२०८२ माघ २९ गते, बिहीबार २२:०१

स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यमलाई नै उपलब्ध गराउन माग




नेपालगञ्ज । नेपाल पत्रकार महासङ्घ बाँके शाखाले स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यमलाई नै उपलब्ध गराउन माग गरेको छ । 

शाखा अध्यक्ष नवीन गिरीको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले पछिल्लो केही वर्षयता सञ्चार माध्यमको चुलिँदै गएको आर्थिक सङ्कटलाई मध्यनजर गर्दै स्थानीय सञ्चार माध्यमहरूको प्रबलीकरणको लागि समानुपातिक विज्ञापन नीति लागू गर्दै स्थानीय विज्ञापन तथा लोककल्याणकारी सूचनाहरू स्थानीय सञ्चार माध्यमलाई उपलब्ध गराउने ‘प्रोत्साहन नीति’ अवलम्बन गर्न सम्बद्ध सबै सरोकारवालालाई आग्रह गर्ने निर्णय गरेको हो । साथै महासङ्घ बाँके शाखाले स्थानीय सबै सञ्चार माध्यमलाई श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न तथा ऐन बमोजिम नियुक्ति पत्र, सेवा सुविधा र नियमित रूपमा पारिश्रमिक उपलब्ध गराउन ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ । 

नेपाल पत्रकार महासङ्घ बाँके शाखाको सूचना अधिकारी महासङ्घ बाँकेका सचिव कृष्ण ओलीलाई तोक्ने तथा बाँके शाखाको वेबसाइट निर्माण गर्ने निर्णय गरिएको छ । यसैगरी नेपाली नयाँ वर्ष २०८२ सालको अवसरमा भित्ते–पात्रो (क्यालेन्डर) प्रकाशन गर्ने निर्णय गरिएको सचिव कृष्ण ओलीले बताउनुभयो । त्यसका लागि शाखा उपाध्यक्ष करुणा शाहको संयोजकत्वमा सचिव ओली, कोषाध्यक्ष सुनिल रेग्मी तथा सदस्यहरू कृष्ण अधिकारी, पहल बहादुर केसी, आशा परियार र सलामत अली शेष रहने गरी सात सदस्यीय ‘भित्ते–पात्रो प्रकाशन समिति’ गठन गरिएको छ । 

बैठकपछि सचिव ओलीद्वारा जारी प्रेस विज्ञप्तिमा ‘पत्रकार उपचार कोष’ र ‘पत्रकार कल्याण कोष’ खडा गर्ने निर्णय गरिएको उल्लेख छ । त्यसका लागि नेपाल पत्रकार महासङ्घ बाँके शाखाको नेपालगञ्जस्थित एभरेष्ट बैङ्कमा रहेको चालू खाता नम्बर ०१९००१०५२००२१६ मा अघिल्लो कार्यसमितिले बुझाएको हिसाब बैङ्क स्टेटमेन्ट अनुसार ४,०४,४५०.२५ रुपैयाँ मौज्दात रहेको र उक्त रकम ‘पत्रकार उपचार कोष’ र ‘पत्रकार कल्याण कोष’ मा रूपान्तरण गर्ने निर्णय गरिएको छ । यस्तै अघिल्लो कार्यसमितिको पालामा उठ्नुपर्ने बाँकी बक्यौता रकम उठाएर ती कोषमा नै दाखिला गर्ने निर्णय समेत गरिएको विज्ञप्तिमा उल्लेख छ । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM