२०८२ फाल्गुन १ गते, शुक्रबार ०६:५४

तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा अनिश प्रथम




रुपन्देही । लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय पिस म्याराथन सम्पन्न भएको छ । नेपाल ओलम्पिक कमिटी र चिनिया दूतावासको संयुक्त आयोजनामा सम्पन्न म्याराथनमा भारतीय सेनामा कार्यरत अनिश थापा मगर प्रथम भएका छन्  ।

अनिश थापा मगरले २ घण्टा २० मिनेट १८ सेकेण्डमा ४२.१९ किमी पार गर्दै ३ लाख ५० हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गरे । यसै गरि नेपाली सेनामा कार्यरत सुशील कुमार शाही दोस्रो भए । उन उक्त दुरी २ घण्टा, २० मिनेट २५ सेकेण्डमा पूरा गरेर २ लाख ५० हजार पुरस्कार जिते । केन्याका धावक स्टेफेन कोस्गेई तेस्रो भए । उनले उक्त दुरी २ घण्टा २० मिनेट ४७ सेकेण्डमा पूरा गरेर एक लाख ५० हजार पुरस्कार जिते ।

यसै गरि महिला सहभागीहरूलाई आधा दुरीको म्याराथन गराइएको थियो । हाफ म्याराथनमा पनि नेपाली धावकहरूले वर्चस्व जमाएका छन् । २१ किमी महिलाको हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जितेकी छन्  । उनले उक्त दुरी एक घण्टा २० मिनेट ५ सेकेण्डमा पूरा गर्दै एक लाख ५० हजार नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्राप्त गरिन । त्यस्तै नेपाली सेनाकी पूर्णलक्ष्मी न्यौपानेले दुई घण्टा २१ मिनेट ४९ सेकेण्डमा उक्त दुरी पूरा गरेर दोस्रो भइन । उनले एक लाख नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरिन । त्यस्तै चीनकै चेन विईले दुई घण्टा २६ सेकेण्डमा पूरा गरेर तेस्रो हुनुभयो र ८० हजार नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्राप्त गरिन ।

म्याराथनमा पुरुष तर्फ १० औँ स्थान सम्म आउने र महिला तर्फ छैटौँ स्थान तर्फ आउनेलाई पुरस्कार बाँडिएको थियो । यसै गरि महिला तर्फ छैटौँ स्थान सम्मलाई पुरस्कारको व्यवस्था गरिएको नेपाल ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठले जानकारी दिनुभयो । म्याराथन अन्तर्गत ५ किलोमिटरको खुल्ला दौड र ५ किलोमिटरकै विद्यालयका छात्रछात्राहरूको दौड पनि आयोजना गरिएको उनले जानकारी दिनुभयो । प्रतियोगितामा ४ सय ३० बढी एथलिटहरु सहभागी भएको उनले बताउनुभयो । दौड प्रतियोगितामा सबै पुरस्कारको रकम गरि १९ लाख बराबरको पुरस्कार वितरण गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा नेपालसँगै चिन र केन्याका धावकहरूले पनि भाग लिएको श्रेष्ठले जानकारी दिनुभयो ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनी र त्यस वरपर छरिएर रहेका बौद्ध सम्पदाहरूको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ लुम्बिनीमा शान्ती म्याराथनको आयोजना गरिएको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठको भनाई छ । उहाँले लुम्बिनीलाई शान्तिको गन्तव्य बनाउने उद्देश्य सहित ओलम्पिक कमिटीले म्याराथनको आयोजना गरिरहेको उहाँको भनाई छ । यसलाई भविष्यमा अझै व्यवस्थित गरि अगाडी बढाइने उहाँले जानकारी दिनुभयो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM