२०८२ माघ ४ गते, आईतवार १९:३७

पोखरामा दुई दिवसीय अन्तर्राष्ट्रिय सम्मेलन सुरु

गण्डकी ।  ‘दिगो पर्यटन, नवीनता र आर्थिक विकासका लागि उच्च शिक्षाको भूमिका’ विषयक दुई दिवसीय अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि पोखरामा सुरु भएको छ ।

कालिका बहुमुखी क्याम्पस पोखराद्वारा आयोजित सम्मेलनमा नेपालसहित जापान, बेलायत, बङ्गलादेश, थाइल्याण्ड, अमेरिकालगायत देशबाट विभिन्न ३० वटा विश्वविद्यालय एवं क्याम्पसबाट एक सय ५० जनाको सहभागिता रहेको छ ।

सम्मेलनको उद्घाटन गर्दै विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा डा देवराज अधिकारीले आर्थिक विकास र दिगो पर्यटनका लागि उच्च शिक्षाको अहम् भूमिका हुने बताउनुभयो । उहाँले उच्च शिक्षाको पाठ्यक्रम व्यावसायिकता प्रवर्द्धन र  उत्पादित जनशक्तिको उपयोग हुनेखालको हुनुपर्नेमा जोड दिनुभयो । 

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डिन प्रा डा महानन्द चालिसेले देशमा अध्ययनरत विद्यार्थीमध्ये अधिकांश व्यवस्थापन विषयका भएको उल्लेख गर्दै स्वदेशमा नै उनीहरूको उपयोग हुने वातावरण तयार निर्माणको खाँचो औँल्याउनुभयो ।

कालिका बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष किरण केसीले क्याम्पसले गुणस्तरीय शिक्षामा जोड दिँदै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । 

क्याम्पस प्रमुख चिरञ्जीवी गौतमले गुणस्तर सुनिश्चित तथा प्रत्यायन(क्युएए)प्राप्त क्याम्पसद्वारा गरिएको यस किसिमको कार्यक्रम पोखराको पर्यटन र आर्थिक विकासका लागि महत्वपूर्ण अवसर भएको धारणा राख्नुभयो ।

कार्यक्रममा वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, बैभव पौडेललगायतले पाठ्यक्रम र व्यवसायबीचको तालमेल हुनु जरुरी भएको धारणा राख्नुभयो ।

ओटिएस एकेडेमी युकेको सह आयोजना एवम् विश्वविद्यालय अनुदान आयोग, व्यवस्थापन सङ्काय त्रिभुवन विश्वविद्यालय, पोखरा महानगरपालिका र केसी ग्रुपको सहयोगमा आयोजित कार्यक्रममा विभिन्न प्राध्यापक एवम् अनुसन्धाताका विषयगत प्रस्तुतिसँगै विभिन्न विषयमा समूहगत छलफल रहने आयोजकले जनाएको छ । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania
zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM