Monday, March 31, 2025
घरसमाचारमुखिया, वैद्य र जोशीलाई वाशु शशि सम्मान

मुखिया, वैद्य र जोशीलाई वाशु शशि सम्मान

१३ चैत, काठमाडौं । नाटककार मनबहादुर मुखिया, कवि विमल वैद्य र सन्ध्या पहाडीलाई वाशु शशि साहित्य सम्मान ०८१ बाट सम्मानित गरिएको छ । काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा गीतकार यादव खरेलले मुखिया, वैद्य र पहाडीलाई सम्मान गरेका हुन् ।

मुखियाका अनि देउराली रुन्छ, फेरि इतिहास दोहोरिन्छ जस्ता चार कृति प्रकाशित छन् । वैद्यका आकाश छुन खोज्ने मनहरु, समय र सपनाहरु, अक्षर सिम्फोनी, युगको तटमा उभिएर कृति प्रकाशित छन् । पहाडीका मृगतृष्णा, घामका अक्षर कृति प्रकाशित छन् ।

सम्मानित मुखियाले स्वर्गीय कवि वाशु शशिसँगका आफ्ना रोचक संस्मरणहरु साझा गरे । उनले नेपाली कवितामा शशिले पु¥याएको योगदानको चर्चा गर्दै नयाँ पुस्तासँग त्यस्तै राम्रा रचनाको अपेक्षा पनि गरे ।

कवि विमल वैद्यले वाशु शशिजस्तो नेपाली साहित्यको अग्लो प्रतिभाको नाममा राखिएको सम्मानबाट आफू सम्मानित हुन पाएकामा गर्वबोध गरे । उनले आफ्नो लेखनलाई यही सम्मानको अनि पाठकीय मूल्यांकनको प्रेरणामा अघि बढाइराख्ने बताए ।

कवि पहाडीले आफूलाई प्राप्त कृष्ण सरस्वती साहित्य पुरस्कारका लागि आयोजकलाई धन्यवाद दिइन् । उनले आफू अझै साहित्य क्षेत्रमा क्रियाशील भइराख्ने वचन दिइन् ।

कार्यक्रममा कवि वाशु शशिको सम्मानमा वक्ताहरु हिरण्यकुमारी पाठक, प्रकाश सायमी, राधेश्याम लेकालीलगायत वरिष्ठ लेखकका भनाई राखिएको थियो । लेखक गायक गणेश रसिकको स्वास्थ्यलाभको कामना गर्दै मनबहादुर मुखियाले अझै राम्रा साहित्य र संगीत आउने दिनमा सुन्न पाइने आशा गरे ।

१९९३ सालमा काठमाडौंमा जन्मेका वाशु शशिका ९ कविता संग्रह, ६ नाटक, २ उपन्यास, ६ अनुवाद, १० फिल्म÷टेलिफिल्म प्रकाशित छन् । उनले नेवारी भाषमा दुई नाटक पनि रचना गरेका छन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -