२०८३ जेष्ठ ८ गते, शुक्रबार ०२:१२

लोडसेडिङ भए पनि छैन भन्दै प्राधिकरणले झुटो प्रचार गरेको उद्योगीको आरोप

१० चैत, काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघ, स्टिल उत्पादक संघ र नेपाल धागो उत्पादक संघले नेपालको औद्योगिक क्षेत्रमा सधैं लोडसेडिङको अवस्था भए पनि नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ छैन भनेर झुटो प्रचार गरेको आरोप लगाएका छन् ।

आइतबार सिमेन्ट, स्टिल र धागो उत्पादक संघले संयुक्त पत्रकार सम्मेलन गर्दै नेपालको औद्योगिक क्षेत्रमा सधैं लोडसेडिङ भइरहँदा पनि प्राधिकरणले लोडसेडिङको सूचना सहितको तालिका नदिएको गुनासो पनि गर्‍यो ।

प्राधिकरणले ३१ वैशाख २०७५ मा सार्वजनिक सूचना प्रकाशित गरी नेपालमा भइरहेको लोडसेडिङलाई औद्योगिक क्षेत्रमा समेत लोडसेडिङमुक्त गरेको घोषणा गर्दा उद्योगहरूमा आबद्ध उद्योगी लगायत नेपाली अत्यन्तै खुसी भएको उल्लेख छ ।

वैशाख २०७५ मा औद्योगिक क्षेत्रमा लोडसेडिङ अन्त्य भएको घोषणा गरिए पनि उद्योगमा २०७५ देखि २०७६, २०७७, २०७८, २०७९, २०८० र २०८१ फागुनसम्म हरेक महिना क्रमशः २ घण्टा, ४ घण्टा, ६ घण्टा ७, ८, १० घण्टा लोडसेडिङ रहेको उनीहरूकोृ दाबी छ ।

‘प्राधिकरण लोडसेडिङ गरेको छु भन्न सक्दैन, भन्दैन, तालिका माग्दा लोडसेडिङ नै छैन भन्ने झुटो र भ्रामक प्रचारबाजीमा लागिरहेको छ,’ प्रेस विज्ञप्तिमा छ, ‘चौबिसै घण्टा विद्युत् आवश्यक पर्ने सिमेन्ट, स्टिल र धागो लगायत उद्योगमा घोषित लोडसेडिङ भइरहेको थियो । हरेक वर्ष पुस–माघदेखि जेठ अन्त्यसम्म लोडेसेडिङ गरिएको विषय प्रष्ट छ ।’

उद्योगीले चौबिसै घण्टा र उद्योगका लागि आवश्यक पर्ने क्षमतामा विद्युत् दिनुपर्ने माग गरेका छन् । ‘प्राधिकरणले दिउँसो पूरै विद्युत् दिएका छौं, राति काटेका छौं, तर लोडसेडिङ होइन भन्छ,’ विज्ञप्तिमा छ, ‘हाम्रा उद्योगहरू आधा समय चलाउने आधा समय बन्द गर्न मिल्दैन । चौबिसै घण्टा नचलाउने हो भने उद्योगहरूले काम गर्न छड्छन्, ती मेसिनरी कवाडीमा परिणत हुन्छ ।’

उद्योगीहरूका अनुसार नेपालको संविधान, ऐन, कानून, नियम, निर्देशन मातहत रही उद्योग सञ्चालन गर्दा नियमानुसार कर, राजस्व, महसुल, रोयल्टी, शुल्क लगायत रकम सरकारी निकायमा भुक्तानी गरी उद्देश्य अनुसार उद्योग सञ्चालन हुँदै आएको छ । रोजगारी सिर्जना गर्नु, राजस्व तिर्नु, आयात प्रतिस्थापन गर्नु, निर्यात प्रवद्र्धन गर्नु औद्योगिक उत्पादनमा स्वदेशी कच्चा पदार्थको प्रयोग गरी राज्यका लागि योगदान दिनु कुनै अपराध गरेको होइन ।

‘तर, हामी उद्योगीलाई किन यसरी लखेटिन खोजिएको छ । यो गम्भीर विषय हो । यस विषयमा सम्बन्धित सरोकारवाला राज्यका निकायको गम्भीर ध्यानाकर्षण तत्काल गराउन चाहन्छौं,’ उद्योगीले भने, ‘निर्वाध चौबिसै घण्टा माग बमोजिम विद्युत आपूर्ति गर्न वा बत्ती दिन नसक्ने हो भने औपचारिक रूपमा यी–यी फलाना–फलाना उद्योगमा लोडसेडिङ गरेका छौं भनी जनतालाई समेत सूचना गर्न प्राधिकरण लगायतका निकाय समक्ष अनुरोध गर्दछौं ।’

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM