Friday, March 28, 2025
घरसमाचारअर्थवाणीप्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त, लिए सपथ

प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त, लिए सपथ

काठमाडौँ/ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् ।

मन्त्रीपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले शाक्यलाई मंगलवार नियुक्ती सँगै पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको हो ।

सो क्रममा मन्त्री खड्काले नव नियुक्त कार्यकारी निर्देशक शाक्यलाई उद्योगीहरुसँग प्राधिकरणले लिनु पर्ने बक्यौता तत्काल असुल गर्ने प्रकृया अघि बढाउन निर्देशन दिनुभयो । मन्त्री खड्काले ऊर्जा क्षेत्र नेपालकै समृद्धिको प्रमुख आधार रहेको भन्दै विद्युत प्राधिकरणले इमान्दार भएर जनताको पक्षमा नतिजा देखिने गरी काम गर्न निर्देशन दिनुभयो ।

सपथग्रहरणपछि नव नियुक्त कार्यकारी निर्देशक शाक्यले आफ्नो मन वचन र कर्मले आफ्नो योग्यता र क्षमताको अधिकतम प्रयोग गरी प्राधिकरणलाई नयाँ उचाईमा पुर्याउने प्रतिवद्धता गर्नु भयो ।

मन्त्रालयका सचिव सुरेश आचार्यले अहिलेको चुनौतीपूर्ण अवस्थामा प्राधिकरणको साख जोगिने गरी काम गर्न निर्देशन दिनुभएको थियो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -