२०८२ मंसिर २१ गते, आईतवार २२:४७

बिहीबारदेखि ‘एडभान्स फन्सनल मटेरियल्स’ सम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन हुने

काठमाडौँ । नेपालमा ‘एडभान्स फन्सनल मटेरियल्स’ सम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन हुने भएको छ । 

नेपाल मटेरियल्स साइन्स सोसाइटीको आयोजनामा बिहीबारदेखि तीन दिनसम्म सञ्चालन हुनेगरी ललितपुरमा आयोजना सम्मेलन गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।  

सम्मेलनमा नेपालसहित जापान, अमेरिका, भारत, चीन, स्वीजरल्याण्ड, अस्ट्रेलियालगायत एक दर्जनभन्दा बढी देशका करिब एक सय ५० वैज्ञानिक तथा अनुसन्धानकर्ताहरू सहभागी हुने अमृत साइन्स क्याम्पसका उपप्राध्यापक एवं आयोजक संस्थाका सदस्य डा देवलप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

सम्मेलनका क्रममा विभिन्न छ वटा विधामा आधारित रहेर एक सय १४ जना वैज्ञानिकले प्रस्तुती दिने उहाँले बताउनुभयो । सम्मेलनको विषय क्षेत्रमा अध्ययन अनुसन्धान गरिरहेका विज्ञ वैज्ञानिक र नयाँ पुस्ताका वैज्ञानिकहरूबीच सहकार्यलाई स्थापित र सुदृढ गर्नु आफूहरूको मुख्य उद्देश्य रहेको डा भट्टराईको भनाइ छ । सम्मेलनमा क्वान्टम मेकानिक्स,  ऊर्जा भण्डारण तथा रूपान्तरण, हाइड्रोजन उत्पादन, जलवायु परिवर्तनजस्ता विषयहरूमा प्रस्तुती, मुख्य वक्तव्य र छलफल हुने आयोजकले जनाएको छ ।  

अनुसन्धाता प्रा डा लोककुमार श्रेष्ठले सम्मेलनमा नेपालमा अध्ययन, अनुसन्धान गरिरहेका अनुसन्धानकर्मीहरूले अन्तरराष्ट्रियस्तरको अनुसन्धानको अनुभव आफ्नै देशमा हासिल गर्न पाउने र आफ्ना वैज्ञानिक प्रस्तुतिसमेत विज्ञहरू समक्ष पेस गर्न पाउने बताउनुभयो । 

उहाँले पदार्थ विज्ञानका क्षेत्रमा विश्वले हासिल गरेका उपलब्धि, पछिल्लो विश्वको अनुसन्धानको गति र दिशा, तिनको विश्वव्यापी प्रभावका बारेमा बृहत् छलफल हुने र त्यसबाट नेपालका युवा वैज्ञानिक र विद्यार्थीहरू लाभान्वित हुने बताउनुभयो । 

“हामीले यसअघि पहिलो सम्मेलन सफलतापूर्वक सम्पन्न गरिसकेका छौँ । त्यसको अनुभव र सिकाइका आधारमा दोस्रो सम्मेलनलाई अझै प्रभावकारी र थप उपयोगी बनाउने गरी तयारी गरेका छौँ । पदार्थ विज्ञानका क्षेत्रमा विश्वव्यापी रूपमा भइरहेका अभ्यास, अवसर र चुनौतीका विषयमा प्रख्यात वैज्ञानिकहरूबीच छलफल हुनेछ र त्यसले एउटा निष्कर्ष निकाल्ने छ”, प्राडा श्रेष्ठले भन्नुभयो, “यसले नेपाली युवा वैज्ञानिक र अनुसन्धाताहरूलाई आफ्ना अनुभव र अनुसन्धानबारे वैज्ञानिक अनुसन्धान प्रस्तुत गर्ने र विज्ञ वैज्ञानिकका कुरा सुनेर लाभ लिनुका साथै बाँकी विश्वसँग सम्पर्क विस्तार गरी थप प्रगति हासिल गर्न यो सफल सिद्ध हुनेछ । अघिल्लो सम्मेलनले त्यो ढोका खोली सकेको छ ।”

पत्रकार सम्मेलनमा आयोजक संस्थाका सदस्य डा प्रकाशचन्द्र लोहनीले नेपालका विश्वविद्यालयहरूले वैज्ञानिक अनुसन्धानका क्षेत्रमा अनुभवी वैज्ञानिक र नयाँ पुस्ताबीच ज्ञान आदानप्रदानका लागि पनि यस्ता सम्मेलन गर्न आवश्यक रहेको महसुस गरी विभिन्न संस्थाहरूको सहकार्यमा यसको सुरूआत गरिएको बताउनुभयो । उहाँले त्रिभुवन विश्वविद्यालयजस्ता पुराना शैक्षिक संस्थाले आफ्नो क्यालेन्डरमा राखेरै यस्ता सम्मेलन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

डा लोहनीले बिहीबारदेखि सुरु हुने सम्मेलन नेपालमा स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहमा अध्ययन गरिरहेका विद्यार्थीहरूलाई अनुसन्धान क्षेत्रमा लाग्न हौसला प्रदान गर्न उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । 

सम्मेलनमा नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, सुदूरपश्चिम विश्वविद्यालय, जापानको नेशनल इन्टिच्युट अफ मटेरियल साइन्सेज (निम्स), डब्लुपिआइ, माना, अमृत साइन्स क्याम्पस र पुल्चोक क्याम्पस सह आयोजक रहेका छन् । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM