेरमै तीनकुने सडकमै प्राण त्यागेका सविनको शव चार दिनयता त्रिवि शिक्षण अस्पतालको शवगृहमा लडिरहेको छ ।

घटनाको चार दिनपछि कीर्तिपुर नगरपालिका–४ स्थित गाम्चा चोकबाट २०० मिटर उत्तरतर्फ हरियो रङ लगाएको एक तले घर छ । १५ गतेको बिहानसम्म त्यो घरमा खुसीयाली थियो । चार दिनयता रुवाबासी छ । श्रीमती छिनछिनमै बेहोस् हुन्छिन् । बुढेसकालको सहारा ढलेका आमा–बा निःशब्द छन् । ८ वर्षमै पिताको स्नेह र संरक्षण गुमाएकी छोरीको पीडा बयानगरी साध्य छैन ।

त्यो घर मात्र होइन, घरछिमेकसम्मे सन्नाटा छ । छिमेकीका अनुहार मलिन देखिन्छन् । गाउँका गुठियारहरू पनि अब के गर्ने, कसलाई पहल गर्ने भनेर छलफल गरिरहेका छन् । सविनको शव बुझ्न परिवारले मानिरहेको छैन । शहीद घोषणा र परिवारलाई क्षतिपूर्तिको माग सम्बोधन नभएसम्म शव नउठाउने अडानमा पीडित परिवार छ ।

प्रहरीको गोली लागेर मृत्यु भएको चार दिन भइसक्दा पनि सरकार वा आन्दोलनकारी पक्षले कुनै वास्ता नगरेको मृतकका काका किरण महर्जनले आरोप लगाए । उनले भने, ‘सविन बितेको आज चार दिन भइसक्यो । अस्पतालमा सविनको शव बेवारिसे अवस्थामा छ । न सरकार पक्षले कुनै चासो दिएको छ, न राजावादीले । हाम्रो परिवारको खम्बा नै ढलिसक्यो । तर, कसैलाई वास्ता छैन ।’

बुढेसकालको सहारा ढलेका आमा–बा निःशब्द छन् । श्रीमती छिनछिनमै बेहोस् हुन्छिन् । ८ वर्षमै पिताको स्नेह र संरक्षण गुमाएकी छोरीको पीडा बयानगरी असह्य छ ।

सुक्सुकाउँदै उनले भने, ‘राज्य पक्षले एउटा मजदुरको छोरालाई यसरी गोली हानेर मार्न मिल्छ ? त्यसपछि कुनै वास्तै नगरी बेवारिसे बनाउन मिल्छ ?’ सविनलाई सरकारले शहीद घोषणा गर्नुपर्ने उनले माग गरे । उनले अनलाइनखबरसँगको कुराकानीमा भने, ‘प्रहरीको गोली लागेर मेरो परिवारको पिलर नै ढल्यो । परिवारमा कमाउने उही एकजना थियो । अब परिवार कसले हेर्छ ? त्यसकारण सरकारले परिवारलाई उचित क्षतिपूर्ति दिइयोस् । श्रीमती र छोरीको जिम्मा लेओस् ।’

सरकारले क्षतिपूर्ति र शहीद घोषणा नगरेसम्म शवको जिम्मा नलिने अडान उनले दोहोर्‍याए । ‘सविनलाई शहीद घोषणा नगरुञ्जेल हामी शवको जिम्मा लिँदैनौं,’ उनका काका महर्जनले भने ।

सर्वसाधारण हिँड्दा असुरक्षित हुने अवस्था आइसकेको भन्दै सरकारले चाँडै सम्बोधन गर्नुपर्ने उनी बताउँछन् । ‘सर्वसाधारण हिँड्न नसक्ने अवस्था आयो । सर्वसाधारण असुरक्षित हुने अवस्था आइसक्यो,’ उनले केन्द्रदेखि स्थानीय सरकारसँग अनुरोध गरे, ‘भोलि गोली खाएर कुनै पनि सर्वसाधारणले मर्नु नपरोस् । यसको उपाय चाँडै निकाल्दिनुहोला । हामी त्रसित मानसिकतामा छौं ।’

सविनका माइला बुवा हरिकृष्ण महर्जनले सविनको मृत्युको खबरले गाउँ, समाज नै शोकमा डुबेको बताए । उनले भावुक हुँदै भने, ‘मेरो भाइको एक मात्र छोरा थियो सविन । उसैले परिवार पालिरहेको थियो । घरमा एक्लो कमाउने मान्छे बितेपछि हामी त सहाराबिहीन भएका छौं ।’

उनले प्रहरीले घरमुली नै चुँडेर लगेकोमा परिवारको भरणपोषणको चिन्ता लागेको बताए । ‘हाम्रो परिवारलाई कमाएर पाल्ने सदस्य नै गुमेपछि छोरी, श्रीमतीलाई कस्ले पाल्छ ?’ उनले प्रश्न गरे, ‘के सरकारले छोरीलाई पढाइ दिन्छ ? श्रीमतीलाई जागिर दिन्छ ? परिवार कसरी पालिदिन्छ ? हामी मजदुरको पीडा कसले सुनिदिन्छ ?’

कीर्तिपुरस्थित सविन महर्जनकाे घर ।

आफ्ना पीडामा राज्यले मल्हम नलगाएको पीडासँगै आक्रोश पनि बढ्दो छ ।

आक्रोश महर्जन परिवारमा मात्र होइन, आइतबारदेखि सामाजिक सञ्जालमा दौडिरहेको एउटा भिडियोले सर्वसाधारणको पनि बढाउँदैछ । भिडियोमा पछि हट्दै गरेका सर्वसाधारणलाई ताकेर प्रहरीले गोली चलाइरहेको छ । त्यही क्रममा पछि फर्किरहेका एक व्यक्तिलाई पछाडिबाट गोली लागेजस्तो देखिन्छ । ती व्यक्ति सडकमै ढल्छन् । एकैछिनमा रक्तमुछेल हुन्छन्, चलमलाउन छोड्छन् ।

ती व्यक्ति सविन भएको र प्रहरीले सामान्य अवस्थामै गोली हानेको भन्दै सामाजिक सञ्जालमा सरकार र प्रहरीमाथि सर्वसाधारण खनिएका छन् । सर्वसाधारणले प्रहरीले यसरी निहत्था नागरिकमाथि बर्बरतापूर्वक गोली हान्न पाउँछ भन्ने प्रश्न गरिरहेका छन् ।

श्रीमती र छोरीको साथमा सविन ।

प्रहरी भन्छ : पछाडीबाट गोली हानिएको छैन

नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता दिनेशकुमार आचार्यले भने राजावादीको प्रदर्शनका क्रममा तीनकुनेमा भएको घटनामा पछाडीबाट कसैलाई पनि गोली नलागेको बताए । उनी भन्छन्, ‘तीनकुनेमा तीन जनालाई गोली लागेको थियो, त्यसमध्ये दुई जना वीरमा उपचाररत छन् । एक जना सविनको मृत्यु भइसकेको छ । तर, कसैलाई पनि पछाडीबाट गोली लागेको छैन । सामाजिक सञ्जालमा आएको भिडियो र अरुले लेखेको कुराको तालमेल मिल्दैन । यो पूर्ण रुपमा गलत छ ।’

उनका अनुसार वीर अस्पतालको आईसीयूमा उपचाररत घाइतेहरू शम्भु दर्जी र डिल्लीप्रसाद लुइँटेल हुन् । डिल्लीप्रसादको पेटमा र दर्जीको कुममा गोली लागेको छ । उनले तीनकुने घटनामा भएको गोलीकाण्डबारे नेपाल प्रहरीले आन्तरिक रूपमा छलफल गरिरहेको बताए । ‘अहिले बाहिर आएको भिडिओ क्लिपको वास्तविकताबारे आन्तरिक रूपमा बुझ्ने काम भइरहेको छ । हामीले एम्बुलेन्स चालकसँग पनि सोधपुछ गरिरहेका छौं ।’

तीनकुनेमा सरकारबाट बर्बर दमन भयाे : राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबार तीनकुनेमा भएको घटनाको पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्ने जिकिर गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलनको कार्यक्रम भड्किनुमा सरकार आफैं दोषी रहेको जिकिर गर्छन् ।

उनले अनलाइनखबरसँगको कुराकानीमा भने, ‘शुक्रबार जे घटना भयो । त्यसमा सरकारको संलग्नता थियो । सरकार दमन गर्ने योजनाको साथ परिचालित भएको थियो ।’

लिङ्देनले तीनकुने घटनामा ज्यान गुमाएका दुई जनालाई शहीद घोषणा गर्न माग गरेका छन् । ‘शुक्रबारको घटनामा ज्यान गुमाएका दुवै जनालाई शहीद घोषणा गर्न सरकारसँग माग गरेका छौं,’ लिङ्देनले भने ।

तस्वीर/ भिडियाे : चन्द्रबहादुर आले/अनलाइनखबर

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania
zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM