२०८२ माघ २९ गते, बिहीबार २०:५९

कांग्रेस सभापति देउवाद्वारा वरिष्ठ पत्रकार बस्नेतको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ पत्रकार एवं राजनीतिकर्मी माथवर सिंह बस्नेतको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । 

नेपालमा लोकतन्त्र स्थापना, पार्टी सङ्गठन तथा पत्रकारिता क्षेत्रमा स्वर्गीय बस्नेतले पुर्‍याउनुभएको योगदानको स्मरण गर्दै सभापति देउवाले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । 

उहाँले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको काँग्रेसले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बस्नेत कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरका पूर्वसदस्य, नेपालको लोकतान्त्रिक आन्दोलनका योद्धासमेत हुनुहुन्थ्यो । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ निवासी स्वर्गीय बस्नेत गणेशमान सिंहको नजिकमा रहेर लामो समयदेखि राजनीतिमा सक्रिय रहँदै आउनुभएको थियो । 

‘गणेशमान सिंह–मेरो कथाका पाना’ नामक पुस्तकका लेखकसमेत रहनुका उहाँ गोरखापत्र संस्थान, प्रेस काउन्सिल नेपाल र राससको पूर्व अध्यक्ष तथा पुनर्जागरण साप्ताहिकका संस्थापक सम्पादक हुनुहुन्थ्यो ।

प्रजातन्त्र पुनःस्थापनाको सङ्घर्षका क्रममा राजकाज मुद्दामा आजीवन जेलको सजायका बाबजुद आफ्नो जीवनकालमा राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र समाजका विभिन्न क्षेत्रमा बस्नेतले पुर्‍याउनुभएको योगदानको मूल्याङ्कन गर्दै काँग्रेसले दिवङ्गत आत्माको चिरशान्तिको कामनाका साथ उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । 

उहाँको निधनबाट काँग्रेसले प्रजातान्त्रिक आन्दोलनका एक अथक योद्धा, पत्रकारिता क्षेत्रका अग्रज र अनुभवी व्यक्तित्वलाई गुमाएको पार्टीका कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

बस्नेतको हृदयाघातका कारण ७९ वर्षको उमेरमा आज बिहान काठमाडौँस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM