२०८२ माघ ४ गते, आईतवार २०:४२

७९ वर्षका कर्म बुवा जसले १२ कक्षासम्म पढाएर परिवारको जिम्मा लगाए

नवलपरासी, पश्चिम्  । समाजमा अझै पनि मानवता हराएको छैन भन्ने दरिलो उदाहरण बन्नुभएको छ बर्दघाटका दल बहादुर गुरुङ । जसले अर्काकी ५ बर्षकी छोरीको १९ वर्षसम्म आफ्नै घरमा राखेर पूर्ण रुपमा अभिभावकत्व ग्रहण गर्नुभयो। उहाँले आफ्नै छोरी सरह आफूसँगै राखेर पालनपोषण गर्नुभयो ,शिक्षा दीक्षा दिनुभयो ।

बर्दघाट नगरपालिका वडा नम्बर ८ बस्ने गुरुङले बर्दघाट नगरपालिका वडा नम्बर ४ बस्ने अपसना कुमाललाई हुर्काएर १९ वर्षको बनाउनुभयो । उहाँले अहिले उपासनालाई वडा प्रतिनिधि र सामाजिक अगुवाहरूको उपस्थितिमा परिवारको जिम्मा लगाउनुभएको छ ।

अत्यन्तै विपन्न परिवार हातमुख जोड्नै कठिन ५ वर्षको उमेर उपासना सडक बालबालिका झैँ भौँतारिरहेका अवस्थामा गुरुङले उनलाई पालनपोषणको जिम्मा लिएर  आफ्नो घर लैजानुभएको थियो । “२०६५ साल तिरको कुरा हो एउटा बालिका सडक पेटीमा अरूले कुहिएर फालेको फलफूल ,खानेकुरा खाएर केवल बाच्नका लागि बाचिरहेको, ५ वर्षको उमेरमै पेट भर्न भोगेको पिडा यो सबै देखेर मेरो मन भरियो अनि मैले केही व्यक्तिहरूको रोहबरमा ती नानीलाई ल्याएर पालनपोषण गरे”, विगतलाई सम्झँदै गुरुङ भन्नुभयो ।

जिङ्ग्रिङ्ग कपाल, मैलो च्यातिएको कपडा अभिभावकको काखमा रमाउने उमेरकी कलिली बालिका बाच्नकै लागि अरूले फालेका खानेकुरा खादै हिँडेको त्यो दृश्यले आफ्नो हृदय गाँठो परेर आयो र ती बालिकाको जीवनको सहारा बन्ने आफूले निधो गरेको गुरुङले सुनाउनुभयो । 

“सानैमा उपासनाका बुवा बिते, आम (माया कुमाल) बोल्न नसक्नेछ्न् । उनलाई सबैले लाटिमाया भनेर चिन्छन् । उनको एक जना दाइ छन् उनले भारतमा मजदुरी गर्दै आएका छन् ।”, उहाँले भन्नुभयो, “यो नानीलाई त घर ल्याएर कपाल कोरिदिँदा भुईँभरि जुम्रा झरेर कुचोले बढारियो अनि मट्टितेल हालेर मारेको त्यस्तो अवस्था थियो”

५ वर्षको उमेरमा लगेर उपासनालाई नर्सरीमा भर्ना गरिदिनुभएका गुरुङले अहिले उनलाई कक्षा १२ सम्म अध्ययन गराइदिनुभएको छ । आफ्नै छोरी सरह स्वास्थ्योपचारदेखि अभिभावकले निर्वाह गर्ने सबै भूमिका उहाँले निर्वाह गर्नुभएको छ । अब आफू पनि वृद्ध भएकाले उनलाई परिवारको जिम्मा लगाएको गुरुङले बताउनुभयो । “दुख त लागेको छ नि छोरी जस्तै पालेको अब उसको भविष्य पनि सोच्नुपर्ने छ हामीलाई हेरेर बसेर नि भएन,अब आफ्नो खुट्टामा उभिन सक्ने भएकी छ, मैले गर्ने कर्तव्य गरेँ, म बाचुन्जेल अझै पनि सक्ने गर्छु”, गुरुङले भन्नुभयो । अब नगरपालिका वा कुनै संघ संस्थाले उसलाई जागिर दिए हुन्थ्यो भन्ने आफ्नो इच्छा रहेको उहाँले सुनाउनुभयो । गुरुङ अहिले आफै ७९ वर्षको हुनुभयो तर उहाँलाई अझै पनि आफ्नो उमेरको भन्दा उही छोरीको चिन्ता छ ।

बाबु (स्व.गोरे कुमाल)को ममता भोग्न  र बुझ्न नपाएकी उपासनालाई अहिले बुवालाई छोड्नु पर्दा निकै पीडा भएको छ । उनी अझै पनि दिनमा एक÷ दुई पटक सोही घरमा पुग्ने गरेकी छन् । “मैले परिवारको जिम्मा लगाए यो त बेलुका यही घरै पो आएछ”, उनका कर्म बुवा गुरुङले भावुक मुद्रामा भन्नुभयो ।

आफू आफ्नो खुट्टामा उभिएपछि ती बुवा आमाको पनि रेखदेख गर्ने उपासना बताउँछिन्। “यत्रो बर्ष बुवाले मलाई लगेर पाल्नु भयो पढाउनुभयो, छोड्न त मन छैन मन त दुखेको छ तर पनि मैले केही गर्नुपर्छ उहाँहरूको लागि पनि, यो मेरो कर्तव्य”, उहाँले भन्नुभयो ।

बर्दघाट नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बेदविना तिवारीले वडामा यस्तो पुण्यको काम गर्न पाउँदा मन प्रफुल्लित भएको बताउनुभयो । अहिलेको समाजमा मानवताको खडेरी र व्यक्तिवादी चिन्तन हाबी भएको बेलामा यस्तो मानवताको काम उदाहरणीय भएको र समाजमा आफ्ना लागि मात्रै होइन अरूका लागि पनि बाच्नुपर्छ भन्ने असल उदाहरण भएको वडा अध्यक्ष तिवारीले बताउनुभयो । उहाँको आगामी भविष्यका लागि सहयोग गर्न समेत सहयोगी मनहरूलाई अध्यक्ष तिवारीले आग्रह गर्नुभयो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM