२०८२ माघ ९ गते, शुक्रबार १०:२०

२३ औ तिलोत्तमा गोल्ड कप : सेमिफाइनल समीकरण पुरा

रुपन्देही । रुपन्देही जारी २३ औ तिलोत्तमा गोल्डकप प्रतियोगितामा मच्छिन्द्र एफसी अन्तिम चारमा स्थान बनाएको छ ।

बुटवल उपमहानगरपालिकाको संरक्षक तथा यशोदा फुड्स प्रालि र त्रिमूर्ति ईण्डस्ट्रिज प्रालिको मुख्य प्रायोजक, प्रदेश खेलकुद परिषद् लुम्बिनी मुख्य सहयोगमा सोमबार भएको खेलमा अडोर्न गडवा स्पोर्टिङ क्लब भारतलाई १–० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा स्थान बनाएको हो ।

मच्छिन्द्र एफसीले दोस्रो सेमिफाइनलमा चर्च ब्याईज युनाईटेडसंग बिहीबार खेल्ने छ । पहिलो सेमिफाइनल खेलमा विभागीय सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सङ्कटा क्लबका बिचमा बुधबार खेल हुने छ ।

देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको रोमाञ्चक खेलमा मच्छिन्द्रको जितमा राजीव लोक्चन एकमात्र गोले गरे। अडोर्नका विष्णु क्षेत्रीले वन भर्सेज वनमा मच्छिन्द्रका किपर बिट हुँदा खाली पोस्टमा गोल गर्नबाट चुके । पहिलो हाफ गोलरहित बराबरी खेलेको मच्छिद्रले दोस्रो हाफ आक्रामक खेल्यो । खेलको ९० औ मिनेटमा राजीव लोक्चनले विजयी गोल गरे।खेलको अतिरिक्त समयमा विमलले राम्रो अवसर गुमाए । खेलमा मच्छिन्द्रका लोक्चन प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

प्रतियोगिताको उपाधि विजेता टिमले नगद १२ लाख १२ हजार २ सय २२ रुपैयाँ, गोल्डकप, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । उपविजेता टिमले ६ लाख, ६६ हजार, ६ सय, ६६ रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीहरूलाई गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड, कोचलाई नगद ३१ हजार र कप तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाइकल उपहार तथा प्रत्येक दिनको म्यान अफ दी म्याचलाई नगद ११ हजार १ सय ११ रुपैयाँबाट पुरस्कृत गरिने छ । 

यो वर्ष आयोजक करेन्ट रुपन्देही–११ सहित सङ्कटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याईज युनाईटेड, नेपाल पुलिस क्लब, नेपाल सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा दुई विदेशी टिमहरू एडोर्न गडवाल स्पोर्टिङ क्लब, जर्जियन एफसी गरि आठ टिमको प्रतिस्पर्धा गर्ने छन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM