२०८२ माघ ७ गते, बुधबार १२:४७

सिमली छायाँमा हरिवंश र विजय

काठमाडौं । समकालिन र नयाँ पुस्तालाई समेत प्रभावित पार्दै अभिनय कर्ममा सक्रिय हरिवंश आचार्यले यस क्षेत्रमा ५ दशक बिताइसके । यही लामो यात्राबारे अहिलेका चर्चित अभिनेता विजय बरालसँग भलाकुसारी गर्दै उनले भने, ‘मेरो उमेर ६७ भयो, तर म काम गर्ने बेला तपाईंको उमेर ३७ वर्षको भएर सोच्छु ।’

दुई पुस्ताका यी कलाकारबीच तेस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सवको अन्तिम दिनको अन्तिम सेसनमा मंगलबार भलाकुसारी भएको हो ।

आफूलाई शारीरिक रुपमा स्वस्थ राख्न अनुशासित भएर सामान्य कसरत गर्ने बताउँदै हरिवंशले भने, ‘मानसिक रुपमा स्वस्थ राख्न म नकारात्मक कुरालाई टेबलटेनिसको बललाई हिर्काएजस्तै गरी प्याट्ट अर्कोतिर फाल्छु ।’ उनले आध्यात्मिक रुपमा पनि ध्यान अभ्यासले फाइदा पुगेको सुनाए ।

चरित्र निर्वाह गर्ने क्रममा कहिले युवा त कहिले वृद्ध बन्नुपर्ने भएकोले आवश्यकताअनुसार डेन्टिङ पेन्टिङ पनि गर्ने बताए ।

मण्डला थिएटरको आँगनमा उनले आफूले पहिलो पटक राष्ट्रिय नाचघरमा नाटक गर्दाको क्षण स्मरण गर्दै आफ्ना गुरुहरू जितेन्द्र महत अभिलाषी र हरिप्रसाद रिमाललाई सम्झिए । डायलग बोल्ने कुरामा गुरु रिमालले सिकाएको ज्ञान पछिसम्म उपयोगी भएको उनले बताए । उनले भने, ‘त्यसबेला अहिले जस्तो थिएटर नभएकोले रेडिमेड हलहरुमा गएर प्रस्तुति दिने दिन सम्झिएँ ।’

हास्य व्यंग्य, प्रहसन र नाटकमा धेरै फरक छैन भन्दै उनले आफू सधैं नाटकको नजिक रहेकोमा जोड दिए । कार्यक्रममा आफू नाटकको पृष्ठभूमिबाट आएकोले नै जग बलियो भएको तर्क गर्दै उनले अहिलको सिनेमा क्षेत्र नै थिएटरका कलाकारले नेतृत्व गरेको तर्क गरे ।

‘पूर्णबहादुरको सारंगी’पछि चर्चाको शिखरमा पुगेका विजयले हरिवंशलाई सोधे, ‘एउटा सफल कलाकारले आफूलाई सफलताको विन्दुमा टिकाइराख्न कत्तिको सहज हुन्छ वा तनाव हुन्छ ? त्यसलाई कसरी टिकाइराख्ने ?’

‘उमेर र अनुभव यति धेरै भइसक्यो तर मलाई हरेक पटक शोमा जानुभन्दा अगाडि मुटु ढुकढुक भइरहेको हुन्छ । दुई तीन पल्ट ट्वाइलेट पनि जान्छु । मनमा एक किसिमको डर उत्पन्न भइरहेको हुन्छ,’ उनले भने, ‘त्यो डर नै अनुशासन हो । हरेक पटक लेख्दा यसअघिको भन्दा राम्रो लेख्न सक्छु कि सक्दिनँ भनेर सचेत हुन्छु ।’

पुराना सन्दर्भ स्मरण गर्दैगर्दा हरिवंशले आफ्नो आगामी फिल्म ‘भूठान’मा काम गर्दाको प्रसंग पनि सुनाए । उनले भने, ‘भूठानको स्क्रिप्ट दुई तीन पटक पढेपछि यस चलचित्रमा काम गरे भने मैले पक्कै नयाँ केही गर्न सक्छु भन्ने लाग्यो, अनि मैले भूठानमा काम गर्ने निर्णय लिएँ ।’

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM