२०८२ माघ २९ गते, बिहीबार २२:३८

जनमत र नाउपा एकता : अध्यक्ष, दलको नाम र चुनाव चिह्नमा सहमति नजिक

१० चैत, काठमाडौं । जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) एकीकरणका लागि सहमति नजिक पुगेका छन् । पार्टीको नाम, अध्यक्ष, चुनाव चिह्न लगायतमा दुवै पक्ष सहमतिउन्मुख रहेको दुवै दलले जानकारी दिएका छन् ।

एकतापछिको पार्टी अध्यक्ष डा. सीके राउत, सह–अध्यक्ष रञ्जिता श्रेष्ठ हुनेगरी छलफल भएको छ । साथै, दुई अध्यक्ष राखेर पहिलो वरियतामा राउत र दोस्रोमा श्रेष्ठलाई राख्ने विकल्पमा पनि छलफल भएको छ ।

पार्टीको संरक्षकमा नाउपाका संरक्षक रेशम चौधरी रहने छन् । चौधरी अहिले पनि नाउपाका संरक्षक हुन् । नाउपाले एकीकृत पार्टीको नाम ‘नागरिक जनमत पार्टी’ राख्न प्रस्ताव गरेको र त्यसलाई सकरात्मक रूपमा लिएको जनमतका प्रवक्ता एवं एकताका लागि गठन गरिएको कार्यदलका सदस्य शरदसिंह यादवले जानकारी दिए ।

एकीकृत पार्टीले नाउपाको ‘ढकिया’ लाई चुनाव चिह्न बनाउने गरी छलफल अगाडि बढाएका छन् । जनमतको चुनाव चिह्न ‘हर्न’ हो ।

एकताका लागि नाउपाले बनाएको कार्यदलका संयोजक गंगाराम चौधरीले दुवै पक्षका प्रस्तावमा छलफल गरेर छिट्टै सहमतिमा पुगिने जानकारी गराए ।

बाबुरामको पनि शुभेच्छा

दुई दल एकताका लागि नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले समेत शुभेच्छा व्यक्त गरेको छ । नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले दुई दलको एकताका अघि बढाउन सुझाव दिएको नाउपाका संरक्षक रेशम चौधरीले बताए ।

डा. भट्राईले आफूसँग गरेको कुराकानीको आधारमा नाउपा संरक्षक चौधरीले शनिबार पार्टी बैठकमा भने, ‘रेशमजी, तपाई र सीकेजी जोडिंदै जानुस् । म पछि पछि आउँछु ।’

नाउपाको दुई दिने बैठकको समापन सत्रमा नेसपा (नयाँ शक्ति)की उपाध्यक्ष मानुषी यमी भट्टराई समेत सहभागी भएकी थिइन् ।

दुई दलको एकताका लागि जनमतका पार्टी अध्यक्ष राउत र नाउपाका संरक्षक रेशम चौधरी बीचमा पटक–पटक संवाद भएको थियो । एकतालाई मूर्त रूप दिनका लागि दुई दलले ३/३ सदस्यीय कार्यदल गठन गरेका छन् ।

जनमतले महोत्तरीको बर्दिवासमा बसेको केन्द्रीय समिति बैठकबाट अब्दुल खान, शरदसिंह यादव र बालगोविन्द चौधरी सदस्य रहेको कार्यदल गठन गरेको थियो ।

नाउपाको शुक्रबार र शनिबार बसेको केन्द्रीय समितिको बैठकले एकतालाई टुंगाउन तीन सदस्यीय कार्यदल गठन गरेको छ । गंगाराम चौधरी, सुनिता चौधरी र रामलाल डंगौरा रहेको कार्यदल नाउपाले गठन गरेको छ ।

शनिबार मात्रै नाउपाले कार्यदल गठन गरेकाले दुई पक्ष बीच औपचारिक संवाद सुरु भने भइसकेको छैन । जनमतका प्रवक्ता यादवका अनुसार कतिपय विषयमा सहमति जुटिसकेकाले कार्यदलले प्राविधिक र कानुनी विषयहरूको टुंगो लगाउनेछ ।

दूरी घटाउँदै, मन मिलाउँदै

दुई दलको एकता प्रक्रिया लगभग अन्तिम चरणतिर पुगेपछि नाउपा केन्द्रीय समिति बैठकको समापनमा जनमतका अध्यक्ष राउतलाई शनिबार डाकिएको थियो । राउतले उक्त सत्रलाई सम्बोधन गर्दै आफू अमेरिकाबाट फर्कनुको कारण कञ्चनपुरमा थारु समुदायले पाएको दुःख पनि एउटा कारण रहेको बताए ।

‘म अमेरिकाबाट फर्कन कञ्चनपुरमा थारु समुदायले पाएको दुःखले पनि कारण बनेको थियो,’ नाउपा पंक्तिसँग नजिक बन्ने प्रयासमा उनले भने ।

नाउपा थारु बाहुल्य पार्टी हो । अमेरिकाबाट नेपाल आउँदा गरेको पूर्व–पश्चिम यात्राको क्रममा कञ्चनपुरमा विस्थापित थारुका कारण विक्षिप्त भएको राउतले सुनाए ।

त्यहाँका थारु समुदायका महिलाहरू रोएर आफूसँग बिन्ति गरेकैले समाजप्रतिको दायित्व सम्झेर अमेरिकाबाट फर्कने निधो गरेको उनले जिकिर गरे ।

सम्बोधनको क्रममा उनले २०७९ सालमा एकताको प्रयास भएपनि टुंगाउन नसकिएको स्मरण गरे ।

राउतले त्यतिबेला मिलेर जाऔं भनेर कुराहरू भएको तर त्यसबेला मिल्न नसक्दा त्रुटी भएकोमा स्वीकारे । त्यो बेला मिलेको भए सिट बढ्ने र निर्णायक शक्तिका रूपमा आउनसक्ने अवस्था रहेको उल्लेख गर्दै उनले एकता प्रक्रिया एकदम सकारात्मक रहेको सुनाए ।

राउतले भने, ‘मिल्न नदिन अनेक षड्यन्त्र हुनसक्छन्, भइरहेका छन् ।’

प्राथमिकतामा पहिचानको मुद्दा

गत निर्वाचनमा दुवै दलले पहिलोपटक प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । जनमतको मुख्य आधार क्षेत्र मधेस र नाउपाको सुदूरपश्चिम रहेको छ ।

प्रतिनिधि सभामा जनमतका ६ र नाउपाका ४ सांसद छन् । १३ सिट सहित जनमत मधेस प्रदेश सभामा तेस्रो शक्ति बनेको छ । नाउपाबाट प्रदेश सांसद १२ जना छन् ।

पार्टी एकीकरण गर्नुको अर्थ एकमा अर्को मिसाउन कार्य नहुने बताउँछन् नाउपाका संरक्षक चौधरी । दुई दलको एकतापछि प्रतिपक्ष बेञ्चमा बस्न पनि तयार हुनुपर्ने प्रस्ताव उनले राउतसँग राखेका छन् ।

यी दुवै दलले सरकारलाई समर्थन दिएका छन् । कांग्रेस–एमालेको समर्थनमा जनमतले मधेसमा सरकारको नेतृत्व गरेको छ भने नाउपाबाट केन्द्रमा राज्यमन्त्री छन् । नाउपाबाट अरुण चौधरी पर्यटन राज्यमन्त्री छन् ।

पहिचानवादीहरूको मुद्दालाई बलियो बनाउन दुई दलले एकता गर्नुपर्ने अवस्था बनेको जनमतका प्रवक्ता यादव बताउँछन् ।

‘थारु र मधेसीका आ–आफ्ना समस्याहरू छन् । यी शक्तिलाई एक ठाउँमा राखेर ठूलो शक्ति निर्माण गर्नुपर्ने आवश्यकता छ,’ यादवले अनलाइनखबसँग भने, ‘राज्यसत्तासँग सशक्त रूपमा माग राख्न थप बलको आवश्यकता छ । एकता आफ्नो अधिकारको माग उठाउनकै लागि हो ।’

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM