२०८२ मंसिर २८ गते, आईतवार १९:२८

दुर्गम मकवानपुरका चेपाङ बस्तीमा विद्युत्, स्थानीयमा खुसीयाली 

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाका दुर्गम बस्तीहरू सोमबारदेखि विद्युत् सेवा पहुँचमा आएपछि स्थानीयवासी हर्षित भएका छन्। नेपाल विद्युत् प्राधिकरणको ‘चेपाङलाई बिजुली कार्यक्रम’ अन्तर्गत गाउँपालिकाका सबै ९ वडामा बिजुली बल्न थालेपछि स्थानीयले खुसी व्यक्त गरेका हुन्।

राक्सिराङ–९, खैराङमा आयोजित कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ट्रान्समिटरको स्विच अन गरी औपचारिक रूपमा विद्युत् सेवा उद्घाटन गर्नुभएको थियो। त्यस्तै, ७० वर्षीया तुलकुमारी चेपाङको घरको मिटर बक्स खोल्दै उहाँले गाउँमा विद्युत् प्रवाह गरिएको घोषणा गर्नुभएको थियो। तुलकुमारी चेपाङ आफ्नो जीवनकालमै घरमा बिजुली बत्ती बाल्न पाउँदा निकै हर्षित देखिनुभयो।

यसअघि टुकी र मैनबत्ती दौराको  उज्यालोमा जीवन बिताउँदै आएका चेपाङ समुदायका बासिन्दा अब स्थायी रूपमा बिजुलीको सुविधा पाउने भएपछि निकै उत्साहित छन्। स्थानीय सुवास घलान, रामकुमार चेपाङ, एकराज घिमिरे, चन्द्र रुम्बालगायतले पनि घरमा बिजुली बाल्न पाउँदा खुसी व्यक्त गरेका छन्।

२०७६/०७७ देखि नै गाउँपालिकाले आफ्नै स्रोतसाधनबाट विद्युत् विस्तारको काम अघि बढाएको थियो। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको विशेष पहलपछि अभियान तीव्र गतिमा अघि बढेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो।

कार्यक्रममा घिसिङले ३०३ विपन्न चेपाङ परिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गर्नुभएको थियो। २०७८ को जनगणना अनुसार २५,९९६ जनसङ्ख्या रहेको गाउँपालिकाका ५,०४४ घरधुरीमा अहिले विद्युत् सुविधा पुगेको छ।

कार्यक्रममा कार्यकारी निर्देशक घिसिङलाई गाउँपालिकाले विशेष सम्मानसमेत गरेको छ। उहाँले विद्युत्को पहुँच नभएका ठाउँमा बत्ती पुर्‍याउने, काठका पोल विस्थापित गर्ने, नाङ्गा तार फेर्ने जस्ता कार्यहरू क्रमिक रूपमा अघि बढाइने प्रतिबद्धता जनाउनुभएको छ।

गाउँपालिकामा शतप्रतिशत विद्युतीयकरणका लागि पहिलो चरणमा ३० करोड बजेट छुट्याइएको छ भने थप ८ करोडको टेन्डर प्रक्रिया अघि बढाइएको छ।

विद्युत् उद्घाटन कार्यक्रममा संविधानसभा सदस्य गोविन्दराम चेपाङ, बागमती प्रदेश सरकारका पूर्व राज्यमन्त्री सन्तबहादुर चेपाङ, गाउँपालिका उपाध्यक्ष बनस्तम थिङ, वडा अध्यक्षहरू लगायत स्थानीय अगुवाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रम सञ्चालन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर बस्नेतले गर्नुभएको थियो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d slot gacor marwah4d
koi77
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM