२०८२ माघ २६ गते, सोमबार ११:३५

समग्र कानून व्यवसायीहरूको हितमा काम गर्छु : वरिष्ठ अधिवक्ता श्रेष्ठ

काठमाडौँ । नेपाल बार एसोसिएसनको आसन्न निर्वाचनमा व्यवसायीक कानून व्यवसायी समूहका अध्यक्षका प्रत्याशी तथा उम्मेदवार वरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठले आफू नेपाल बार एशोसियसनको अध्यक्ष निर्वाचन भएपछि समग्र कानून व्यवसायीको हक हितमा काम गर्ने बताउनुभएको छ । 

आज चुनाव प्रचारप्रसार अभियानका क्रममा रुपन्देही जिल्ला अदालत बार एसोसिएसन भैरहवा पुग्नुभएका श्रेष्ठले आफू अध्यक्ष निर्वाचित भएका समग्र कानून व्यवसायीको हित सँगसँगै स्वतन्त्र, सक्षम, जबाफदेही र भ्रष्टाचारमुक्त न्यायपालिका बनाउन लागिपर्ने बताउनुभएको छ ।

बारको काम भनेको कानून व्यवसायीहरूको हकहित र अधिकारको सुनिश्चितता गर्ने, व्यवसायीक क्षेत्र विस्तार गर्ने, बारको भूमिका सक्षम हुनुपर्ने, न्यायालयसँग सम्बन्धित कामहरू गर्ने र सामाजिक अभियान्ताको रुपमा कामहरू गर्ने भएको श्रेष्ठले बताउनुभयो । 

त्यस्तै महिला कानून व्यवसायी, नवोदित कानून व्यवसायी, मधेशी, सीमान्तकृत कानून व्यवसायीहरूलाई समेत विभिन्न तालिम तथा अवसरको आवश्यकता रहेको बताउँदै त्यो व्यवस्था गर्नुपर्नेमा आफू लाग्ने बताउनुभयो ।

पूर्वमहान्यायधिवक्तासमेत रहनुभएका श्रेष्ठले आफू समग्र कानून व्यवसायीको प्रतिनिधिसमेत रहेको बताउनुभयो । काँग्रेसनिकट सङ्गठन डिएलएको विधानअनुसार उम्मेदवार छान्न बनेको समितिले उम्मेदवार नै छान्न नपाई पार्टीले नै उम्मेदवार बनाएको जिकिर गर्नुभयो । त्यस्ता उम्मेदवारले समग्र कानून व्यवसायीको हक हितको काम गर्न नसक्नेसमेत बताउनुभयो ।

कानून व्यवसायी भनेको सधैँ सत्ता र सरकारको विपक्षी रहेको बताउँदै आफू महान्यायधिवक्ता भएको बेला आफ्नै सरकारले गरेको निर्णयकोसमेत आफूले विरोध गरेको बताउँदै पार्टी सङ्गठनभन्दा माथि उठेर कानून पेसालाई अँगाल्नसमेत आग्रह गर्नुभयो ।

यही चैत २३ गते नेपाल बार एशोसियसनको निर्वाचन हुदैछ । वरिष्ठ अधिवक्ता श्रेष्ठको प्रस्तावकमा वरिष्ठ अधिवक्ता शम्भु थापा र समर्थकमा वरिष्ठ अधिवक्ता सुशील कुमार पन्त रहनुभएको छ ।

निर्वाचनमा नेपाली काँग्रेसनिकट कानून व्यवसायीहरूको सङ्गठन डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) र नेकपा (एमाले) निकट कानून व्यवसायीनिकट सङ्गठन पिपिएलएले वरिष्ठ अधिवक्ता तथा नेपाल ल कलेजका प्राध्यापक डा. विजय प्रसाद मिश्रलाई अध्यक्षको उम्मेदवार बनाएको छ भने नेकपा माओवादी निकट आरपिएलए, नेकपा समाजवादी निकट एसपिएलए, स्वतन्त्र पार्टी तथा अन्य साना दलहरूले वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधीवक्ता रमन श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d
kingmedan303 rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM