२०८२ माघ २८ गते, बुधबार ०५:४०

संसद्‌मा रुखो सुनिँदै पीएस

१० चैत, काठमाडौँ । नेकपा एमालेमा प्रष्ट बोल्ने नेताका रुपमा चिनिन्छन्, पृथ्वीसुब्बा गुरुङ (पीएस) । तर पछिल्लो समय उनको रुखो शैली संसद्‌मा आलोचित बन्दै गएको छ । आइतबार राष्ट्रिय सभामा उनको रुखो बोलीलाई लिएर सांसदहरूले चर्को आलोचना गरे । रुखो शैली नसच्याए अप्ठ्यारो पर्ने चेतावनीसम्म सांसदले दिए ।

राष्ट्रिय सभामा ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’माथि सैद्धान्तिक छलफलमा सांसदहरूले अनेकन प्रश्न उठाए । जवाफ दिन रोष्ट्रम पुगे, सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पीएस गुरुङ ।

छलफलमा सांसदहरूले योगमाया आयुर्वेदिक विश्वविद्यालयको नाम परिवर्तन गर्नुको कारण खोजेका थिए । सरकारले ‘विदुषी योगमाया हिमालयन आयुर्वेदिक विश्वविद्यालय’ नामकरण गर्ने प्रस्ताव गरेको छ ।

जवाफमा मन्त्री गुरुङले विश्वविद्यालयको नाम परिवर्तन गर्नुको कारण खुलाएनन् । बरु अनावश्यक शब्द प्रयोग गर्दै विपक्षीमाथि हावी हुन खोजे ।

‘एकथरी साथीहरू (विपक्षी दलका सांसदहरू) ले योगमाया विश्वविद्यालयको नाम परिवर्तन गरेको कुरा ‘…माथिको खटिरा जस्तो ठान्नुभयो,’ गुरुङको जवाफ छ ।

अर्थात्, किन विश्वविद्यालयको नाम परिवर्तन गरेको भनेर जवाफ दिनेतिर मन्त्री गुरुङ गएनन् । सरकारलाई परिवर्तन गर्न मन लाग्यो र गर्‍यो भन्न पीएसले फूल र सुनका कुरा गरे ।

‘सत्तापक्षले ठान्यो, सरकारले ठान्यो र विधेयक प्रस्तुतकर्ता मैले पनि ठानेँ– यो फूलमाथिको बुट्टा जस्तो, सुनमाथिको सुगन्ध जस्तै लागिरहेछ । मेरो उत्तर यत्ति हो । यसमा (विधेयकमा योगमाया आयुर्वेदिक विश्वविद्यालयको किन नाम परिवर्तन गर्नुपर्‍यो भन्ने प्रश्नमा)’ प्रश्नकर्ता सांसदलाई पीएसको जवाफ छ ।

मन्त्री गुरुङ फेरि विषयमा गएनन् । प्रतिपक्षीको प्रवृत्ति केलाउनेतिर लागे । प्रतिपक्षमा रहने सांसदको प्रवृत्ति केही न केही खोट देखाउने रहेको भनेर कथा सुनाए ।

‘एउटा उदाहरण दिन चाहन्छु, त्यो उदाहरण दिएपछि काफी हुन्छ । धेरै उत्तर दिइराख्नुपर्छ भन्ने लाग्दैन,’ गुरुङले भने । उदाहरण भन्दै गुरुङले पृथ्वी नारायण क्याम्पस पोखरामा एक जना खानामा खोट लगाउने विद्यार्थी रहेको कथा सुनाएका हुन् ।

मन्त्री पीएसले संसद्‌मा सुनाएअनुसार २०२५/०२६ सालतिर पृथ्वी नारायण क्याम्पस पोखरामा धेरै अञ्चलबाट विद्यार्थीहरू पढ्न जान्थे । क्याम्पसको होस्टल सानो थियो ।

विद्यार्थीहरू होस्टल बाहिर डेरा गरेर पनि बस्थे । डेरा गरेर बस्ने विद्यार्थीहरू पोखरा होटेल भन्ने होटलमा खाना खान्थे । उक्त होटलमा विद्यार्थीहरु महिनावारी खाना खान्थे ।

ती विद्यार्थीमध्ये एक जना विद्यार्थीले खाना खाइसकेपछि एउटा न एउटा खोट लगाउँथे । कहिले खाना गिलो भयो भन्थे, कहिले अलि साह्रो भयो भन्थे । कहिले किन नुन चर्को ? भन्थे । कहिले नुन अनिलो भन्थे । कहिले पिरो भयो भन्थे । कहिले दाल पातलो भयो त कहिले दाल बाक्लो भयो भन्थे । एक दिन सबै मिलेर उसले खोट लगाउन नसक्ने गरी खाना बनाए । तर फेरि पनि उक्त विद्यार्थीले एक ढिको नुन बढी राखेको भए नुन चर्को नै हुन्थ्यो भनेर खोट लगाइछाडे ।

मन्त्री गुरुङले कथाका पात्र ती खोट लगाउने विद्यार्थीसँग विपक्षी दलका सांसदको तुलना गरे । ‘त्यो साथी र प्रतिपक्षको भनाइको कुरामा कुनै फरक छैन । एउटा–एउटा दोष लगाइराख्ने, एउटा–एउटा समस्या देखाइराख्ने । एउटा–एउटा गल्ती छ भनेर देखाइराख्ने प्रतिपक्षको धर्मै रहेछ । यसकारण त्यसको (विपक्षीका प्रश्नको) ओखती छैन,’ मन्त्री गुरुङले भने ।

अर्थात्, मन्त्री गुरुङले १२ वटा ऐन संशोधन गर्ने गरी प्रस्तावित विधेयकमा विपक्षी दलका सांसदको गरेका प्रश्न र सुझावलाई केवल खोटको संज्ञा दिए । ती प्रश्न र सुझाव सरकारले सुन्दैन भन्न कथाको सहारा लिए ।

प्रश्न सोध्ने सांसदलाई मन्त्री गुरुङको प्रतिप्रश्न छ– फूलको आँखामा फुलै संसार, काँडाको आखामा काँडै संसार । यो विधेयकमा ल्याइएका जेजति प्रावधान छन्, सबै फूलैफूल देख्या छौं हामीले । तपाईंहरु (विपक्षी सांसद)ले सबै काँडैकाँडा देख्नुभएको छ । मिलन कहाँनेर हुन्छ ?

विपक्षीका सुझाव किन संशोधन गर्न सकिँदैन भनेर विषय बुझाउनेतिर लागेनन् । बरु प्रश्नकर्ता सांसदको दृष्टिमै समस्या देखाउने प्रयास गरे । प्रश्न गर्ने सांसदको आखामै काँडा रहेकोसम्म भन्न भ्याए ।

संसद्‌मा सरकारले विधेयक ल्याउने अभ्यास ज्यादा छ । त्यसमा प्रतिपक्षको समेत सुझाव समेटेर पास गर्ने गरिन्छ । तर मन्त्री गुरुङले सरकारी विधेयकमा आफूले सत्तापक्ष र प्रतिपक्षको मिलन नदेखेको भनेर सबै सुझावहरू पन्छाइदिए ।

‘…फूलको आँखामा फुलै संसार, काँडाको आखामा काँडै संसार । यो विधेयकमा ल्याइएका जेजति प्रावधान छन्, सबै फूलैफूल देख्या छौं हामीले । तपाईंहरु (विपक्षी सांसद)ले सबै काँडैकाँडा देख्नुभएको छ । मिलन कहाँनेर हुन्छ ?,’ गुरुङको प्रतिप्रश्न छ ।

सरकारले सबै विधेयक राम्रोका लागि ल्याएको जिकिर गर्दै उनले विधेयकमा विरोध गर्ने ठाउँ नरहेको दोहोर्‍याए । अर्थात्, सरकार सर्वेसर्वा हो भन्ने उनको दलिल थियो ।
जबकि, प्रतिस्थापन विधेयक ल्याउँदा विधेयकको नाममा प्रतिस्थापन शब्द नराख्दा सभामै लफडा भएको थियो । तर मन्त्री गुरुङले सरकारतिर कुनै खोट नरहेको र विपक्षीतिर खोटैखोट रहेको देखाउने प्रयास गरे ।

गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिलाई १० वर्षसम्म भिसा निःशुल्क गर्ने सरकारी प्रस्ताव छ । यस्तो प्रस्तावित प्रावधानमा विपक्षी सांसदहरूले प्रश्न उठाएका थिए ।
यो प्रश्नको जवाफमा पनि मन्त्री गुरुङ उस्तै गरी रुखो सुनिए ।

‘विदेशी लगानी, गैरआवासीय नेपालीको लगानी नेपालमा ल्याउन प्रवद्र्धन गर्नुपर्छ भन्नेमा हामी सबै सहमत हो । कोही अअहमत हुँदै हुनुहुन्न । लगानी ल्याउनुहुन्न भन्नेमा कोही पनि छैनौं हामी । अनि विरोध गरेकोले मैले तुक नदेखेको हो । त्यसकारण मैले तपाईंहरुको आँखामै काँडा छ त काँडै देख्नुहुन्छ भनेको हो,’ मन्त्री पीएस गुरुङको जवाफ छ ।

विदेशी लगानी आर्कषित गर्न र गैरआवासीय नेपालीलाई नेपालप्रति भावनात्मक रुपमा जोडिराख्न भिसासम्बन्धी नयाँ प्रबन्ध गरिएको भन्न पनि पीएसले प्रश्नकर्ता सांसदको दृष्टिमा दोष देखाए ।

प्रश्नकर्ता सांसदमाथि प्रतिप्रश्न गर्ने पीएस एक्ला मन्त्री होइनन् । स्वयं प्रधानमन्त्री केपी शर्मा ओली सांसदहरूमाथि विषय बाहिर गएर छेडखानी र होच्याउने प्रयासमा संसद्‌मा प्रस्तुत हुने पात्रमा पर्छन् ।

प्रधानमन्त्री ओलीकै रुखो शैली सञ्चारमन्त्री पीएस गुरुङले पनि पच्छ्याएका हुन् ।

आइतबार रोष्ट्रममा उभिएर मन्त्री गुरुङ विपक्षीप्रति नरमभन्दा गरम शब्द प्रयोग गरेर प्रहार गर्नेमै केन्द्रित रहेपछि लगत्तै सभामा उनको जवाफको शैलीमाथि सांसदहरूले प्रश्न उठाए ।

नेकपा एकीकृत समाजवादीका सांसद बेदुराम भुसालले मन्त्री गुरुङको उत्तरमा विधेयकमाथिको छलफलमा प्रतिपक्ष नबसोस् भन्ने भाव रहेको बताए ।

‘माननीय मन्त्रीको उत्तर सुन्दा– यो छलफलमा प्रतिपक्ष नबसोस्, उसले कुरा नउठाओस् भन्ने रहेछ । यदि सत्तापक्षले त्यस्तै चाहेको हो भने प्रतिपक्षविहीन संसद् चाहेको हो भने भनोस्, हामी छलफलमा नबस्न सक्छौं,’ सांसद भुसालले भने ।

अन्यथा, प्रतिपक्षले औंल्याएका विषय सुन्न र त्यसको विषयकेन्द्रित जवाफ दिन उनको आग्रह छ ।

विधेयकमा गलत कुराहरू समेत रहेको भनेर आफूहरूले प्रश्न उठाएको उल्लेख गर्दै भुसालले आफूहरूको आखामा काँडा रहेको भन्ने मन्त्री गुरुङको अभिव्यक्तिको प्रतिवाद गरे । ‘मन्त्रीजीकै आँखामा काडा होइन, रोग लागेको छ कि भन्ने शंका लाग्यो । गलत कुरालाई पनि सही देख्ने रोग,’ भुसालले भने ।

सत्तापक्ष एक्लै बसेर विधेयक पास गर्न चाहेको भने भन्न उनले पुनः आग्रह गरे । ‘सत्तापक्ष एक्लै बसेर विधेयक पास गर्न चाहेको हो ? हो भने हामी उठ्न सक्छौं, छोडिदिन सक्छौं । होइन भने यो तरिकामा सहज तरिकाले जान सकिँदैन,’ सांसद भुसालले सरकारलाई चेतावनी दिए ।

नेकपा माओवादी केन्द्रकी गंगाकुमारी बेलबासेका अनुसार मन्त्री गुरुङको स्पष्टीकरण दिने शैलीले प्रतिपक्षलाई चिढ्याएको छ । प्रतिपक्षलाई सरकारले अनावश्यक बोझ देखिरहेको जवाफबाट थाहा लाग्ने उनले बताइन् । ‘हामीलाई बोझ देख्नुभएको महसुस भएको छ । सरकारले यो शैली सच्याउँछ कि सच्याउँदै भन्ने गम्भीर प्रश्न उठेको छ,’ उनले भनिन् ।

बेलबासेका अनुसार सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरुङको जवाफ दिने शैलीले सांसदहरूको अवहेलना गरेको छ ।

‘हामी सबै माननीयहरूमाथि एउटा प्रश्न उठेको छ,’ उनले थपिन्, ‘के सरकार यसैगरी जान खोजेको हो ? यसैगरी जान चाहेको हो भने आज मात्रै होइन, बाँकी दिनमा पनि यसैगरी जान्छ र सदनलाई अवहेलना गर्छ भन्ने निष्कर्षमा हामी पुगेका छौं ।’

नेकपा एकीकृत समाजवादीकी सांसद जयन्तीदेवी राईले विपक्षीलाई फूलको आँखाले हेर्न मन्त्रीलाई सुझाइन् ।

‘म पनि आग्रह गर्न चाहन्छु– फूलको आँखाले हेरौं । तर जवाफमा त्यो भएन,’ उनले भनिन् । अध्यादेशबाट कानुन बनाउने विषयको प्रक्रियामै सहमत हुन नसकिने उनले दोहोर्‍याइन् । सरकार अनावश्यक दम्भी भएर अगाडि बढ्न खोजिरहेको उल्लेख गर्दै उनले सधैं सबै व्यक्ति उस्तै रुपमा रहने ढंगले नसोच्न मन्त्रीहरूलाई आग्रह गरिन् ।

माओवादी केन्द्रकी सांसद रेणु चन्दले मन्त्रीहरूलाई जवाफ दिँदा पदीय मर्यादा ख्याल गर्न सुझाइन् । ‘मन्त्रीज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु– हामीले जनताले भनेको कुरा यहाँ भन्ने हो । त्यो यहाँलाई मन पर्न सक्छ, मन नपर्न सक्छ । यहाँहरु जिम्मेवार व्यक्ति हुनुहुन्छ । अभिव्यक्ति दिने बेलामा आफ्नो पदको गरिमा अनुसार अभिव्यक्ति दिनुपर्ने हुन्छ,’ उनले भनिन् ।

विपक्षी दलको मुख थुन्ने दुस्प्रयास नगर्न पनि चन्दको चेतावनी छ । ‘हमारे मुँह से जो निकले वही सदाकत है । हमारे मुँह में तुम्हारी जुबान थोड़ी है ।’ मन्त्री गुरुङलाई सांसद चन्दले सचेत गराइन् । सरकारका हर कार्यमा निरन्तर निगरानी र खबरदारी गरिरहने उनको प्रतिवद्धता छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM