२०८२ माघ २६ गते, सोमबार ११:२७

तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको मेन्स सिङ्गल र डबलको उपाधि एपीएफको पोल्टामा 

रुपन्देही । बुटवल ब्याडमिन्टन क्लबद्वारा आयोजित “तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा मेन्स सिङ्गल र मेन्स डबल को उपाधि एपीएफको पोल्टामा रहेको छ । मेन्स सिङ्गलतर्फ राष्ट्रिय रेङ्किङ खेलाडी प्रिन्स दाहालले एपिएफकै क्षितिज खनाललाई हराउँदै उपाधि चुमेका हुन् । 

त्यस्तै मेन्स सिङ्गलतर्फ आर्मीका हिमाल चन्द र एपिएफका देवराज राना तृतीय भएका छन् । त्यस्तै मेन्स डबलतर्फ एपिएफका भोजबहादुर गुरुङ र प्रनिश सिंह ठकुरीले उपाधि जितेका छन् । उनीहरूले लाफा ब्याडमिन्टन क्लबका बलराम क्षेत्री र विवेक न्यौपानेलाई हराउँदै उपाधि चुमेका हुन् । मेन्स डबलतर्फको तृतीय आर्मीका प्रविन लिङ्गथेप र विधान अधिकारी तथा हिमाल चन्द र सन्तोष पनेरु भएका छन् । 

भेट्रान्स ४५ वर्ष माथिको खेलमा लाफा ब्याडमिन्टन क्लबका राजु गुरुङ र सुदिप योञ्जनको टिमले तिलोत्तमा ब्याडमिन्टन क्लबका बुद्धि चौधरी र डिलबहादुर कन्डवालाई हराउँदै उपाधि रक्षा गरेका हुन् । प्रतियोगितामा न्यू लुम्बिनी क्लबका बलराम पन्थी र खगेन्द्र तथा तण्डेरी ब्याडमिन्टन क्लबका प्रेम गुरुङ र विष्णु लाल श्रेष्ठ तृतीय भएका छन् । 

त्यस्तै सुपर भेट्रान्स ५५ वर्ष माथिकोमा अनिल लाखे र शम्भुकुमार श्रेष्ठले कास्कीका राजु गुप्ता र राजेन्द्र वागलेलाई हराउँदै उपाधि चुमेका हुन् । प्रतियोगितामा बुटवल ब्याडमिन्टन क्लबका दिलीप गौचन र महेश नेपाल  तथा पि.एस.बि.सी.का रवी होना र इन्द्र थापाको टिम तृतीय भएका छन् । 

प्रतियोगिताको मास्टर भेट्रान्स ६० वर्ष माथिकोमा तण्डेरी ब्याडमिन्टन क्लबका प्रेमप्रसाद गुरुङ र विष्णुलाल श्रेष्ठको जोडीले तण्डेरी ब्याडमिन्टन क्लबका डिल पुन र श्याम कृष्ण श्रेष्ठलाई हराउँदै उपाधि चुमेका हुन्। प्रतियोगितामा काठमाण्डौँका पूर्णचन्द्र जोशी र सुरेश चन्द्र श्रेष्ठ तथा भैरहवाका गणेश क्षेत्री र महेन्द्र श्रेष्ठको जोडी तृतीय भएका छन् । 

प्रतियोगितामा मेन्स सिङ्गल र मेन्स डबल तर्फ विजेता उपविजेता र तृतीय हुनेले कमशः पचास हजार, तीस हजार र दश हजार नगदसहित मेडल प्रमाण पत्र पुरस्कार प्राप्त गरेका छन् । भेट्रान्स ४५ वर्ष माथिकोमा विजेता उपविजेता र तृतीय हुनेले कमशः चालिस हजार, तीस हजार र दश हजार नगदसहित मेडल प्रमाण पत्र पुरस्कार प्राप्त गरेका छन् । सुपर भेट्रान्स ५५ वर्ष माथिकोमा विजेता उपविजेता र तृतीय हुनेले कमशः पच्चीस हजार, पन्ध्र हजार र पाँच हजार नगद सहित मेडल प्रमाण पत्र पुरस्कार प्राप्त गरेका छन् । मास्टर भेट्रान्स ६० वर्ष माथिकोमा विजेता उपविजेता र तृतीय हुनेले कमशः पन्ध्र हजार, दश हजार र पाँच हजार नगदसहित मेडल प्रमाण पत्र पुरस्कार प्राप्त गरेका छन् । 

प्रतियोगितामा विजेता तथा उप विजेतालाई बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डे, क्लबका अध्यक्ष पङ्कज ज्ञवाली, कार्यक्रम संयोजक शम्भु भट्टराई, सहसंयोजक बालदर गोदार, सचिव भानुभक्त खत्री, कोषाध्यक्ष राजु खरेल क्लबका पूर्व अध्यक्षहरू सहितको टिमले पुरस्कार प्रदान गरेको थियो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d
kingmedan303 rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM