२०८२ कार्तिक २१ गते, शुक्रबार २०:२४

प्रदेश प्रमुखद्वारा ईद उल फित्रको शुभकामना व्यक्त 




मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले इस्लाम धर्मावलम्बी समुदायबीच मनाइने महत्वपूर्ण पर्व ईदको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । 

आज सोमबार शुभकामना सन्देश प्रकाशन गर्नुहुँदै प्रदेश प्रमुख देवकोटाले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त विविधतामा एकता, सामाजिक, सांस्कृतिक सद्भावपूर्ण राष्ट्र भएको उल्लेख गर्नुभएको छ। 

नेपालको  भौगोलिक विविधता अनुसार कला संस्कृति र परम्पराहरूमा पनि बहु आयामिकता छ उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ ‘नेपालमा हिन्दु, बौद्ध, इस्लाम तथा इसाई धर्मावलम्बीहरुबीच उच्चस्तरीय सहिष्णुता कायम छ, नेपालीहरूको आफ्नै चाडपर्वहरू मध्येको ईद पनि एक हो । ‘

‘ईद-उल-फित्रको सुखद् अवसरमा बागमती प्रदेश, स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण इस्लाम धर्मका अनुयायी दाजुभाइ दिदीबहिनीहरूमा सुख, शान्ति एवम् सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दै ईद मुबारक भन्न चाहन्छु’ उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ । 

धार्मिक आस्था र परम्पराहरूले एकता, भातृत्व र मेलमिलापको भावनालाई सुदृढ बनाइ सभ्य र समृद्ध समाज निर्माणमा टेवा पुर्‍याउने उहाँले बताउनु भएको छ । हामीले हाम्रो धार्मिक सहिष्णुता  र धार्मिक सम्पन्नतालाई कायम राख्नुपर्दछ । समृद्ध समाज निर्माणमा यस पर्वले थप ऊर्जा दिने विश्वासका साथ पुनः एकपटक सबैमा इदको शुभकामना व्यक्त गर्दछु सन्देशमा भनिएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM