२०८२ मंसिर २१ गते, आईतवार २२:३७

भारतबाट फर्किएको डेढ महिनामै हत्या, श्रीमती पनि अनुसन्धानको घेरामा

१० चैत, काठमाडौं । धनुषाका शिवशंकर हत्या प्रकरणमा प्रहरीले उनकी श्रीमतीसहितका व्यक्तिमाथि आशंका गरेर अनुसन्धान अघि बढाएको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–८ दिगम्बरपुर बस्ने २५ वर्षीय शिवशंकरको हत्या आरोपमा प्रहरीले विशेषगरी दुई कोणबाट अनुसन्धान अघि बढाएको हो ।

शिवशंकरकी श्रीमती सृजनाका साथै उनलाई मोटरसाइकलमा लैजाने व्यक्ति केन्द्रीत अनुसन्धान अघि बढाइएको छ ।

शिवशंकरको शव महोत्तरीको गौशाला नगरपालिका–८ सागरनाथ वनमास्थित रेल्व ट्रयाकबाट करिब १०० मिटर दक्षिणतर्फ फेला परेको थियो । शुक्रबार साँझ ५ः३० बजे शव भेटिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीको डीएसपी तथा प्रवक्ता सन्तुलाल जयसवारले बताए ।

उनका अनुसार शवको प्रकृति हेर्दा गर्धनमा धारिलो हतियार प्रहार गरी हत्या गरेको देखिएको छ । हत्यापछि घिसारेर केही पर लैजान खोजेकोजस्तो समेत देखिएको छ । श

वको आइतबार सनाखत भएको छ । शव अहिले पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ ।

पीडित परिवारबाट जाहेरी लिएर थप अनुसन्धान गर्ने प्रहरीको तयारी छ । अहिलेसम्म जाहेरी आइनसकेको प्रवक्ता जयसवारले बताए । विभिन्न प्राविधिक पक्षलाई केन्द्रमा राख्दै प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार उनी बिहीबार दिउँसो श्रीमती सृजनासँगै १० महिने छोरासहित ससुराली घर बर्दिबास नगरपालिका–५ पशुपतिनगर बन्द्र जान भनी निस्केका थिए । तर उनी ससुराली पुगे/नपुगेको प्रहरीले केही खुलाएको छैन ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा एसएसपी शान्तिराज कोइरालाका अनुसार अहिले विशेषगरी दुई कोणबाट अनुसन्धान अघि बढाइएको छ ।

कुनै रिसईबीका कारण हत्या भएको हुनसक्ने आशंकामा अनुसन्धान अघि बढाइएको छ । अर्कोतर्फ भने हत्या भएका शिवशंकर करिब डेढ महिना पहिला मात्रै मुम्बईबाट धनुषा आएका थिए । कुनै प्रेमसम्बन्धमा रहेका कारण उक्त समूहले हत्या गरेको हुनसक्ने भन्दै अनुसन्धान अघि बढाइएको छ ।

एक अनुसन्धान अधिकृत भन्छन्, ‘कुनै प्रेम सम्बन्ध वा रिसइबीका कारण हत्या भएको हुनसक्ने आशंकमा अनुसन्धान अघि बढाएका छौं ।’

मृतकका भाइ राम महतोका अनुसार घरबाट एउटा मोटरसाइकलमा दाइ शिवशंकर, भाउजू र १० महिने छोरासहित महेन्द्रनगरसम्म पुगेका थिए । त्यहाँबाट श्रीमती सृजनाले माइतबाट दुईवटा मोटरसाइकल बोलाएर एउटामा १० महिने छोरासहित सृजना र अर्कोमा शिवशंकर चढेको भाइ रामको भनाइ छ ।

शिवशंकर चढेको मोटरसाइकल समेत प्रहरीले पत्ता लगाइसकेको छ । उनलाई मोटरसाइकलमा लैजाने व्यक्तिको समेत पहिचान भइसकेको दाबी प्रहरीले गरेको छ ।

‘शिवशंकरलाई मोटरसाइकलमा लैजाने व्यक्तिको पहिचान भइसकेको छ । उनीहरु अहिले फरार रहेकाले खोजी भइरहेको छ,’ एक अनुसन्धान अधिकृतले भने, ‘उनीहरू पक्राउ परेपछि बल्ल हत्याको वास्तविक कारण खुल्छ ।’

शिवशंकरको परिवारका अनुसार केही दिन अघि ससुरालीमा विवाद हुँदा शिवशंकरमाथि कुटपिट भएको थियो । विवादपछि श्रीमती र बच्चासहित घर फर्किंदा शिवशंकर पुनः ससुराली जान मानेका थिएनन् । उनलाई श्रीमती सृजनाले नाना (हजुरबुबाको मृत्यु भयो भनेर ससुराली जान बाध्य बनाएकी भाइ रामको भनाइ छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM