२०८२ माघ ९ गते, शुक्रबार १०:१६

जगमान गुरुङसँग वार्ता– ‘आन्दोलनमा डाक्टर इन्जिनियरमात्रै आउँदैनन्, भूतप्रेत मसान पनि आउँछन्’

राजावादी आन्दोलन समितिका संयोजक नवराज सुवेदी अघोषित नजरबन्दमा परेसँगै संस्कृतिविद् जगमान गुरुङले नेतृत्व पाएका छन् । १५ चैत, शुक्रबार काठमाडौंको तीनकुनेमा राजावादी आन्दोलन विध्वंशात्मक बन्न पुगेसँगै ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ को नेतृत्व गुरुङले गर्ने भन्दै सुवेदीले आइतबार लिखित पत्र पठाएका हुन् ।

आन्दोलनका कमान्डर दुर्गा प्रसाईं भने फरार छन् । नयाँ संयोजक जगमान गुरुङसँग अनलाइनखबरका बसन्त बस्नेतले गरेको कुराकानी :

नवराज सुवेदी नजरबन्दमा परेपछि तपाईं राजावादी आन्दोलन समितिको संयोजक बन्नुभएछ होइन ?

मैले चिठी पाएको छु, तर सल्लाह हुन बाँकी छ । के हो, कसो हो भन्ने स्पष्ट नभई मैले सहमति दिने कुरो भएन । म सकारात्मक छु, तर एकपल्ट बैठक गरेर सल्लाह गरौं भनेको छु ।

भनेपछि अब आन्दोलन समितिको नेता को हो ?

नेता को हो भन्दा पनि मलाई पत्र आएको हो । त्यसलाई मैले स्वीकार गर्दिनँ भनेको छैन । अस्वीकार नै हो भनेको पनि होइन । हाम्रो नेता भन्दा पनि संयोजक अहिलेसम्म नवराज सुवेदी नै हो । उहाँ नजरबन्दबाट बाहिर निस्केपछि संयोजक उहाँ नै हुने हो । यो बीचमा के गर्ने भनेर मैले समितिको बैठकमा कुरा गरुँ भनेको हो ।

त्यो समितिमा को को हुन्छन् ?

समितिमा रहेका तीन जना रवीन्द्र मिश्र, धवलशमशेर राणा, स्वागत नेपाल बन्दी हुनुहुन्छ । नेपाल भर्खरै छुट्नुभएको सुनें । नवराज सुवेदी नजरबन्दमा हुनहुन्छ । समितिमा प्रकाशचन्द्र लोहनी, हरिबहादुर बस्नेत, केशरबहादुर विष्ट लगायत सल्लहकार हुनुहुन्छ ।

आज राति वा भोलि बिहान बैठक बसेर निर्णय गर्छौं । मैले नेपाल प्राज्ञिक मन्चको पत्रकार सम्मेलनमा भनेको थिएँ, ‘नवराज सुवेदी संयोजक रहेको अभियान तुहिन खोज्यो भने पनि मैले तुहिन दिन्नँ ।’ त्यसैले अहिले आन्दोलन समितिको संयोजक बन्न आएको प्रस्ताव मैले नकारेको छैन । एकपल्ट सल्लाह गरौं भनेको चाहिँ हो ।

शुक्रबारको प्रदर्शनलाई किन हिंस्रक बनाउनुभएको ?

त्यो हामीले गराएको होइन । हामी त मञ्चमा भद्र अवज्ञा गर्न लाग्दै थियौं । सरकारबाट अश्रुग्यास आएको थाहा भयो । त्यसपछि तल के के भयो । सरकारले नै ध्वशांत्मक गतिविधिलाई प्रोत्साहन ग¥यो । घुसपैठ गरेर शान्तिपुर्ण आन्दोलन भड्काउनु सरकारको सुनियोजित कुनियत थियो । अश्रुग्यास हान्ने, ढुंगा हान्ने, माधव नेपालको कार्यालय, भाटभटेनी, जडिबुटी आक्रमण गर्ने सबै उनीहरुका मान्छे हुन् ।

ए, ती सरकारका मान्छे पो ? तपाईंहरुले जिम्मा नलिने ?

हामीले किन जिम्मा लिने ? हामीले गरेको भए पो जिम्मा लिने । त्यो सरकारले जिम्मा लिनुपर्छ ।

जडिबुटी, भाटभटेनी तोड्ने सबै सरकारका मान्छे, हगि ?

अब जडिबुटीमा चाहिँ, हाम्रा भक्तपुरतिरबाट आइरहेका मान्छेलाई पुलिसले रोकिदियो । त्यसपछि उनीहरुले आक्रोशित भए तोडफोड गरे । नत्र हाम्रा समर्थकले त्यस्तो गर्दै गर्दैनन् नि ।

सरकारले आफ्नै सम्पत्ति किन फुटाउँथ्यो होला नि ?

किन फुटाउँदैन ? यो सरकार आफैं ध्वंशात्मक गतिविधिबाट आएको हो । घरमा आगो लगाएर, बैंक लुटेर, विमान हाइज्याक गरेर आएकाहरुले चलाएको सरकार हो यो ।

तपाईं त केपी शर्मा ओली विशिष्ट क्षमता भएका प्राज्ञिक प्रतिभा हो भन्नुहुन्थ्यो । किन उहाँ नै प्रधानमन्त्री भएका बेला उहाँलाई छाडेर पूर्वराजातिर लाग्नुभएको ?

मैले त्यो बेला पनि केपी ओलीलाई भन्थें, म तपाईंको अन्तरंग व्यक्ति हुँ तर एमाले कार्यकर्ता होइन । अहिलेका प्रधानमन्त्रीहरुमध्ये अलिकति बढ्ता जानेको त उहाँ नै हो । तर यहाँ के कुरा आइलाग्यो भने यो देश त खतरामा पर्यो । माघ २७ गते पूर्वभारतीय राजदूत रन्जित रेले टिभीमा भनेको सुन्नुभएन ? यहाँ त सबै भारतको चलखेलबाट राजतन्त्र हटाएको रे । हिन्दूराष्ट्र हटाएको रे । ट्रम्पले चलाएको दुई तीन महिना हुन पाएको छैन, नेपालमा राजतन्त्र हटाएको अमेरिकाले रहेछ । रअ लाई नेपालका राजाले क्रियाशील हुन नदिएकाले राजतन्त्र हटाएको रे । भनेपछि यिनीहरुलाई नेपालमा चलखेल गर्न रोक्ने त राजा रहेछन् । त्यसैले धर्म र राजाका लागि म यतातिर लागेको ।

अनि यी पूर्वराजा त काण्डैकाण्डमा जोडिएका व्यक्ति हुन् नि, तपाईंलाई थाहै होला !

मान्छे भएपछि केही गल्ती भइहाल्छ । गल्ती नहुने भन्ने हुँदैन । गल्तीविहीन त भगवान मात्रै हून्छ । मान्छे भएपछि गल्ती हुन्छ, जानेर वा नजानेर । कति कुरा त त्यत्तिकै बात लगाइदिए पनि होलान् । सबै अभियोग सावित हुन्छन् भन्ने पनि छैन । अहिले पनि के के जोडदैछन् नि । त्यसमा कानुनले के भन्छ भन्ने पनि हेर्नुपर्छ ।

सरकारले छेकथुन गर्नु उसको कर्तव्य हो । सरकारले थुन्यो । रवीन्द्र छुट्लान्, स्वागत नेपाल छुटेको भर्खरै सुनें । धवल पनि छुट्लान् । नवराजको नजरबन्द पनि फुक्ला ।

सिडिओ कार्यालयमा राजसंस्था पुनस्र्थापना समितिले स्वीकृति लिएर कार्यक्रम राखेपछि ज्ञानेन्द्र शाह, निर्मल निवास भन्दै महानगरले चिठी काट्न पाइन्छ ? त्यो ज्ञानेन्द्रले गराएको हो र त्यो ?

पछिल्लो प्रदर्शन त सबै उहाँकै इशारामा भएको हो नि, कुनै शंका छ र ?

त्यसको प्रमाण के ? मौखिक वा लिखित प्रमाण चाहियो । निर्मल निवासमा ज्ञानेन्द्र शाह भन्ने व्यक्ति बसेको हो र ? कि पूर्वराजा भन्नुपर्यो, श्री ५ भन्नुपर्यो । कानुनको हिसाबले जानुपर्यो नि, लान्छना लगाउने होइन ।

भनेपछि काठमाडौं महानगरपालिका कार्यालयलाई फोहोरको जरिवाना नतिर्ने ?

तिरे राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले तिर्छ, ज्ञानेन्द्रले तिर्ने हो र ? माओवादीले फोहोर गरे भने माओ त्सेतुङलाई पत्र काट्ने ? एमालेले फोहोर ग¥यो भने कार्ल मार्क्सलाई पत्र काट्ने ? लेनिनलाई काट्ने ? राजाको नाममा कार्यक्रम भयो भन्दैमा राजालाई पत्र काट्न हुन्छ त ? बुझ्नुपर्दैन ?

केपी ओलीसँग पछिल्लो दिनमा कुराकानी भएको छैन ?

अहिले केही भएको छैन ।

आज संसदमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजाको पक्षमा बोल्नुभयो, तर आन्दोलनमा आउनुभएन नि ?

राजेन्द्र लिङदेन बिस्तारै आन्दोलनमा आउँदै हुनुहुन्छ । तपाईं हेर्दै जानुस् न ।

तपाईं विभिन्न पक्षसँग काम गरेको व्यक्ति । तपाईं अहिले किन राजातिर ?

मैले २३ वर्षअघि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा जागिर खाएँ भन्दैमा म कांग्रेस भइनँ । केपी ओली प्रधानमन्त्री हुँदा उपकुलपति भएँ भन्दैमा एमाले भइनँ । प्रचण्ड प्रधानमन्त्री हुँदा पशुपति हिन्दू विश्वविद्यालय अवधारणा कार्यविधि समितिको संयोजक भएँ भन्दैमा माओवादी भइनँ । म त प्राज्ञिक व्यक्ति, सबैले चाहन्छन् । योग्यता देखेरै लगेर होलान् ।

अहिले किन राजा चाहियो त ?

नेपालमा यो सबै भताङभुतुङ बनाएको त अमेरिकाले रहेछ । डोनाल्ड ट्रम्पले नेपालमा अर्बौं डलर चार शीर्षकमा खर्च भएको त देखाइदिए । रन्जित रेले पनि भने ।

ती रन्जित रे त पूर्वराजदूत न हुन्, अवकाशमा गइसके । किन उनका स्वतन्त्र अभिव्यक्तिलाई ठूलो विषय बनाउनुभएको ?

रन्जित होइन, अरुले पनि भनेका छन् । उहिले कम्युनिस्टले भारतीय विस्तारवाद अमेरिकी साम्राज्यवाद भन्थे । देशमा चाहिने मान्छे त राजा रहेछ । धर्म बचाउने पनि उनै हुन् । यो कुरा बुझेर म लागेको हो ।

दुर्गा प्रसाईजस्तो विवादास्पद विगत भएको व्यक्तिलाई किन कमान्डर बनाएको नि ?

अब, त्यो मैले बनाएको होइन । दुर्गा प्रसाईको विगत सबै मलाइ थाहा पनि छैन । अब सज्जनै सज्जन, पन्डितै पन्डित बोलाएर मात्रै आन्दोलन हुँदैन । भूतप्रेत, पिशाच सबै चाहिन्छ । १५ चैतको आन्दोलनमै हेर्नुस् न, त्यहाँ डाक्टर इन्डिनियर प्राज्ञमात्रै थिए त ? त्यहाँ त खातेहरु पनि थिए । भाटभटेनीमा पसेर बियरै खोलेर खाए । स्याउ खाए । आइसक्रिमको फ्रिजै उठाए । यी सबै राजावादी हुन् त ? यी त खाओवादी खाते हुन् । असली राजावादीले यस्तो काम गर्दैन ।

दुर्गा प्रसाईले पुलिसै किच्नेगरी गाडी कुदाउन खोजेको होइन ?

त्यो उसको उत्तेजना हो, म विरोध गर्छु । दुर्गा किन हाम्रो मन्चतिर नआएर उतातिर गाडी कुदाउँदै गयो त ? उसले त्यही गरेर त मामला बिग्रियो । अहिले पनि दुर्गा प्रसाई लुक्न हुँदैनथ्यो । पहिले पनि ऊ गौशालाबाट भाग्यो । अहिले पनि तीनकुनेबाट भाग्यो । उसले त गिरफ्तारी पो दिन पर्ने ।

मैले अघि नै भनें त, महादेवको आसपासमा नन्दीभृंगीजस्ता अनेकौं व्यक्ति हुन्छन् । भुतप्रेत मसान सबै चाहिन्छ आन्दोलनमा ।

रवीन्द्र मिश्र, धवलहरुलाई थुनेकोमा तपाईंको विचार के छ ?

प्रजातन्त्र भएपछि अब नाराजुलुस हड्ताल, अभिमत राख्नु राजनीतिक चरित्र हो । सरकारले छेकथुन गर्नु उसको कर्तव्य हो । सरकारले थुन्यो । रवीन्द्र छुट्लान्, स्वागत नेपाल छुटेको भर्खरै सुनें । धवल पनि छुट्लान् । नवराजको नजरबन्द पनि फुक्ला ।

नवराज छुटेपछि समितिको नेता को हुन्छ ?

उहाँ नै हुनुहुन्छ । नेता नभनुँ, संयोजक उहाँ हुने हो । अहिले कसरी जाने भन्ने हाम्रो सल्लाह हुँदै छ ।

श्रीनिवासजस्ता आपराधिक पृष्ठभूमि भएका व्यक्ति आन्दोलनमा आउँदा नैतिक शक्ति बढ्छ तपाईंहरुको ?

मैले अघि नै भनें त, महादेवको आसपासमा नन्दीभृंगीजस्ता अनेकौं व्यक्ति हुन्छन् । भुतप्रेत मसान सबै चाहिन्छ आन्दोलनमा ।

तपाईं संस्कृति अध्येता प्राज्ञ । किन कोभिड १९ जस्तो गम्भीर महामारीमा वैज्ञानिक रुपमा प्रमाणित नै नहुने कोरोना भगाउ मन्त्र सिर्जना गर्नुभएको ?

त्यो मैले सिर्जना गरेको होइन, परम्परादेखि भएको मन्त्र हो त्यो । मन्त्र कहाँ मैले सिर्जना गर्नु ?

तर तपाईंले मन्त्रको बीचबीचमा कोरोना–कोरोना भनिरहनुहुन्थ्यो त ?

त्यो त महामारी हटाउनलाई भनेको हो । जस्तो कि तपाईंले पुरातत्व विभागमा ‘अभिलेख’ भन्ने पत्रिका पाउनुहुन्छ । त्यसमा काठमाडौंका राजा जयप्रकाश राजाका पिता जगतजय मल्लले केरुङ भोटको निमासिंगे लामालाई ताम्रपत्र दिएको छ । यो कथाकहानीको कुरो होइन । ठूलो महामारीका बेला ताम्रपत्रमा नेवारी र तिब्बती भाषामा लेखियो, महामारी शान्त गराएवापत सिन्धुपाल्चोकको कार्तिके घ्याङ बुद्ध गुम्बा दिएको छ । तन्त्रमन्त्रमा सिद्धि हुन्छ ।

चन्द्रशमशेरका पालामा यहाँ पानी नपरेपछि मान्छेले रसुवाको थुप्देन लामाले पानी पार्न सक्छ भन्ने सुने । उसले बुढानीलकण्ठ गएर साधना गरिहेरे, पानी परेन । त्यसपछि टौदहमा गएर साधना गरे, पानी पारे । त्यसपछि उनलाई सरकारी बकस र पत्र दिएको सूचना पूर्णिमा पत्रिकामा लेखिएको नै छ । तर तन्त्रमन्त्र गर्नेको सत्यवचन हुनुपर्छ । असत्य छ भने मन्त्र लाग्दैन । देवी रिसाउँछ ।

ट्रम्पलाई अमेरिकामा जिताउन भारतको कामाख्यामा तन्त्र साधना गरियो । उनले अनि चुनाव जिते । नेपाल अध्यात्मको केन्द्र, यहाँ त यस्ता काम धेरै हुनुपर्छ । तर यहाँ त एमसिसी ल्याइयो । हिन्दूको विपक्षमा मत फैलाइयो । बाराक ओबामा जस्तो निग्रो हनुमानको मूर्ति कोटमा बोकेर हिँड्छ, यहाँ चाहिँ केही बुझ्दैनन् । विश्वले नेपाल बुझेको छ, नेपालीले नेपाल बुझेको छैन ।

पछिल्लोचोटि पूर्वराजा ज्ञानेन्द्रसँग कहिले कुरा भयो ?

गोरखा जाँदा, अस्ति भर्खरै । सरकार सवारी हुनेभएपछि मैले गोरखनाथ, गोरखकाली, वज्रभैरवको बारेमा ब्रिफ गरें । राजा खुसी हुनुहून्थ्यो । त्यसको प्रभाव कस्ता पर्‍यो, बरु त्यो पनि सोध्नुहोस् न !

कस्तो प्रभाव पर्‍यो ?

युवराज पारसलाई देख्नुभयो ?

छैन, के भयो ?

पारस पहिले कस्तो हुनुहुन्थ्यो ? कपाल दाह्री पाल्ने गर्नुहुन्थ्यो । महाराजले गोरखनाथ गोरखकाली पूजा गरेपछि पारसले चार दिन भयो, दाह्री खुर्केको । कस्तो मायाले वर्षौं नकाटेर राखेको दाह्री कुन दैवको चमत्कारले फाल्नुभयो त ? कुलदेवता पितृ सबै खुसी भइन्, त्यसैले काट्नुभयो ।

पारसले कपाल पनि काट्नुभयो ?

काटेको छैन, कुनै पनि त्यो पनि काट्नुहोला । तर दाह्री त खुर्किनुभयो । कुन दैवको प्रेरणाले खुर्किनुभयो होला त ! पूजाको शक्ति के भयो, व्यवहारमा हेर्नुपर्यो नि । त्यसैले यो अन्धविश्वास होइन, नेपालको विश्वास र परम्परा हो ।

ल ठिक छ, अब तपाईंको नेतृत्वमा आन्दोलन कसरी अघि बढ्छ त ?

आन्दोलन त हुँदै जान्छ । तर अब आन्दोलनमात्रै गरेर हुँदैन, अनुष्ठान पनि गर्नुपर्छ ।

default

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM