२०८२ मंसिर २० गते, शनिबार २३:४९

डा. रमेशसिंह, जसले नेपालमा कलेजो प्रत्यारोपणलाई सहज बनाए

डा. रमेशसिंह भण्डारीलाई हिजो प्रत्यारोपण सुरु गर्न जति चुनौती थियो, आज स्थापित गर्न उत्तिकै सकस परिरहेको छ ।

१८ चैत, काठमाडौं । डा. रमेशसिंह भण्डारीले जब त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपणको योजना बनाए, त्यतिबेला धेरैले संसय व्यक्त गरेका थिए । तर झन्डै ६ वर्षको तयारीपछि १८ जेठ २०७६ मा डा. भण्डारीले शिक्षण अस्पतालमा पहिलो पटक कलेजोको सफल प्रत्यारोपण गरे ।

प्रत्यारोपण सुरु गरेको पाँच वर्षमा ९ वटा कलेजो प्रत्यारोपणमा विदेशी विशेषज्ञले सहयोगी भूमिका निर्वाह गरे । बीचमा कोरोना महामारी भएकाले दुई वर्ष जस्तो प्रत्यारोपण ठप्प भयो । यसबीचमा प्रश्न खडा भयो- कहिलेसम्म विदेशी चिकित्सकको सहायताले प्रत्यारोपण गर्ने ?

कतिपय साथीभाइले कुरासमेत काट्न थाले, ‘विदेशी चिकित्सक ल्याएर प्रत्यारोपण गर्छ, सबै श्रेय आफू लिन्छ ।’

प्रत्यारोपणमा निपूर्ण हुन केही अनुभव लिनु जरुरी थियो । लगातारको सफल प्रत्यारोपणले उनलाई हौसला मिल्यो । अनि, डा. भण्डारीले ठाने– अब हामी नै प्रत्यारोपण गर्न सक्षम छौं ।

तर, एक जनाको विश्वासले यो कार्य सम्भव थिएन । प्रत्यारोपण जस्तो जटिल कामका लागि टिमको आत्मविश्वास उत्तिकै जरुरी छ। टिममा व्यापक छलफलपछि नेपालकै जनशक्तिले प्रत्यारोपण गर्ने निश्चित भयो ।

विदेशी चिकित्सकको सहायताबिना पहिलो प्रत्यारोपणको लागि बिरामी त तयार भए, तर सफल हुने हो कि होइन ? उनलाई अन्तर्मनको प्रश्नले आफैंलाई डर लाग्यो ।

डा. भण्डारी नेतृत्वको चिकित्सक टोलीले विदेशी विशेषज्ञको सहायताविना ११ घण्टा लगाएर ४१ वर्षीय पुरुषको पहिलोपटक कलेजो प्रत्यारोपण गरेर नवीन इतिहास रच्यो ।

प्रत्यारोपण असफल हुँदा डाक्टरी करिअर नै समाप्त हुने निश्चित थियो । अनि पहिलो केस नै असफल हुँदा प्रत्यारोपणको बाटो नै बन्द हुने सम्भावना उच्च हुन्थ्यो ।

मनमा डर र आत्मविश्वासबीच डा. भण्डारीको टोली कलेजो प्रत्यारोपणको लागि तयार भयो ।

अन्ततः २७ पुस २०८० मा प्रत्यारोपण सफल भयो । डा. भण्डारी नेतृत्वको चिकित्सक टोलीले विदेशी विशेषज्ञको सहायताविना ११ घण्टा लगाएर ४१ वर्षीय पुरुषको पहिलोपटक कलेजो प्रत्यारोपण गरेर नवीन इतिहास रच्यो ।

यो कोशेढुंगा निर्माण भएको एक वर्ष पूरा भएको छ ।

अहिलेसम्म त्रिवि शिक्षण अस्पतालमा डा. भण्डारीको नेतृत्वमा भएका १६ वटा कलेजो प्रत्यारोपणमध्ये ७ वटा विदेशी विशेषज्ञबिना छन् । प्रत्यारोपण गरेका सबै बिरामीले नवजीवन पाएका छन् ।

‘संसारमै सबैभन्दा जटिल मानिने कलेजो प्रत्यारोपण नेपालजस्तो ठाँउमा आफ्नै स्रोत-साधनले सफल हुनु ठूलो माइलस्टोन हो,’ डा. भण्डारी भन्छन्, ‘यो सफलतामा सबै जना छक्क पर्नुभयो ।’

त्यो दिन सम्झिँदै डा. भण्डारी भन्छन्, ‘कतिपय साथीलाई प्रत्यापरोण सफल हुन्छ भन्नेमा विश्वास नै लागेको थिएन । वर्षौंको सपना पूरा भएसँगै प्रत्यारोपणलाई दिगो बनाउन सकिन्छ भन्नेमा म ढुंक्क भएँ ।’

शिक्षण अस्पतालमा आफ्नै जनशक्तिले प्रत्यारोपण सफल भएपछि उनका धेरै विदेशी डाक्टर साथीले अचम्म मान्दै सोधे, ‘यति छोटो अवधिमै कसरी प्रत्यारोपण गर्न सक्षम भयौ ?’

किनकि, कतिपय विकसित देशमा २५/३० वटा प्रत्यारोपण सफल भएपछि मात्रै आफ्नै जनशक्तिले गरेका उदाहारण छन् ।

सरकारी अस्पतालमै पाएको सफलता देखेर उनीहरु भन्थे, ‘बधाई भण्डारी, यू आर जिनियस ।’

नेपालमा दोस्रो पटक सफल कलेजो प्रत्यारोपणपछि चिकित्सकसहित बिरामीको तस्वीर।

डा. भण्डारीका अनुसार कलेजो प्रत्यारोपण अत्यन्तै जटिल शल्यक्रिया हो । प्रत्यारोपणमा सर्जन, ल्याब टेक्निसियन, एनेस्थेसियादेखि नर्सको प्रत्यक्ष भूमिका हुन्छ । उच्चस्तरीय उपकरण मात्र भएर पुग्दैन, हरेक विभागको सेवा विश्वस्तरीय हुनुपर्छ ।

स्वस्थ मानिसको कलेजोको नशा–नशा छुट्टयाएर दुईटा भागमा बाँड्नुपर्ने हुन्छ । नशा–नशा छुट्टयाउने सिपमै डाक्टरहरू निपुर्ण हुनुपर्छ । थोरै तलमाथि हुँदा रक्तस्रावका कारण ज्यान जाने जोखिम रहन्छ । त्यसकारण पनि नेपालमा सरकारी अस्पतालमा कलेजो प्रत्यारोपण कठिन मानिथ्यो ।

‘यस्तो जटिल प्रक्रिया आफैँले गर्नसक्नु नेपालको चिकित्सा प्रणालीमा कोशेढुंगा हो । यो सफलता सबैको हो । एक्लो प्रयासले मात्रै यति ठूलो शल्यक्रिया सफल बनाउन सकिँदैन,’ डा. भण्डारी भन्छन् ।

डा. भण्डारीलाई हिजो प्रत्यारोपण सुरु गर्न चुनौती थियो, आज यसलाई स्थापित गर्न उत्तिकै सकस परिरहेको छ ।

प्रत्यारोपणका लागि बिरामी पाउनै मुस्किल

अंग प्रत्यारोपणमध्ये कलेजो प्रत्यारोपणलाई बढी जटिल मानिन्छ । नेपालमा वार्षिक २ सय हाराहारी कलेजो प्रत्यारोपण गर्नुपर्ने बिरामी रहेको अनुमान छ ।

कलेजो प्रत्यारोपणका लागि आवश्यक विशेषज्ञ, उपकरण र सामर्थ्य हुँदा पनि बिरामीको विश्वास जित्ने गरी सूचना प्रवाह नभएको उनको भनाइ छ ।

‘आफ्नै क्षमताले ७ वटा कलेजो प्रत्यारोपण सफल हुँदा आत्मविश्वास बढ्यो । तर पर्याप्त बिरामी नपाउँदा अन्योल थपिएको छ, आत्मविश्वासलाई टुट्ने डर छ,’ डा. भण्डारीको गुनासो छ ।

शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण हुन्छ भन्ने सन्देश बिरामीमाझ नपुग्नु, कलेजो लिने–दिने व्यक्तिको रक्तसमूह, कलेजोको आकार, शरीरको बनावट, आर्थिक पक्ष, कानुनले निर्धारण गरेको पारिवारिक नाता नमिल्नु र  नेपाली विशेषज्ञ टिमको क्षमतामा विश्वास स्थापित हुन नसक्नुलगायत कारणले पनि सेवा विस्तार हुन नसकेको डा. भण्डारीको अनुमान छ ।

उनी भन्छन्, ‘प्रत्यारोपण गर्नुपर्ने खालका १०–१२ जना बिरामीमध्ये १–२ जनाको मात्रै प्रत्यारोपण सम्भव हुन्छ ।’

हाल शिक्षणमा पाँच जना प्रत्यारोपण लागि फलोअपमा छन् । ‘अस्पताल आएका बिरामीमध्ये पनि कसैको अंगदाता नभएर, कसैको पैसाको अभावमा कलेजो प्रत्यारोपण गर्न सकिएको छैन,’ उनले भने ।

अझै पनि नेपाली स्वास्थ्य प्रणालीमा विश्वास नगरेर बिरामी भारतलगायत देश गएर प्रत्यारोपण गराइरहेको डा. भण्डारी बताउँछन् ।

‘कलेजो प्रत्यारोपण गर्ने जनशक्ति र प्रविधि हामीसँग छ । तर हामीमाझ विश्वासको अभाव छ,’ डा. भण्डारी भन्छन्, ‘पढेलेखका मानिसमै पनि टिचिङमा प्रत्यारोपण हुन्छ भन्ने थाहा छैन । आम नागरिकमा सूचना अझै पुगेको छैन ।’

चिकित्सकको आकलनमा वार्षिक करिब ५० जना बिरामी भारत गएर प्रत्यारोपण गराइरहेका छन् । आर्थिक स्रोत नहुनेहरूले भने नेपालमै पाइने उपचार सेवा पनि उपयोग गर्न नसकेर मृत्युवरण गर्नुपर्ने अवस्था छ ।

कलेजो प्रत्यारोपणका लागि २५ लाखदेखि ३५ लाख रुपैयाँसम्म खर्च लाग्छ । बिरामीबाट लिएर मात्र पूर्ति हुन गाह्रो छ । अरू उपचारमा भएको नाफा यसमा खर्च गर्नुपर्ने हुन्छ । अस्पताल र चिकित्सक निःशुल्क भए पनि उपकरणमै ठूलो रकम खर्च हुन्छ ।

डा. भण्डारी भन्छन्, ‘हामीलाई प्रत्यारोपण नै सफल नहोला भन्ने डर थियो, अहिले सेवालाई दिगो बनाउन सकिन्न कि भन्ने अन्योल छ ।’ कोरोनापछि केही प्रत्यारोण भए पनि लक्ष्यअनुसार सेवा बढाउन नसकिएको उनी बताउँछन् ।

कलेजो प्रत्यारोपण सेवाका लागि सरकारले आर्थिक सहुलियत र मस्तिष्क मृत्युसम्बन्धी कानुन सहज बनाउनुपर्ने उनको भनाइ छ ।

मिर्गौला जस्तै कलेजो रोगमा पनि केही आर्थिक सहयोग भए प्रत्यारोपण गराउने बिरामीको संख्या बढ्ने उनी बताउँछन् । ‘पटकपटक कलेजो रोगमा सहुलियत बढाउन विभिन्न निकायमा प्रस्ताव राखेँ । तर रक्सी खाएर कलेजो बिगारेको मानिसलाई किन दिने भन्ने मानसिकता पाएँ,’ डा. भण्डारी भन्छन् ।

नेपालमा मिर्गौला प्रत्यारोपण स्थापित भए जसरी नै कलेजो प्रत्यारोपणलाई पनि दिगो बनाउने हो । अहिलेको स्रोत-साधनले वार्षिक ३० वटाभन्दा बढी प्रत्यारोपण गर्न समक्ष छौं ।

-प्रा.डा. भण्डारी

मस्तिष्क मृत्युसम्बन्धी कानुन सहज बनाउँदा मस्तिष्क मृत्यु भएकाहरूको कलेजो बिरामीमा प्रत्यारोपण गर्न सहज हुने चिकित्सक बताउँछन् । डा. भण्डारीका अनुसार, भारतमा कलेजो प्रत्यारोपण नेपालभन्दा करिब तीन गुणा महँगो छ । अस्पतालमा हुने यो खर्चबाहेक बिरामी कुरुवालगायत अनेकन खर्च जोडिन्छ ।

‘कलेजो प्रत्यारोपण सेवा विस्तार गर्न सकस परिरहेको बेला बिरामीहरू ठूलो थैलीसहित भारत गइरहेका छन्’ उनी भन्छन्, ‘हामीले प्रत्यारोपण गरेकामध्ये एक तिहाइ भारतमा लाखौं खर्च गरेर फर्किएका बिरामी छन् ।’

अवस्था प्रतिकूल नै भए पनि ठूलो सपना बोकेर थालेको यो सेवालाई दिगो बनाउन लागिपरिहेका छन्, प्रा.डा. भण्डारी ।

‘नेपालमा मिर्गौला प्रत्यारोपण स्थापित भए जसरी नै कलेजो प्रत्यारोपणलाई पनि दिगो बनाउने हो,’ उनी भन्छन्, ‘अहिलेको स्रोत-साधनले वार्षिक ३० वटाभन्दा बढी प्रत्यारोपण गर्न समक्ष छौं ।’

रक्सीले बिग्रदै कलेजो

शिक्षण अस्पतालमा हालसम्म १६ जनामा कलेजो प्रत्यारोपण गरिएको छ । यीमध्ये १३ जनाको कलेजो रक्सी सेवनका कारण बिग्रिएका थिए।

कलेजो रोग विशेषज्ञ डा. भण्डारी भन्छन् ‘रक्सी सेवनका कारण कलेजो बिग्रिने समस्या देशभर बढ्दै गएको छ। हामीले प्रत्यारोपण गरेका अधिकांश बिरामीले लामो समयसम्म रक्सी सेवन गरेका थिए ।’

१६ मध्ये एक ११ महिनाकी बालिकामा जन्मजात पित्त नली नबनेको कारण कलेजो प्रत्यारोपण गरिएको थियो । अन्य एक जनालाई क्यान्सरका कारण र एक जनाको कारण खुल्न सकेको थिएन ।

विशेषज्ञका अनुसार कलेजो शरीरको एक प्रकारको ‘फ्याक्ट्री हाउस’ हो, जसले धेरै महत्त्वपूर्ण कार्य गर्छ ।

‘कलेजोले शरीरलाई चाहिने प्रोटिन निर्माण गर्छ । इन्फेक्सनविरुद्ध लड्न एन्टिबडी बनाउँछ र रगत बग्दा रोक्ने तत्वहरू निर्माण गर्छ,’ डा. भण्डारी भन्छन् ।

रक्सीले कसरी बिगार्छ कलेजो?

रक्सी सेवनले कलेजोको सामान्य कोषहरू विस्तारै बिग्रन थाल्छन्

– कलेजोमा दाग जस्तो बन्दै जान्छ

– नर्मल कलेजो बिस्तारै कडा हुँदै जान्छ

– कलेजोको कार्यक्षमता घट्दै जान्छ

कलेजो बिग्रिँदा देखिने लक्षण

– शरीरमा पानी भरिने

– बारम्बार इन्फेक्सन हुने

– सामान्य घाउ पनि निको नहुने

– शरीरमा रगत बग्दा रोक्न नसक्ने

– मुखबाट रगत आउने

डा. भण्डारीका अनुसार कलेजो बिग्रिएपछि खाना नलीका नशाहरू फुल्न थाल्छन् । ती नशाहरू कमजोर हुँदै गएर फुट्न सक्छन्, जसबाट ठूलो मात्रामा रगत बग्न सक्छ ।

कलेजो बिग्रिएको अवस्थालाई तीन भागमा विभाजन गरिन्छ ।

– पहिलो स्टेजमा तुरुन्त प्रत्यारोपणको आवश्यकता पर्दैन

– स्टेज बी र सीमा प्रत्यारोपण अनिवार्य हुन्छ

– कलेजोको कार्यक्षमता सतप्रतिशत बिग्रिसकेपछि बिरामीलाई बचाउन कठिन हुन्छ ।

उनी भन्छन्, ‘कलेजो बचाउने सबैभन्दा राम्रो उपाय रक्सी सेवन नगर्नु वा न्यून मात्रामा गर्नु हो। एकपटक कलेजो गम्भीर रूपमा बिग्रिसकेपछि प्रत्यारोपण नै एक मात्र विकल्प रहन्छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM