२०८२ माघ ५ गते, सोमबार १६:३७

नवराज सुवेदी अझै सुरक्षा निगरानीमा

१८ चैत, काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि जनआन्दोलन समितिका निवर्तमान संयोजक नवराज सुवेदी तीन दिनदेखि सुरक्षा घेराभित्र छन् ।

१५ चैतमा राजावादीहरूले गरेको प्रदर्शन उग्र भएपछि प्रहरीले उनलाई सुरक्षा नियन्त्रणमा राखेको थियो । १५ गतेको मध्यरातिबाटै प्रहरीले सुवेदीको गैरीधारास्थित घरमा नियन्त्रणमा राखेको थियो । तीन बित्दा समेत उनलाई सुरक्षा घेरामै राखिएको छ ।

घरबाट बाहिर निस्कन दिइएको छैन । सुरक्षा घेराभित्र राखेपछि प्रहरीले सुवेदी बयोवृद्ध रहेकाका कारण पक्राउ परेर हिरासतमा नलिई उनकै घरमा सुरक्षा घेरामा राखेको बताएको थियो । ‘उहाँको स्वास्थ्य अवस्थालाई ख्याल गरेर पक्राउ नगरी घरमै सुरक्षा नियन्त्रणमा राखिएको हो,’ एक अधिकृतले भने ।

यता जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले पनि उनलाई अहिले पनि सुरक्षा घेरामै राखिएको बताए । २ जनाको ज्यान जाने गरीको प्रदर्शन र आगजनी, तोडफोड र लुटपाट भएपछि प्रहरीले उनलाई सुरक्षा नियन्त्रणमा राखेको थियो ।

उनी निवर्तमान संयोजक समेत रहेकाले फेरि यस्ता गतिविधि नहुन् भनेर उनलाई सुरक्षा घेरामा राखिएको प्रहरी भनाइ थियो । अर्कोतफ भने उनकै सुरक्षा थ्रेटलाई समेत विश्लेषण गरेर उनको घरमा प्रहरी परिचालन गरिएको दाबी पनि प्रहरीको अधिकारीहरूको छ ।

नजरबन्दमा राखेको अवस्थामा भने २४ घण्टाभित्र त्यसको जानकारी प्रमुख जिल्ला अधिकारीले सम्बन्धित अधिकारीलाई दिइसक्नुपर्ने हुन्छ ।

‘नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ को दफा ३ को उपदफा ३.१ अनुसार सार्वजनिक शान्ति र व्यवस्थामा तत्काल खलल पर्ने सक्ने कुनै काम कुरा गर्नबाट कुनै व्यक्तिलाई रोक्नुपर्ने उचित र पर्याप्त आधार भएमा स्थानीय अधिकारीले निजलाई कुनै खास अवधिसम्म कुनै खास ठाउँमा नजरबन्द राख्ने आदेश जारी गर्न सक्ने व्यवस्था उल्लेख छ ।

यसरी नजरबन्दमा राखिएको व्यक्तिलाई यसबारे २४ घण्टाभित्र जानकारी दिनुपर्ने हुन्छ । तर तीन दिन बित्दासम्म यसबारे उनलाई कुनै जानकारी दिइएको छैन । काठमाडौंका प्रमुख जिल्ला अधिकारीले उहाँलाई नजरबन्दमै नराखेको बताउँदै कुनै औपचारिक पत्रमार्फत यसबारे अहिलेसम्म उहाँलाई जानकारी समेत नदिएको बताए ।

मौखिक रूपमा जानकारी गराएर सुरक्षा निगरानीमा रहेको बताएको छ । जसकारण सुवेदीलाई नजरबन्दमा राखेको भन्न समेत नमिल्ने अवस्था छ ।

यता तोडफोड र आगजनीमा उत्रिएको र संलग्न भएको आरोपमा राप्रपाका नेतासहित ११ जनाविरुद्ध राज्यविरुद्धको कसुरमा अदालतबाट ५ दिनको म्याद लिएर हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ । तोडफोड र लुटपाटमा उत्रिएका ४१ जनालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ । तर सुवेदीको हकमा भने अहिलेसम्म कुनै पक्राउ पुर्जी समेत लिएर कानुनी प्रक्रिया अघि बढाइएको अवस्था छैन ।

 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM