२०८२ माघ २८ गते, बुधबार ०६:१७

योगदानमा आधारित स्वास्थ्य बिमा प्रणालीको आवश्यकता छ : मन्त्री पौडेल




घोराही (दाङ) । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले जनताको पहिलो आवश्यकता स्वास्थ्य सेवा भएको बताउनुभएको छ । 

नेपाली काँग्रेस दाङले आज यहाँ आयोजना गरेको भेटघाट कार्यक्रममा उहाँले त्यो आवश्यकतालाई सम्बोधन गर्न योगदानमा आधारित स्वास्थ्य बिमा प्रणालीको आवश्यकता रहेको बताउनुभयो । 

अहिलेको अवस्थामा सरकारले मात्रै लगानी गरेर जनतालाई बिमा सेवालाई निरन्तरता दिन सक्ने अवस्था नरहेको भन्दै मन्त्री पौडेलले निजी क्षेत्रलगायतको यसमा सहयोग आवश्यक रहेको बताउनुभयो । सरकारसँगै बिमामा सुर्ती र मदिराबाट उठ्ने करको ५० प्रतिशत रकम, सरकारी क्षेत्र र विभिन्न सङ्घसंस्थामा काम गर्नेहरूले दुई प्रतिशत बिमा बोर्डमा जग्मा गर्न सक्ने अवस्था भए यस क्षेत्रमा देखिएका समस्या हट्ने र सेवालाई प्रभावकारी बनाउन सकिने उहाँको भनाइ छ ।  

मन्त्री पौडेलले सरकारले बिमाका लागि छुट्याउने रकमको दोब्बर तेब्बरले खर्च बढेकाले सरकारले योगदानमा आधारित स्वास्थ्य बिमा प्रणालीलाई अघि सारेको बताउनुभयो । बिमाको रकम भुक्तानी दाबी गरिँदा बेथिति रहेको गुनासो आइरहेकाले  त्यसमा सुधारको आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “स्वास्थ्य बिमा क्षेत्रमा केही विकृति देखिएका छन् । उपचार नै नगरेर भुक्तानी माग्ने गरेको गुनासो पनि आउने गरेका छन् । यस्तो कार्य गलत हो, साँच्चै त्यस्तो भएको पाइए कारबाही हुन्छ ।” 

मन्त्री पौडेलले अस्पतालले नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्न ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सरकारी अस्पतालको भौतिक सुधारसँगै उपकरण र जनशक्ति व्यवस्थापन आफ्नो मुख्य प्राथमिकता रहेको भन्दै उहाँले अस्पतालको फार्मेसीमा औषधि नराख्ने, सरकारी अस्पतालबाट सेवा दिने अवस्थामा पनि बिरामीलाई बाहिर रिफर गरेको पाइए कडा कारबाही हुने चेतावनी दिनुभयो ।  

नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री पौडेलले सरकारले जनतालाई उपलब्धिको महसुस गराउन नसके २०८४ सालको निर्वाचनमा अप्ठेरो पर्ने बताउनुभयो । देशका प्रमुख दुई पार्टी काँग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनेको र सरकारले जनतालाई परिवर्तनको महसुस गराउने गरी काम गर्ने प्रयत्न गरिरहेको उहाँको भनाइ थियो ।  

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM