२०८२ मंसिर २० गते, शनिबार ००:०१

चिनियाँ टोली पोखरासहित नेपालका केही पर्यटकीय गन्तव्यको अवलोकन गर्दै चीन फर्कियो

पोखरा । पोखरा देखि चीनको सिचुवान प्रान्तको छेन्दु सिधा उडान गरि चीनका विभिन्न पर्यटकीय गन्तव्यमा पुगेको नेपाली टोली मङ्गलवार स्वदेश फर्किएको छ । 

पोखराका पर्यटन व्यवसायीहरूको छाता संस्था पोखरा पर्यटन परिषद्, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, सिचुवान एयरलाइन्स लगायतको सहकार्यमा भएको पोखरा देखि छेन्दु सिधा व्यवसायीक पहिलो चार्टर्ड उडानमा सहभागी नेपाली टोली स्वदेश फर्किएसँगै पोखरामा स्वागत गरिएको थियो भने पोखराबाट छेन्दु प्रस्थान गरेको टोलीलाई पोखराबाट बिदाई समेत गरिएको परिषद्ले जनाएको छ । 

पोखराका मेयर धनराज आचार्यको नेतृत्वमा पोखरा देखि चीनको छेन्दु पुगेको १ सय २६ सदस्य टोलीले चीनको छेन्दु सहित, लुजाउ, ईमि, छोङछिङ लगायतका ठाउँमा तथा केही महत्वपूर्ण स्थानमा समेत अध्ययन अवलोकन सहित भ्रमण गरेको कार्यक्रम संयोजक एवं परिषद्का महासचिव जीवनराज सापकोटाले बताउनु भयो । पहिलो व्यवसायीक फ्लाइट सफलता पूर्वक भएको उहाँले दाबी गर्नु भयो । 

गण्डकी प्रदेशको राजधानी पोखराबाट नियमित हवाई उडान गर्नको लागि प्रदेश सरकारले यसमा विशेष पहल गर्न उहाँले माग गर्नु भयो । पोखराका मेयर धनराज आचार्य केही दिन अघि चीनबाट फर्किएसँगै महानगरका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईको नेतृत्वमा टोली मङ्गलवार पोखरा आएको हो । महानगरले घोषणा गरेको २० लाख पर्यटक भित्राउने पोखरा भ्रमण वर्षलाई चीन सरकारको सहयोगमा पूरा हुने उहाँले विश्वास व्यक्त गर्नु भयो । 

चीनको छोङछिङ र छेन्दुमा सेल्स मिसन बिजनेस टु बिजनेस(बी टु बी) कार्यक्रम हुनुले दुई देशका टु गाइड अपरेटर सहितका पर्यटन व्यवसायीहरू बिचको सम्बन्ध प्रगाढ भएको जसले नेपाल र चीनको पर्यटन प्रवर्द्धनमा धेरै मद्दत पुग्ने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बताउनु भयो । नेपालमा चिनियाँ पर्यटक बढाउन चीनका अन्य शहरहरुमा यस्तै प्रवर्द्धनात्मक कार्यक्रम, तालिम सहितका विभिन्न प्रमोशनल कार्यक्रम गर्ने उहाँले बताउनु भयो । नेपाल र चिन बिचको कूटनीतिक सम्बन्धको ७० ओै वर्षगाँठको अवसरमा चिन सरकारले सन् २०२५ मा नेपाल भ्रमण बर्ष घोषणा गर्नु र पोखरा महानगरपालिकाले २०२५ लाई पोखरा भ्रमण वर्ष घोषणा गरेको सन्दर्भमा उक्त कार्यक्रमले दुई देशको पर्यटन प्रवर्द्धन   हुने प्रमुख लामिछानेले बताउनु भयो । 

२ बर्ष भन्दा लामो समय देखि पोखरामा सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक व्यवसायीक चार्टर्ड फ्लाईट हुनु यस क्षेत्रको सम्भावनाको ढोका खुलेको परिषद्का अध्यक्ष तारानाथ पहारीले बताउनु भयो । ऐतिहासिक फ्लाइट भएकोले अबको ३ महिना चार्टर्ड फ्लाइट सफल भएसँगै सिचुवान एयरलाइन्सले नियमित हवाई उडान गर्ने उहाँले विश्वास व्यक्त गर्नु भयो । 

चैत ५ गते पोखरामा आएको १ सय २७ सदस्य चिनिया टोली एक साता नेपाल भ्रमण पश्चात् अधिकांश चिन तर्फ फर्किनु भएको छ । विभिन्न रुट हुँदै काठमाण्डौं सहित देशका विभिन्न स्थानमा पुगेका चिनिया पर्यटकहरू पोखराबाट सिधा हवाई उडान भएको खण्डमा पोखराबाट समेत चिन जान थालेको पोखरा भ्रमण बर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपी बहादुर भट्टराईले बताउनु भयो । पहिलो व्यवसायी चार्टर्ड फ्लाइटमा पोखरा देखि चिन तर्फ गएका केही पर्यटक भने काठमाण्डौं लगायतका क्षेत्रबाट आएको उहाँले जनाउनु भयो । सिचुवान एयरलाइन्सले नियमित हवाई उडान गरे चिन तर्फ जाने देशका अन्य शहरबाट पोखरा हुँदै चिन जाने धेरै पर्यटक हुने संयोजक भट्टराईले जनाउनु भयो । चिनिया टोलीले पोखरासहित लुम्बिनी, सौराहा र काठमाण्डौंसम्म भ्रमण गरेको थियो । 

त्यसै गरी आउँदो मङ्गलवार चैत १९ गते पुनः चीनको छेन्दुबाट १ सय २७ सदस्य पर्यटकको टोली सिधै पोखरा आउने भएको छ भने उद्योग वाणिज्य सङ्घहरूको सहकार्यमा पोखराबाट सिधा चीनको छेन्दु जाने तयारी भएको पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धचार्यले बताउनु भयो । पोखरा सहित लेखनाथ उद्योग वाणिज्य संघ एवं गण्डकी प्रदेशका विभिन्न जिल्ला नगर उद्योग वाणिज्य संघका प्रतिनिधिहरू समेत अबको दोस्रो फ्लाइटमा पोखराबाट चिन प्रस्थान गर्ने बताउनु भयो । 

पोखरा देखि छेन्दु नियमित हवाई उडान गर्ने विषयमा गण्डकी प्रदेश सरकार समेत सकारात्मक भएको परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भयो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सहितको टोलीसँग मङ्गलवार भएको भेटघाटको क्रममा उहाँले छेन्दु देखि पोखरासम्मको सिधा हवाई उडान गर्ने विषयमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने वचन दिनु भएको छ । 

व्यवसायीक क्षेत्रबाट व्यवासायीक चार्टर्ड उडानको सुरुवात भएकोमा धन्यवाद दिँदै मुख्यमन्त्री पाण्डेले यसलाई नियमित हवाई उडान गर्न नीजि क्षेत्र सहित सरकारी तहबाट समेत सहयोग हुनुपर्नेमा जोड दिनुभयो । उहाँले पोखरा सहित गण्डकी प्रदेशमा चिनियाँ लगानी भित्राउन समेत चीनका विभिन्न प्रान्त सहित सरकार समक्ष आव्हान समेत गर्नु भएको छ । पोखरा देखि चीनको छेन्दुसम्म  नियमित रूपमा सिधा हवाई गर्न पोखरेलीले माग गर्नु भएको छ । नेपालमा छोटो दुरीको विश्वकै चर्चित शहर लुजाउ, छेन्दु लगायतबाट पोखरामा उडानको धेरै सम्भावना भएको पोखराले बताउनु भयो । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM