२०८२ मंसिर २० गते, शनिबार १८:४७

बेनी–जोमसोम सडकका बेलिब्रिज जोखिममा




म्याग्दी । क्षमताभन्दा बढी तौलका मालवाहक सवारीसाधन गुडाउँदा बेनी–जोमसोम–कोरला सडकका बेलिब्रिज जोखिममा परेका छन् । 

बढी तौलका सवारीसाधन गुडाउँदा बेलिब्रिज जीर्ण बन्नुका साथै दुर्घटनाको जोखिम बढेको हो । 

बेलिब्रिजमा क्षति हुँदा अन्तरदेशीय व्यापारिक कोरलानाका जोड्ने सडकमा यातायात ठप्प हुन्छ । बेनी–जोमसोम खण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ खोला, वडा नं ३ दानाको रुप्सेखोला, बेनी र पर्वतको बगरफाँटको सिमाना कालीगण्डकी, मुस्ताङको कोवाङ, बोक्सी र टुकुचेको थापा खोलामा बेलिब्रिज छन् । ती बेलिब्रिजको भारबहन क्षमता अधिकतम १८ मेट्रिकटन हो । 

एक पटकमा एउटा मात्र सवारीसाधन तार्न मिल्ने बताउँदै निर्माण र खाद्य सामग्री बोकेका १८ मेट्रिकटनभन्दा बढी तौल भएका ट्रक, टिपर, लरी, टेलर बेलिब्रिजबाट तारिँदा भाँचिने र भत्किने जोखिम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजकुमार केसीले उल्लेख गर्नुभयो ।

क्षमताभन्दा बढी तौलका सवारीसाधन बेलिब्रिजबाट गुडाउँदा दुर्घटनाको जोखिम बढेकाले निगरानी थालिएको उहाँले जानकारी दिनुभयो । “भार थाम्न नसकेर बेलिब्रिज भाँचिने र भत्किने जोखिम बढेपछि केही दिनदेखि म्याग्दीबाट मुस्ताङ जाने सवारीसाधनलाई पोखरेबगर र मुस्ताङबाट बेनीतर्फ आउने बेलिब्रिजको क्षमताभन्दा बढी तौलका सवारीसाधनलाई जोमसोम रोक्न थालेका छौँ”, उहाँले भन्नुभयो, “बढी तौलका सामान झारेर हलुका बनाउँदै र पालो गरी तार्ने गरिरहेका छौँ ।”

स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम–कोरला सडकका पक्की पुल निर्माण नभएका ठाउँमा अस्थायी रूपमा सवारीसाधन आवतजावतका लागि बेलिब्रिज जडान गरिएको छ । बेनी–जोमसोम–कोरला आयोजनाले बेलिब्रिजहरूमा क्षमताभन्दा बढी तौलका सवारीसाधन सञ्चालन नगर्न आवश्यक जानकारीसहित सूचना बोर्ड राखिएको जनाएको छ ।रासस

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM