२०८२ मंसिर २१ गते, आईतवार २२:२२

दुई जनाको ज्यान जाने गरी हिंसा मच्चिँदा कहाँ चुक्यो प्रहरी ?

१६ चैत, काठमाडौं । पाँच दिनअघि गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमै सुरक्षा अधिकृतहरूले राजावादीको आन्दोलनमा घुसपैठ हुनसक्ने शंका गरेका थिए ।

एकैदिन राजावादी समूह र समाजवादी मोर्चाले गर्ने प्रदर्शनका लागि तयारी गरेपछि त्यसको सुरक्षा व्यवस्थापन गर्न मन्त्रालयले सुरक्षा समितिको बैठक डाकेको थियो ।

बैठकमा सहभागी एक अधिकारीका अनुसार, त्यसबेला समाजवादी मोर्चाको प्रदर्शन शान्तिपूर्ण हुने भए पनि राजावादी समूहको गतिविधिबारे सचेत हुनुपर्ने औंल्याइएको थियो ।

विवादस्पद पृष्ठभूमिका दुर्गा प्रसाईं जोडिएपछि आन्दोलन अराजक बन्न सक्ने आँकल थियो, परिस्थिति भड्काउन उनले कोशिश गर्ने विषय समेत छलफलमा उठेका थिए ।

पूर्वविश्लेषण र जानकारीका बाबजुद शुक्रबार राजावादी समूहको हिंसात्मक प्रदर्शनमा दुई जनाको मृत्यु र २२ जना घाइते भए ।

ज्यान गुमाउनेमा एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजक र आन्दोलनमा उपस्थित कीर्तिपुरका २९ वर्षीय सविन महर्जन छन् । रजक रिपोर्टिंगका लागि आन्दोलनकारीले ढुंगा हानेको घरमा प्रवेश गरेका थिए, उनीमाथि भएकै बेला प्रदर्शनकारीले तल आगो लगाइदिए ।

आगो नियन्त्रणमा लिनका लागि सशस्त्र प्रहरीको दमकल त्यहाँ पुगेको थियो, तर प्रदर्शनकारीले चालकलाई लक्षित गरेर ढुंगा प्रहार गरेपछि फर्कियो । त्यसबीचमा पत्रकार रजक फर्किन आउन पाएनन् र त्यहीँ जलेर उनको मृत्यु भएको प्रारम्भिक विवरण छ ।

तीनकुनेको भिडबाट निस्किएर कोटेश्वरतर्फ गएको राजावादी समूहको भिडले कोटेश्वरमा रहेको प्रहरी प्रभागमा पनि तोडफोड र आक्रमण गर्‍यो भने पारि रहेको भाटभटेनी सुपर मार्केटलाई पनि निशाना बनायो । त्यसक्रममा भाटभटेनीमा राजावादी समूहका प्रदर्शनकारीले लुटपाट समेत मच्चाए ।

भीड नियन्त्रणमा गम्भीर चुक

भाटभटेनीमा प्रदर्शनकारीको समूह प्रवेश गर्दा त्यहाँ सुरक्षाकर्मीको उपस्थिति नै थिएन ।

प्रमुख कार्यकारी अधिकृत (सीईओ) पानु पौडेलका अनुसार, प्रहरी नै नभएका बेला उग्र राजावादी समूह स्टोरमा प्रवेश गरेपछि केही बेर निजी सुरक्षागार्डले रोक्ने प्रयास गरेका थिए । यद्यपि, भिडले त्यहाँका सामानमा लुटपाट मच्चायो ।

‘प्रदर्शनकारी छिरेलगत्तै मैले प्रहरीलाई समेत फोन गरेको थिएँ, तर प्रहरी आएन’, उनले अनलाइनखबरसँग भने, ‘त्यसपछि म हिँड्दै कोटेश्वर चोकसम्म पुगेको थिएँ, त्यहाँ पुग्दा प्रहरीको चौकी नै जलिसकेको रहेछ ।’

एक सुरक्षा अधिकृतका अनुसार, प्रदर्शनकारीको भिड उग्र बन्नसक्ने पहिल्यै आशंका भएकाले त्यस्ता संवेदनशील स्थानमा प्रहरी परिचालन गर्नुपर्थ्यो । तर, त्यो हुननसक्दा भाटभटेनीमा क्षति भएको ती अधिकृत बताउँछन् ।

‘तीनकुनेमा रहेको अन्नपूर्ण पोष्ट र कान्तिपुर टिभीको कार्यालयमा प्रहरी पहिल्यै बसेको देखिन्छ, त्यसअनुसार त्यहाँ क्षति पनि कम भयो’, उनी थप्छन्, ‘तर, अन्यत्रको चुनौति मूल्यांकन गर्न कमजोरी देखियो ।’

राजावादी समूहलाई तीनकुनेको चौरमा प्रदर्शन गर्ने स्थान तोकिएको थियो । भक्तपुर र चाबहिलतर्फ आएकालाई समेत तिनकुनेमा राखेर सभा गर्ने गरी प्रशासनले राजावादी समूहसँग तय गरेको थियो ।

‘तीनकुनेमा कार्यक्रम तोकेको अवस्थामा निषेधित क्षेत्र तोडेर रिङरोड भित्र आउने बित्तिकै प्रदर्शनकारीलाई नियन्त्रणमा लिनुपर्थ्यो, त्यो हुन सकेन’, भिड नियन्त्रणमा लामो अनुभव भएका सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) माधव थापा भन्छन्, ‘म पनि प्रदर्शनस्थलमा पुगेको थिएँ, त्यसक्रममा प्रहरीले अति नै संयम देखाएको देखियो, जुन कमजोरी थियो ।’

निषेधित क्षेत्र घोषणा गरिसकेपछि त्यो क्षेत्रमा जानै दिन नहुने उनी बताउँछन् । तर, कतिपय प्रहरी अधिकृतहरू भने सुरुमै दमन गर्दा राम्रो सन्देश नजाने भएकाले त्यसो गरिएको बताउँछन् ।

प्रहरीले अश्रु ग्यास हान्न थालेपछि आन्दोलनमा ‘जनकमाण्डर’ तोकिएका दुर्गा प्रसाईंबाट गम्भीर घटना भयो, भलै त्यसक्रममा अप्रिय घटना हुन पाएन ।

प्रहरीलाई भिडलाई तितरवितर पारेका बेला प्रसाईं आफैं आफैं स्कर्पियो हुइँक्याउँदै प्रहरीको घेरा तोड्न अघि बढेका थिए । तीनकुनेमा मुख्य प्रदर्शन भएको स्थानबाट आफैं गाडी कुदाउँदै प्रहरीलाई ठेल्दै अघि बढेका थिए । त्यसक्रममा उनको गाडीभित्र बसेका कसैले भिडियो समेत खिचेको देखिन्छ ।

सुरुमा प्रहरी अधिकारीले उनको गाडीको चाबी खोस्न खोज्छन्, तर प्रसाई प्रतिकार गर्दै अघि बढ्छन् । प्रहरी प्रवक्ता डीआईजी आचार्य त्यसबेला प्रसाईंले प्रहरीलाई नै किच्न खोजेको बताउँछन् । ‘प्रहरीले संयमता अपनाउन भनेको थियो, तर उनी उत्तेजित हुँदै अघि बढे’, उनी भन्छन् ।

२०६२/६३ को आन्दोलनका बेला समेत फिल्डमा कमाण्ड गरेका पूर्वडीआईजी थापा भने प्रहरीले प्रसाईंलाई त्यसरी छाड्नै दिन नहुने बताउँछन् । ‘पुलिसको भिडमा त्यसरी गाडीलाई पेलेर ल्याउन दिनै हुने थिएन, त्यो फिल्डमा खटिएको कमाण्डरको गल्ती हो’, उनी भन्छन्, ‘त्यो गतिविधि भएपछि प्रहरीले चाहे गोली चलाउनु परास्, त्यसमा पछि हट्नु हुँदैन ।’

तर, प्रहरीले प्रसाईंलाई अघि बढ्न दिएपछि प्रदर्शनकारीको मनोबल बढेको अधिकृतहरू बताउँछन् । जिल्ला प्रहरी कार्यालय, काठमाडौंका एक अधिकृत भने त्यसबेला प्रहरीको संख्या समेत कम भइसकेकाले रोक्न नसकिएको टिप्पणी गर्छन् ।

‘एकातिर प्रहरी पहिल्यै पनि गणतन्त्रवादी र राजावादीको आन्दोलन गरेर दुई तिर बाँडिएको थियो’, ती अधिकृतले भने, ‘अर्कातिर कोटेश्वरतिर पनि परिचालित हुनुपर्‍यो, त्यसक्रममा प्रहरी संख्यात्मक हिसाबले पनि कमजोर भएको थियो ।’

पूर्वडीआईजी थापा चाहिँ प्रदर्शनकारीले भिड अगाडि बढाउने वित्तिकै लाठी चार्ज गर्न थाल्नु पर्नेमा त्यो नभएको बताउँछन् । ‘पछि अश्रुग्याँस प्रहार त भयो, तर पहिल्यै लाठी चार्ज गुर्नपथ्र्यो’, उनी थप्छन्, ‘नागरिकको घरमा तोडफोड गरिरहेका बेला प्रहरीको त्यहाँ उपस्थिति नै भएन ।’

तीनकुनेबाट विमानस्थल जाने बाटोतर्फ आगजनी गरेको घरमा मानिस अड्किएको सूचना त्यहाँ खटिएका प्रहरीले समेत पाएका थिए । तर, प्रहरीले केही गर्न सकेन । बरु प्रहरीकै हतियार प्रदर्शनकारीले खोसिदिए । त्यस्तोमा उनीहरू थप उग्र भएका थिए ।

राजावादी समूहको उद्देश्य नै प्रहरीसँग भिड्ने र अशान्ति मच्चाउने रहेको देखियो – टेकबहादुर तामाङ, उपत्यका प्रहरी प्रमुख

आगजनी भएको घरभित्रै पत्रकार सुरेश रजकको मृत्यु भयो । प्रहरी अधिकृतहरूका अनुसार, आगजनी भएलगत्तै दमकल पुग्नुपर्नेमा ढिलाइ भयो । प्रत्यक्षदर्शीहरूका अनुसार, आगो लाग्न थालेको झण्डै २० मिनेटपछि मात्र दमकल पुगेको थियो । यद्यपि, प्रदर्शनकारीले दमकलमा चालकलाई नै लक्षित गरेर ढुंगा हाने, त्यसबेला ‘ब्याकअप’मा प्रहरीको उपस्थिति नै कमजोर थियो ।

म्याद सकिएको अश्रु ग्यास, घातक हतियारको प्रयोग

भिड नियन्त्रणमा खटिने प्रहरीलाई गैरघातक हतियार दिन भन्दै पटकपटक आवाज उठ्ने गर्छ । तर, शुक्रबार प्रहरीले एकैपटक हवाई फायर गर्‍यो, त्यसक्रममा गोली लागेर एकजनाको मृत्यु भयो ।

‘यस्तोमा रबर बुलेट चलाउनुपर्छ भनेर धेरै पहिलेदेखि कुरा हुँदै आएका थियो, तर त्यो कार्यान्वयनमा आएको छैन’, नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी भन्छन्, ‘यस्तोमा घातक हतियार प्रयोग हुँदा मानवीय क्षति भयो ।’

शुक्रबारको प्रदर्शनमा प्रहरीले १७ वर्ष पहिले म्याद सकिएको अश्रु ग्यास हानेको समेत फेला परेको छ । घटनास्थलमा भेटिएको सन् २००८ मै म्याद गुज्रिसकिएको .३८ एमएमको अश्रु ग्यास फेला परेको छ । प्रदर्शनस्थलमा भेटिएका रवि श्रेष्ठले म्याद गुज्रिएको अश्रु ग्यास हानेर प्रहरीले नागरिकको स्वास्थ्यमाथि नै खेलवाड गरेको बताए ।

प्रहरी अधिकृतहरू भने लामो समयदेखि नयाँ हतियार खरिद नभएको भन्दै पुरानोले नै काम चलाउनुपर्ने स्थिति रहेको बताउँछन् ।

म्याद सकिएको अश्रु ग्यास । तस्वीरः अनलाइनखबर

पूर्वडीआईजी मल्ल भने प्रहरी अधिकृतहरूले प्रसाईंको संलग्नता भएकाले यो परिस्थिति आउनसक्छ भन्ने हिसाबले तयारी गर्नुपर्नेमा त्यो हुननसकेको उनी बताउँछन् । मल्ल थप्छन्, ‘सरकारले यसलाई त्यति धेरै संवेदनशील रुपमा लिएको जस्तो देखिँदैन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार एक कार्यक्रममा बोल्दै शुक्रबार के–के न हुने भनेर त्रास फैलाइएको भन्दै भनेका थिए, ‘१०/१५ हजारका जुलुस सधैँ निस्किन्छन्, भोलि पनि हुने त्यही हो ।’

शुक्रबारको घटनापछि बालुवाटार पुगेका सुरक्षा निकायका प्रमुखहरूले समेत राप्रपा समेत संलग्न भएकाले स्थिति यो तहमा जाला भन्ने कल्पना नगरिएको बताएका छन् । ‘दुर्गा प्रसाईं मात्र भए अर्कै कुरा थियो, तर राप्रपाका शीर्ष नेताहरू नै प्रदर्शनमा गएकाले यो तहमा होला भन्ने थिएन’, एक अधिकारीले बताए ।

उपत्यका प्रहरी प्रमुख एआईजी टेकबहादुर तामाङले भने राजवादी समूह शान्तिपूर्ण कार्यक्रम गर्ने उद्देश्यले नै आएको जस्तो नदेखिएको टिप्पणी गरे । ‘यदी उहाँहरूले साँच्चै शान्तिपूर्ण कार्यक्रम गर्न चाहनु भएको थियो भने तीनकुनेको सभा छाडेर निषेधित क्षेत्रतिर आउनु हुने थिएन’, उनले शुक्रबार राति अनलाइनखबरसँग भने, ‘उहाँहरूको उद्देश्य नै प्रहरीसँग भिड्ने र अशान्ति मच्चाउने थियो ।’

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM