२०८२ माघ ९ गते, शुक्रबार ०९:५६

१७ वर्षपछि चेन्नईको घरेलु मैदानमा बेंगलुरुको प्रभावशाली जित

१५ चैत, काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा बेंगलुरुले चेन्नई सुपर किङ्सलाई ५० रनले हराएको हो ।

बेंगलुरुले दिएको १९७ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १४६ रन मात्र बनाउन सक्यो । रचिन रविन्द्रले सर्वाधिक ४१ रन बनाए । एमएस धोनी ३० रनमा अविजित रहे भने रविन्द्र जडेजाले २५ रन बनाए ।

बेंगलुरुका लागि जोश हेजलवूडले ३ विकेट लिँदा यश दयाल र लियाम लिभिङस्टोनले २-२ तथा भुवनेश्वर कुमारले १ विकेट लिए ।

दोस्रो ओभरमै ८ रन जोड्दा २ विकेट गुमाएपछि चेन्नई सुरुवातदेखि नै दबाबमा आएको थियो । त्यसपछि रचिनले सम्हालिने प्रयास गरेपनि अन्यबाट साथ पाउन सकेनन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बेंगलुरुले कप्तान रजत पाटिदारको अर्धशतक तथा टिम डेभिडको फिनिसिङ मद्दतमा २० ओभरमा ७ विकेट गुमाएर १९६ रन बनाएको थियो ।

पाटिदारले ३२ बलमा ४ चौका र ३ छक्कासहित ५१ रन बनाए । फिल साल्टले ३१, विराट कोहलीले ३१ तथा डेभिडले अविजित २२ रन बनाएका थिए ।

चेन्नईका नूर अहमदले ३ विकेट लिँदा मथिसा पाथिरानाले २ तथा रविचन्द्रन आश्विन र खलील अहमदले १ विकेट लिए ।

चेन्नईको घरेलु मैदानमा चेपोक अर्थात् एमए चिदाबरम रंगशालामा १८ वर्षपछि पहिलोपटक जित निकालेको हो । पछिल्लोपटक बेंगलुरुले पहिलो संस्करणमा २००८ मा चेन्नईलाई घरेलु मैदानमा हराएको थियो ।

यस जितसँगै २ खेलमा ४ अंकसहित चेन्नई अंकतालिकामा शीर्षस्थानमा उक्लिएको छ भने चेन्नई २ खेलमा २ अंकसहित सातौं स्थानमा झरेको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM