२०८२ मंसिर २७ गते, शनिबार ०१:१९

आवश्यक नीतिगत सुधारका लागि सरकार निरन्तर अघि बढिरहेको छ : मन्त्री गुरुङ




काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उभ्याउन आवश्यक नीतिगत सुधारका लागि सरकार निरन्तर अगाडि बढिरहेको बताउनुभएको छ । 

आज यहाँ ‘आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)’को समापन समारोहमा उहाँले पूर्वाधार विकास, प्रविधि विस्तार र निजी क्षेत्रसँग सहकार्य गर्ने नीतिमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो । मन्त्री गुरुङले चलचित्र विकास बोर्डमार्फत चलचित्र क्षेत्रको विकासका लागि मन्त्रालयले पछिल्लो छ महिनामा विभिन्न महत्वपूर्ण पहल अघि सारेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“विसं २०२६ को चलचित्र ऐनलाई वर्तमान समयको आवश्यकता र चुनौतीसँग मेल खाने गरी समसामयिक संशोधन र एकीकरण गरी नयाँ ऐन निर्माणको काम अघि बढाइएको  छ । नयाँ बन्ने ऐनले चलचित्र उद्योगलाई थप व्यवस्थित, पारदर्शी र लगानीमैत्री बनाउने दिशामा उल्लेखनीय योगदान पु¥याउने विश्वास लिएको छु ।”

मन्त्री गुरुङले  चलचित्र प्रदर्शनलाई व्यवस्थित गर्न बक्स अफिस प्रणालीलाई पारदर्शी रूपमा कार्यान्वयन गर्न केही महिनाभित्रै निर्माताहरूले चलचित्रको व्यापारिक रिपोर्ट आफ्नै मोबाइल वा कम्प्युटरमा पाउने बताउनुभयो । “चलचित्र क्षेत्रलाई प्रविधिसँग एकीकृत गर्दै निर्माण अनुमतिदेखि सेन्सरसम्मका सम्पूर्ण सेवा अनलाइन प्रणालीमार्फत सहज र पारदर्शी रूपमा उपलब्ध गराउने तयारी भइरहेको छ किनकि नेपाली चलचित्र हाम्रो कला, संस्कृति र राष्ट्रिय पहिचानको अभिन्न हिस्सा बनिसकेको छ”, उहाँले भन्नुभयो । 

मन्त्री गुरुङले समाजको दर्पण, संस्कृतिको संवाहक र आर्थिक सामाजिक समृद्धिको आधारका रूपमा रहेको चलचित्र क्षेत्रको दिगो विकासका लागि नीतिगत संरचना, लगानीमैत्री वातावरण र पूर्वाधार विकासमा अपेक्षित सहयोग पु¥याउन सरकार सधैँ प्रतिबद्ध रहेको बताउनुभयो । 

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा काठमाडौँमा यही चैत ७ गतेदेखि सुरु भएको महोत्सवमा चलचित्र प्रदर्शनीसँगै कार्यशाला, अन्तरक्रियालगायत कार्यक्रम भएका थिए । रासस

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d slot gacor marwah4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM