२०८२ माघ २६ गते, सोमबार १२:२८

म्याराथनमा अनिश र हाफ म्याराथनमा सन्तोषी पहिलो

९ चैत, काठमाडौं । तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन २०२५ मा शनिबार अनिश थापामगर च्याम्पियन भएका छन् । यस्तै महिला हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो भइन् ।

म्याराथनमा पुरुष खेलाडीको मात्र सहभागिता रहेको थियो र त्यसमा अनिशले २ घण्टा २० मिनेट र १९ सेकेन्डमा दौड पूरा गरे । शीर्ष तीन स्थानका लागि कडा प्रतिस्पर्धा भएको दौडमा सुशीलकुमार शाही दोस्रो भए । उनले दौड २ घण्टा २० मिनेट र २५ सेकेन्डमा पूरा गरे । यस्तै तेस्रो हुने केन्याली धावक स्टेफन कोसीले २ घण्टा २० मिनेट ४८ सेकेन्डमा दौड टुंग्याएका थिए ।

कुल १५ लाख २७ हजार रुपैंया पुरस्कार राशि भएको पिस म्याराथन च्याम्पियन भएर अनिशले ३ लाख ५० हजार रुपैंया प्राप्त गरे । यस्तै सुशीलले २ सय ५० र स्टेफनले १ लाख ५० हजार रुपैंया हात पारे ।

महिला हाफ म्याराथनमा सन्तोषीले १ घण्टा २० मिनेट २५ सेकेन्डमा दौड पूरा गर्दै च्याम्पियन भइन् र १ लाख ५० हजार रुपंया जितिन् । पूर्णलक्ष्मी न्यौपाने १ घण्टा २१ मिनेट ३७ सेकेन्डमा दोस्रो भइन र उनले १ लाख रुपैंया प्राप्त गरिन् । यस्तै ८० हजार रुपैंया जित्ने क्रममा चिनिया धाविका चेन वेइ तेस्रो भइन् ।

उनले दौड २ घण्टा २४ सेकेन्डमा पूरा गरिन् । पुरुष ५ किलोमिटर दौडमा नागेश्वर अहिर, गणेशसिंह रावत र भुपेन्द्र सुनार शीर्ष तीन स्थानमा रहे । नागेश्वरले १५ मिनेट ४६.८ सेकेन्डमा दौड पूरा गरे ।

गणेशले १५ मिनेट ५०.४ सेकेन्ड र भुपेन्द्रले १६ मिनेट ०.१ सेकेन्डमा दौड पूरा गरे । महिला ५ किलोमिटर दौडमा २१ मिनेट १४.४४ सेकेन्डमा दौड पूरा गर्दै नीरमाया चौधरी पहिलो भइन् । त्यसपछि दुई चिनिया धाविका आइन् । त्यसमा छिन वान्चीले ३३ मिनेट २७.१८ र वाङ याचीले ३३ मिनेट ४०.२७ सेकेन्डमा दौड पूरा गरे ।

यस्तै ५ किलोमिटर दौडको ब्वाइजमा कृष्ण परियार १६ मिनेट १९.६ सेकेन्डको समय निकाल्दै पहिलो भए । त्यसपछि अमृत विश्वकर्मा १६ मिनेट २८.३ सेकेन्डमा दोस्रो तथा र उमेश बराई १६ मिनेट ५६.३ सेकेन्डको समयमा क्रमशः दोस्रो र तेस्रो भए । गर्ल्स ५ किलोमिटर दौडमा भने चाँदनी पासी, कुशुम ठगुन्ना र माया बाराई शीर्ष तीन स्थानमा रहे । दौड पूरा गर्न चाँदनीलाई २१ मिनेट ४८.३ सेकेन्ड, कुशुमलाई २२ मिनेट २८.६ तथा मायालाई २ मिनेट ३६.७ सेकेन्ड लागेको थियो ।

दौड लुम्बिनी स्क्वायरबाट सुरु भएर त्यहीं टुंगेको थियो । कार्यक्रमका अवसरमा तीन किलोमिटरको वाकाथनको पनि आयोजना गरिएको थियो ।

पिस म्याराथन नेपाल ओलम्पिक कमिटीको आयोजना तथा चिनिया राजदूतावासको सहयोगमा भएको हो । विजेता खेलाडीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र चिनिया राजदूत चेन सोङलगायत अन्य पदाधिकारीले पुस्कार वितरण गरे ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM