२०८२ माघ २९ गते, बिहीबार २१:४९

निमेषभरमै खण्डहर भयो आफ्नै खुट्टामा उभिएको सरकारी संस्था

१७ चैत, काठमाडौं । ‘सञ्चो’ प्याकिङ गरेर राखिएको स्टोरबाट पुतपुत धुँवा आइरहेको छ । कर्मचारी जारको पानीले आगो निभाउने कोसिस गरिरहेका छन् ।

हजारौं प्याकेटमा भित्रभित्रै सल्किरहेको आगो निभाउन दुई/चार लिटर पानीले कहाँ सम्भव हुन्थ्यो र ! जडीबुटी कम्पनीमा परिसरमा भेटिएका हरिप्रसाद चौलागाईंले भने, ‘उग्रवादीले पानीको ट्यांकीसमेत बाँकी राखेनन् ।’

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड परिसरमा सिसाको टुक्रा यत्रतत्र छरिएका छन् । बस्न योग्य कुनै कोठा छैन । परिसरमा रहेका एक दर्जन बढी गाडी र मोटरसाइकलको अस्थिरपञ्चर मात्रै छ ।

आइतबार बिहान कार्यालय परिसर पुग्दा कर्मचारीहरु निरास देखिन्थे । उनीहरु कम्पनीले वर्षौंदेखि दिइरहेको रोजीरोटी अब के हुन्छ भन्ने चिन्ता प्रकट गरिरहेका थिए ।

परिसरमै भेटिएकी कम्पनीकी महाप्रबन्धक संगीता यादवले गहभरि आँसु पार्दै भनिन्, ‘मसँग बोल्ने शब्द नै छैन । तपाईं-हामीले वर्षौंको अथक परिश्रमले बनाएको कम्पनी निमेषमै खण्डहर भयो ।’

शुक्रबार तीनकुनेमा राजावादीको आन्दोलन थियो । आन्दोलनले हिसांत्मक रुप लिएपछि जडिबुटी कम्पनी पनि अछुतो रहेन । दिउँसो करिब ३ बजे जडिबुटी चोकमा प्रदर्शनकारीको नाराबाजी सुरु भयो । मूल सडकमा जोडिएको जडिबुटी उत्पादन कम्पनीका कर्मचारी सातै प्रदेशमा शाखा विस्तार गर्ने योजनाबारे छलफल गर्दै थिए । केहीबेरमा सयौंको भीडबाट निस्किएर केही प्रर्दशनकारीले सिसा भएको भवनमा अन्धाधुन्ध ढुंगा हान्न थाले ।

कर्मचारी ज्यान जोगाउन कुनाको कोठामा जम्मा भए । भिड रोकिएन । २७ वर्षदेखि सवारी चालकको जिम्मेवारीमा रहेका हरिप्रसाद चौलागाईंका अनुसार ५-६ जनाको समूह गेटमा लगाएको चाबी फुटाएर ढुंगामुढा गर्दै भित्र पस्यो । अनि, एक-एक गर्दै गाडीमा आगो लगाउन थाले ।

भिड आक्रोशित हुँदै भवनमा आगो लगाउने तयारी गर्न थाल्यो । कर्मचारी पछाडिको झ्यालबाट भाग्न थाले ।

कम्पनीकी महाप्रबन्धक संगीता यादवले कहालिलाग्दो घटना सुनाइन्- सयौंको भिड अपशब्द बोल्दै भवनतिर प्रवेश गर्यो । हामीले झ्यालबाट हाम फालेर ज्यान जोगायौं ।’

‘सयौंको भिड भवनतिर आउन थालेपछि हामी झ्यालबाट हाम फालेर निस्कियौं,’ कहालिलाग्दो क्षणको वर्णन गर्दै महाप्रबन्धक यादवले भनिन्, ‘तर भिडले अपशब्द बोल्दै लखेट्न थाल्यो । भागेर ज्यान जोगायौं ।’

हेर्दाहेर्दै कम्पनीमा भएका सबै गाडी जले, भवनमा आगो दन्किन थाल्यो । केही घन्टापछि मात्रै प्रहरी घटनास्थलमा आइपुग्यो । र, घन्टौंको प्रयासपछि दमकलको सहायताले आगो निभायो ।

‘एक जना सेवाग्राहीको टाउकोमा चोट लाग्यो । आँखै अगाडि अफिसमा दनदनी आगो बल्दा मुटु पोलेर आयो,’ महाप्रबन्धक यादवले भनिन्, ‘आफ्नै खुट्टामा उभिएको एक सरकारी संस्था खरानी बन्यो ।’

महाप्रबन्धक यादवका अनुसार के-कति क्षति भयो भन्ने अभिलेखीकरण भइरहेको छ । बल्ल-तल्ल काचुँली फेर्न लागेको सरकारी संस्था राजा चाहियो भनेर गरिएको आन्दोलनले नराम्रोसँग थला परेको छ ।

‘कम्पनीमा केही बाँकी छैन । २०३८ सालमा बनेको बलियो भवन यस्तो अवस्थामा पुग्यो,’ यादव भन्छिन्, ‘हजारभन्दा बढी श्रमिकको रोजीरोटी खोसिएको छ । योभन्दा ठूलो अपराध अरु के हुनसक्छ ।’

काचुँली फेर्दै थियो कम्पनी

सरकारी स्वामित्वमा रहेको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी २०३८ सालमा स्थापना भएको हो । स्थापना भएको १८ वर्षपछि २०५६ सालदेखि सञ्चो उत्पादन भइरहेको छ । सञ्चो जस्तै प्रोडक्ट उत्पादन गर्ने निजी कम्पनी पनि छन् । तर जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीसँग प्रतिस्पर्धा गर्न सकेका छैनन् ।

कम्पनीले अहिले सञ्चो, सञ्चो बाम (भिक्स), सञ्चो शिलाजित, हिमालय मसाज तेल, बाम तेल, सञ्चो जटा केश तेल, सञ्चो पेन रिलिफ आयल उत्पादन गर्दै आएको छ । तीमध्ये सञ्चो जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी टिकाउने प्रमुख उत्पादन हो ।

२०८१ सालदेखि आधुनिक स्वचालित प्रविधिमा सञ्चोको उत्पादन हुन थालेको छ। कम्पनीले गुड म्यान्युफ्याक्चरिङ प्राक्टिस (जीएमपी) मापदण्डको लाइसेन्स प्राप्त गरिसकेको छ ।

अहिले नयाँ प्याकमा ५ र १० मिलिलिटर आएसँगै सञ्चोको आकर्षण झन् बढ्दै गएको छ । ‘देशभर शाखा विस्तार गर्ने र नयाँ प्रोडक्ट निकालिरहेका थियौं । सञ्चोको उत्पादनलाई मेसिनबाट प्याकिङ गरेर बजारमा पठाइरहेका थियौं,’ यादव भन्छिन्, ‘ विश्वस्तरमै सबै पोडक्ट निर्यात गर्ने अवस्था पुगेका थियौं ।’

महाप्रबन्धक यादवका अनुसार प्याकिङ गरेर राखिएको सञ्चोको हजारभन्दा प्याकेट, सञ्चो प्याकिङ गर्ने मेसिन, तयारी बनाउन राखिएका सामग्री सबै नष्ट भएका छन् ।

‘केही महिना अगाडि करोडौं लगाएर जोडिएको मेसिन पूरै ध्वस्त भएको छ । अब यही स्तरमा पुर्याउन धेरै कठिन छ,’ उनी भन्छिन् ।

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कम्पनी ऐनअन्तर्गत चलेको कम्पनी हो । यो आफैँ कमाउने, आफैँ सञ्चालन हुने संस्था हो ।

‘प्रोडक्ट बेचेर आएको पैसाले हजारौं श्रमिकको परिवार पालिएको छ,’ यादव भन्छिन्, ‘अब हजारौं श्रमिकको बिचल्ली हुने भयो ।’

कम्पनीमा केही स्याथी, केही मासिक करार र केही ज्यालादारी कर्मचारी छन् । कम्पनीमा ४ सयभन्दा बढी कर्मचारी मासिक करारमा काम गरिरहेका छन् । कम्पनीमा ७० प्रतिशतभन्दा बढी महिला कर्मचारी कार्यरत छन् ।

‘यहीँ काम गरेर छोराछोरी पढाउनेदेखि घरखर्च चलाएको थिएँ । भोलिबाट के खाएर बाँच्नु, ‘परिसरमा भेटिएकी गोपिनी दंगालले पीडा पोखिन्, ‘उत्पादन बेचेर तलब खाने गरेका थियौं । सरकारले सहुलियत दिएर यो संस्थालाई पुन: जीवित बनाओस् ।’

महाप्रबन्धक यादवका अनुसार जडीबुटी उत्पादन कम्पनीको सञ्चो विदेशी उपभोक्ताले पनि अत्यधिक रुचाउने गरेका छन् । ‘सञ्चो तेल’ विगत १५ वर्षदेखि स्विडेनमा निर्यात हुँदै आइरहेको छ । सञ्चो तेल प्रत्येक वर्ष सरदर ५० केजी विदेश निर्यात भइरहेको यादवले बताइन् ।

‘हामीले उत्पादन मात्रै होइन, मूल्य सञ्चितको काम पनि गरिरहेका छौं,’ उनी भन्छिन्, ‘सञ्चो उत्पादन गरेर बजारमा नपठाउने हो भने विदेशी प्रोडक्टको मनोमानी सुरु हुन्छ ।’

जडिबुटी कम्पनीले स्थानीय स्तरसम्म पुगेर रोजगारी दिँदै आएको छ । सञ्चो उत्पादनका लागि आवश्यक कच्चा पदार्थ जडिबुटीको खेती कम्पनीको आफ्नै जग्गामा हुने गरेको छ ।

कम्पनीसँग बाराको तामागढमा ५ सय बिघा, मोरङको बेलबारीमा ७० हेक्टर, सुनसरीको तरहरामा २५ हेक्टर र कैलालीको टीकापुरमा साढे चार बिघा जमिन छ ।

त्यति मात्रै होइन, सञ्चो उत्पादनका लागि बिउ कम्पनीले नै वितरण गर्दै आम नागरिकलाई रोजगारी दिँदै आएको छ । कम्पनीले १३ प्रकारका सुगन्धित तेलजन्य जडीबुटीको कारोबार गरिरहेको छ । जसमा ९ सयभन्दा बढी किसान जडीबुटी खेतीमा जोडिएका छन् ।

‘कम्पनीले हजारौं किसानलाई प्रत्यक्ष रोजगारी दिएको छ,’ यादव भन्छिन्, ‘यो ठूलो दुर्घटनाले किसानको रोजीरोटीमा प्रत्यक्ष असर पार्यो ।’

महाप्रबन्धक यादव विभिन्न संस्था र सरकारी निकायसँग संस्था पुन: खुट्टामा उभ्याउनका लागि हारहुगार गरिहेकी छिन् । उनी भन्छिन्, ‘यो सरकारले गर्व गर्ने संस्था हो । संस्थालाई पुन:उत्थान गर्न सरकारले पनि सोच्नुपर्छ ।’

कम्पनीमा आगजनी गर्ने व्यक्तिको फोटो/भिडियो सामाजिक सञ्जालहरुमा स्पष्ट देखिएकाले सरकारले तुरुन्तै समातेर कडा कारबाही गर्नुपर्ने उनले बताइन् ।

‘हात-खुट्टा भाँचेर कुर्सीमा राखिदिएको जस्तो भएको छ । सरकारले उठ्ने वातावरण बनाइदिनुपर्छ,’ महाप्रबन्धक यादवले सहयोगको याचना गरिन्, ‘सबैको हातेमाले भयो भने कम्पनी छिट्टै उठ्नेछ ।’

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM