२०८२ माघ ९ गते, शुक्रबार ११:०७

‘किशोरीहरूले महिनावारी कपभन्दा प्याड सहज मान्छन्’

खासगरी किशोरीहरू खुलेर कुरा गर्दैनन्, यौन स्वास्थ्यका विषयमा । त्यसैले उनीहरू आफ्नो समस्या आफैँभित्र लुकाएर बसिरहेका हुन्छन् । जब कि उनीहरूमा यस्ता अनेकन समस्या हुन्छन् । जस्तो-: महिनावरीको बेला अत्यन्तै पीडा हुने, धेरै रगत बग्ने, दुर्गन्धित योनीश्राव हुने ।

यावत् समस्याबारे हामीले डा. बालकृष्ण साहसँग कुराकानी गरेका छौँ । उनी बिगत एक दशकदेखि प्रसूति तथा स्त्रीरोग विशेषज्ञका रुपमा काम गरिरहेका छन् । डा. साहसँग अनलाइनखबरका लागि प्रतीक्षा रिजालले कुराकानी गरेकी छिन्।

हामी किशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्यबारे कुरा गरौँ, उनीहरूमा महिनावरी अनियमिताको समस्या हुने गर्छ । यसको कारण के होला ?

महिना-महिनामा हुने भएकाले यसलाई महिनावरी भनिएको हो । महिनावरी सामान्यत २८ देखि ३२ दिनभित्र हुनुपर्छ भनिन्छ । यसमा कसैको अलि ढिलो र कसैको अलि छिटो पनि हुनसक्छ । महिनावारी नियमित रूपमा नहुनु किशोरी मात्र होइन आम महिलाको साझा समस्या हो।

महिनावारी ढिलो वा चाँडो हुनु, अत्याधिक वा कम रक्तस्राव हुनु, र कहिलेकाहीँ महिनौँसम्म नआउनु जस्ता समस्या महिलाहरूमा देखिन सक्छ । यसमा केही कारण हुनसक्छन्। जस्तो-हर्मोन असन्तुलन, तनाव, गलत जीवनशैली वा अन्य स्वास्थ्य समस्या।

सन्तुलित आहार, तनाव नियन्त्रण, नियमित व्यायाम, र समयमै चिकित्सकीय परामर्श लिने हो भने महिनावारीलाई नियमित राख्न सकिन्छ।

महिनावरीमा कस्तो रंगको रगत आउनुलाई नराम्रो मान्नुपर्ने हुन्छ ?

महिनावारीको रगतको रङले महिला स्वास्थ्यका बारेमा धेरै कुरा बताउँछ । चम्किलो रातो रगत, सामान्य र स्वस्थ महिनावारीको सङ्केत हो । खैरो वा कालो रगत पुरानो रगतको सङ्केत हो, तर यदि गन्ध आउने वा पेट दुख्ने समस्या छ भने कुनै संक्रमण सम्भावना हुनसक्छ । रगतको चोक्टा छुट्टिएर आउनुलाई नराम्रो मानिन्छ ।

यदि महिनावारीमा अस्वाभाविक परिवर्तन देखिएमा चिकित्सकसँग परामर्श गर्नु आवश्यक छ ।

महिनावारीको दुखाइ कसरी कम गर्ने ?

महिनावारीको दुखाइ (पेडियाट्रिक डिस्मेनोरिया) प्रायः महिला स्वास्थ्यको सामान्य समस्या हो, जुन धेरै महिलाहरूले अनुभव गर्छन् । महिनावारीको दुखाइ कम गर्न प्राकृतिक उपायहरू जस्तै तातो पानीको बोतल राख्नु, हल्का व्यायाम गर्नु, सन्तुलित आहार लिनु र ध्यान गर्न सकिन्छ । यी उपायहरूले मांसपेशीलाई आराम पुर्‍याउँछन् र दुखाइ कम गर्न मद्दत गर्छ ।

तर, औषधिको बारम्बार प्रयोगले समस्याहरू निम्त्याउन सक्छ । सामान्य अवस्थामा औषधिको उपयोग गर्दा समस्या नदेखिए पनि लामो समयसम्म औषधि प्रयोग गर्दा शरीरमा निर्भरता पनि उत्पन्न हुन सक्छ । त्यसैले, दुखाइ भएमा चिकित्सकको सल्लाह लिनु महत्त्वपूर्ण छ ।

पछिल्लो समय महिनावारीका बेला प्याडको विकल्पमा कप लगाउने प्रचलन बढ्दो छ । यी दुईमध्ये कुन उत्तम हुन्छ ?

महिनावारी व्यवस्थापनका लागि प्याड र महिनावारी कप दुवै सुरक्षित विकल्प भए पनि, कुन प्रयोग गर्ने भन्ने निर्णय महिलाको सहजतामा निर्भर गर्छ । टिनएजरहरूमाझ प्याडको प्रयोग सहज हुने हुँदा धेरैजसोले यही प्रयोग गर्छन्, भने वयस्क महिलाहरू मध्ये कतिपयले महिनावारी कपलाई सुविधाजनक मान्ने गरेका छन् ।

महिनावारी कप वातावरणमैत्री छ र लामो समयसम्म प्रयोग गर्न सकिन्छ, तर यसलाई सही तरिकाले सफा गर्नुपर्छ । सुरुवाती समयमा कपको प्रयोग गर्न अप्ठ्यारो हुनसक्छ, त्यसैले जुन सामग्रीले आरामदायी महसुस गराउँछ, त्यही प्रयोग गर्नु उपयुक्त हुन्छ ।

योनीश्रावको समस्या पनि धेरैले झेलिरहेका हुन्छन् । के यो कुनै जटिल समस्या हो ?

महिलाहरूमा डिस्चार्ज (सेतो पानी आउने समस्या) पनि धेरै देखिन्छ । विशेष गरी बच्चा जन्माइसकेका महिलाहरूमा यो समस्या देखिन सक्छ, तर किशोरी वा जवान महिलामा पनि हुनसक्छ । डिस्चार्ज सामान्य प्रक्रिया हो, तर अत्याधिक मात्रामा आउनु, गन्ध आउने वा रङ परिवर्तन हुनु स्वास्थ्य समस्याको सङ्केत हुनसक्छ ।

यदि डिस्चार्ज अस्वाभाविक देखिएमा एक पटक चिकित्सकसँग परामर्श लिन आवश्यक छ। साथै, यसबाट बच्नका लागि सफा कपडा लगाउने, पसिना राम्रोसँग सोस्ने कपासका अन्डर गार्मेन्ट प्रयोग गर्ने र सरसफाईमा विशेष ध्यान दिने कुरा महत्त्वपूर्ण छ ।

अहिले गर्भनिरोधक चक्की खाने चलन पनि व्यापक छ। यसले पछि गर्भधान वा प्रजनन स्वास्थ्यमा समस्या पार्छ ?

हाल महिलाहरू आफैँ मेडिकल स्टोरबाट औषधि किन्ने र यौन सम्पर्कपछि विभिन्न गर्भ निरोधक वा आपत्कालीन गर्भनिरोधक औषधि लिने प्रवृत्ति बढेको छ ।

सम्बन्धित विज्ञसँग सल्लाह नगरी आफैँ औषधि सेवन गर्नु निकै खतरनाक हुनसक्छ । गलत औषधि सेवनले हर्मोन असन्तुलन गराउन सक्छ, महिनावारी अनियमित हुन सक्छ, वा भविष्यमा प्रजनन क्षमतामा असर पार्न सक्छ ।

गर्भनिरोधक औषधि नियमित रूपमा खानु भन्दा अन्य उपायहरू जस्तै आईयूडी, हार्मोनल इम्प्लान्ट जस्ता उपाय अपनाउनु राम्रो हो ।

कुनै समस्या देखिएमा चिकित्सकसँग परामर्श औषधिको सेवन गर्नु उचित हुनेगर्छ । आफ्नो समस्याका बारेमा खुलेर कुरा गरी समयमा नै सतर्क हुनुपर्छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM