२०८२ माघ २८ गते, बुधबार ०६:४२

दलका उम्मेदवारको खर्च ३० लाख, स्वतन्त्रको ६ हजार !

१० चैत, काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा निर्वाचित भएका स्वयं श्रेष्ठले चुनावमा ६ हजार ४ सय ९० रूपैयाँ खर्च गरे ।

स्वतन्त्र उम्मेदवार स्वयंको यो रकम पनि सोचेभन्दा बढी हो । ‘यति पनि खर्च नहोला भनेको अझै बढी भयो,’ स्वयं सुनाउँछन् ।

निर्वाचित भएपछि स्वयंले आफ्नो खर्चको विवरण सार्वजनिक गरेका छन् । उनका अनुसार यो खर्च उम्मेदवारी दर्तादेखि समाजिक सञ्जालमा प्रचार प्रसारको लागि गरिएको हो । स्वयंले ६ हजार खर्च गर्दा पुल्चोकका भातृसंस्थाका उम्मेदवारले भने होटल होटलमा लगेर विद्यार्थी राखेको आरोप लाग्यो ।

‘संगठनले होटलमा विद्यार्थी राखे । मैले त्यसो गरिनँ । मेरो उद्देश्य जित हार एउटा कुरा हो । तर चुनावी क्याम्पियनमा कुकर्म नगरौं भन्ने थियो,’ स्वयंले भने ।

पद्मकन्या क्याम्पसमा नेविसंघबाट बागी उठेर चुनाव जितेकी भुपेश्वरी ऐर (भुपी) पनि स्वतन्त्र उठेर कम खर्च गरेको बताइन् । तर, संगठनबाट उठ्दा बढी खर्च हुने उनको बुझाइ छ ।

‘यो पटक मैले विद्यार्थीकै मतबाट जितेको हुँ,’ ऐर भन्छिन्, ‘संगठनबाट उठ्दा धेरै खर्च हुन्छ भन्ने मैले यसअघिनै देखिसकेको छु ।’

अनलाइनखबरले उपत्यकाका आधा दर्जन क्याम्पसका उम्मेदवारहरूसँग कुराकानी गर्दा अधिकांशले ५ देखि ३० लाखसम्म खर्च गरेको बेहोरा सुनाए ।

तर, संगठनका उम्मेदवारहरू खर्च विवरण सार्वजनिक गर्न तयार देखिँदैनन् । यीनै संगठनका विद्यार्थीलाई चुनौती दिएका पुल्चोक क्याम्पसका स्वयंले भने खर्चको फेहरिस्त सामाजिक सञ्जालमै सार्वजनिक गरिसकेका छन् ।

‘चुनावमा ३० लाखसम्म खर्च भएको छ । विद्यार्थी पनि जसले जहाँ जसले लगे पनि खाइदिन जाने परम्परा छ,’ एक भ्रातृसंस्थाका उम्मेदवारले भने, ‘यो विकाउ विद्यार्थीको कमजोरी हो । विद्यार्थीले जान चाहेपछि उम्मेदवारले जित्ने होडमा होटलमा राख्न पनि तयार हुन्छन् ।’

उनको यो भनाइले स्ववियु चुनाव पनि भड्किलो भएको प्रष्ट देखाउँछ । भ्रतृसंस्थाका प्रमुखहरू पनि स्ववियुको चुनाव खर्चिलो भएको स्वीकार गर्छन् । तर आफ्नो संगठनले कम र अर्को संगठनले बढी खर्च गर्ने गरेको आरोप उनीहरू एक अर्कालाई लगाउँछन् ।

‘चुनाव भड्किलो भएको छ । एउटै टीओआर बनाउनुपर्छ । स्ववियुलाई भड्किलो नबनाउन टीओआर बनाउन भनेका हौं,’ नेविसंघ सभापति दुजाङ शेर्पाले भने, ‘स्ववियुलाई प्रतिस्पर्धाको विषय बनाउनु हुँदैन । नेतृत्व विकासको रुपमा लिुनपर्छ ।’

‘हाम्रो समाज जस्तो छ त्रिविको स्ववियु चुनावमा पनि त्यस्तै भएको’ उनको तर्क छ । दुजाङ पनि आफ्नो संगठनले कम खर्च गरेको दाबी गर्छन् ।

‘अन्य संगठन भन्दा हामीले कम खर्च गरेका छौं । पार्टीबाट पनि हामीलाई आर्थिक सहयोग छैन । पकेटबाट थोरै खर्च गर्नुपर्ने स्थिति छ,’ उनले भने, ‘अरु संगठनले पार्टीमा भोज गरे, होटल रिसोर्टमा राखे । ठूला संगठनले यस्तो गर्नुहुँदैन ।’

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अध्यक्ष समिक बडाल पनि स्ववियु चुनावमा भद्दा खर्च हुने गरेको स्वीकार गर्छन् । ‘स्ववियु चुनाव महंगो भयो । पैसा हुनेले चुनाव जित्ने स्थिति बनेको छ,’ बडालले भने ।

तोकिएको मितिमा चुनाव नहुँदा पनि खर्च बढेको बुझाइ बडालको छ । ‘चुनाव स्थगित हुने र फेरि गर्ने गर्दा खर्च बढेको छ । तोकिएको मितिमा चुनाव भयो भने कम खर्च हुन्छ,’ बडालले अर्को तर्क गरे ।

तर, अखिल क्रान्तिकारीका महासचिव रोशन थापाले भने फरक मत राखे । ‘पहिलेकोभन्दा कम खर्च हुन्छ । प्रचार प्रसार पनि डिजिटल भएको छ,’ उनले भने ।

क्रान्तिकारीले काठमाडौं उपत्यकाको क्याम्पसको हकमा २० देखि २५ हजारसम्म चुनावी खर्च उपलब्ध गराएको थापाले बताए ।

२०७९ को चुनावमा विजयी भएका स्ववियु अध्यक्षहरूको पनि फरक फरक मत छ । स्ववियु मात्र होइन हरेक चुनाव महंगो भएको तर्क उनीहरूको छ ।

‘सबै चुनाव महंगो भएको छ । उपभोक्ता समितिको चुनावमा त बढी खर्च हुन्छ । विश्वविद्यालयको चुनावले अन्तर्राष्ट्रियस्तरमा सन्देश नै जान्छ,’ विश्वविद्यालय क्याम्पसको २०७९ मा नेविसंघबाट निर्वाचित श्यामराज ओझाले भने ।

विद्यार्थीको एजेन्डा बोकेकामा चुनावी खर्च कम हुने उनको तर्क छ । ‘स्ववियुमा मैले कम खर्च गरेको छु । पर्चा, पम्प्लेट र खानामा खर्च हुने हो । सामान्य तहले गर्दा पनि दुई चार लाख हुन्छ,’ उनले भने ।

पुल्चोक क्याम्पसमा अघिल्लो चुनावमा अनेरास्ववियुबाट निर्वाचित भएका विराज अर्याल यसपटक पनि उम्मेदवार थिए ।

‘काम गरेका साथीलाई खाना, प्रचार प्रसारमा खर्च हुने हो । उम्मेदवार आफैंले खर्च गर्नु पर्दैन । संगठन र शुभेच्छुकको सहयोगमा खर्च गर्ने हो,’ उनले भने ।

अघिल्लो चुनावमा ल क्याम्पसबाट निर्वाचित भएका अखिल क्रान्तिकारीका विष्णु ढुंगेल विचार नभएकाले पैसा खर्च गर्ने गरेको टिप्पणी गर्छन् । ‘अन्य संगठनले होटलमा कार्यकर्ता राख्ने गरेको यथार्थ हो । यसले खर्च बढ्ने हो । विचार भएपछि खर्च गर्नुपर्दैन,’ उनले भने, ‘मैले सामान्य खर्चमा चुनाव जितेको हुँ । पैसाले होइन एजेन्डाले चुनाव जित्ने मान्यता स्थापित हुनुपर्छ ।’

डिजिटल प्रचार प्रसारमा अलि बढी खर्च हुने उनको अनुभव छ । भक्तपुर क्याम्पसमा नेविसंघबाट अघिल्लो र यसपटक पनि विजयी भएका पुकार पराजुली विद्यार्थीको मुद्दामा काम गरेकाले खर्च नभएको दाबी गर्छन् । ‘दुई पटक निर्वाचित भएँ । विद्यार्थीसँग ग्राउन्डमा बसेर काम गरेमा खर्च गर्नुपर्दैन,’ उनले भने ।

‘क्याम्पसले गर्ने चुनावमा विद्यार्थीले खर्च गर्ने होइन’

स्ववियु चुनाव त्रिभुवन विश्वविद्यालयले गराउने हो । त्यसैले त्रिविले उम्मेदवारले खर्चको बारेमा केही बोलेको छैन । निर्देशिकामा पनि उम्मेदवारले खर्च गर्ने वा नगर्ने केही भनिएको छैन ।

‘हामीले खर्चको कल्पना नै गरेको छैन । चुनाव क्याम्पसले गर्ने हो । विद्यार्थीले खर्च गर्ने होइन भनेर बुझ्ने हो,’ विद्यार्थी कल्याण परिषद्का सदस्यसचिव पशुपति अधिकारीले भने ।

योसँगै आफैं लाखौं खर्च गरेर स्ववियु अध्यक्ष बन्न विद्यार्थीहरू किन लडाईं गर्छन् ? भन्ने प्रश्न उठेको छ ।

राजनीतिमा प्रोफाइल बनाउनकै लागि स्ववियु अध्यक्ष बन्न जोडबल हुने गरेको स्ववियुका अध्यक्षहरू बताउँछन् । ‘राजनीतिको जग निर्माण गर्ने हो । विद्यार्थीबाट निर्वाचित भएको कुरा समाजले पनि स्वीकार गरेको हुन्छ,’ ओझाले भने ।

कसरी चल्छ स्ववियु ?

निर्वाचित स्ववियुको कार्यकाल दुई वर्षको हुन्छ । स्ववियु चलाउन आर्थिक आवश्यक पर्छ । कसरी जुट्छ त आर्थिक भन्ने प्रश्नमा विश्वविद्यालय क्याम्पसमा स्ववियु सभापति ओझा भर्नाको समयमा स्ववियु कोषमा प्रत्येक विद्यार्थीबाट १ सय रुपैयाँ आउने बताउँछन् ।

‘भर्ना हुँदा विद्यार्थीबाट स्ववियु कोषमा आएको रकमबाट कार्यक्रम गर्ने हो । क्याम्पसमा फन्डिङको अभाव छ । बाहिरबाट कार्यक्रम खोज्न भने सकिन्छ,’ उनले भने ।

भक्तपुर क्याम्पसका स्ववियु अध्यक्ष पराजुली पनि भर्ना गर्ने समयमा कलेजले तोकेको रकम स्ववियु कोषमा आउने बताउँछन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM