२०८३ जेष्ठ ७ गते, बिहीबार १५:०३

प्रहरी नायव निरीक्षक खड्का ३० हजार घुस रकमसहित रंगेहात पक्राउ




रुपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको दुर्गौलिया चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक खिमबहादुर खड्कालाई घुस लिने क्रममा पक्राउ गरेको छ ।

अख्तियारले रुपन्देही प्रहरी चौकी दुर्गौलियाका इन्चार्ज प्रहरी नायव निरीक्षक खड्कालाई भन्सार छलीमा चोरी तस्करीका सामान सहजीकरण गर्ने क्रममा नगद ३० हजार रुपैयाँ लिने क्रममा रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रमुख बिनिता भट्टराईले जानकारी दिनुभयो । 

यस विषयमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM