२०८२ माघ २८ गते, बुधबार ०५:२५

‘चुरे जलको भण्डार तथा मानव जीवनको पद्धति हो’




जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले चुरे मानव जीवन पद्धति भएकाले यसको संरक्षण र संवर्द्धनमा सबै पक्षको ध्यान जान आवश्यक भएको बताउनुभएको छ ।  

चुरे तथा वनजङ्गल संरक्षण अभियान नेपालको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले जल तथा जैविक विविधताको भण्डार रहेकाले यसको संरक्षणका लागि थप सार्थक प्रयास गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

सभामुख मण्डलले नेपालको कूल भूभागमध्ये १२.७२ प्रतिशत चुरे भएकाले यसको संरक्षण गरी हराभरा बनाए करोडौँ मानिसलाई स्वच्छ जल तथा अक्सिजन दिन सक्ने साथै कृषि उत्पादन वृद्धि गर्न सकिने बताउनुभयो । 

जनता समाजवादी पार्टी मधेश प्रदेशका प्रमुख सचेतक रामअशिष यादवले चुरे नेपालको जीवन रेखा भएकाले यसको संरक्षणमा नेपाल सरकार गम्भीर बन्न जरुरी रहेको बताउनुभयो । 

मधेश प्रदेशका निमित्त वन निर्देशक सुजित कुमार झाले चुरेको संरक्षणका लागि चुरे क्षेत्रका स्थानीयबासी गम्भीर बनेर यसको संरक्षणमा अगाडी बढ्न जरुरी रहेको बताउनुभयो । 

चुरे वनजङ्गल संरक्षण अभियानका संयोजक सुनिल कुमार यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा चुरेको संरक्षण तथा संवर्द्धनमा पटक पटक समाचार सङ्कलन तथा सम्प्रेषण गरेर जागरूकता फैलाउने काम गर्नुभएका रेडियो नेपालका वरिष्ठ सम्वाददाता अजय कुमार झा, गोरखापत्र दैनिकका समाचारदाता विजय साह, कान्तिपुरका अमरकान्त ठाकुर सहितका सञ्चारकर्मीहरूलाई सभामुख रामचन्द्र मण्डलले सम्मानपत्र सहित सम्मानित गर्नुभएको थियो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM