२०८२ माघ २६ गते, सोमबार ११:०५

राणा र राजाको पालामा तीन गुणा बढी भ्रष्टाचार हुन्थ्यो : बाबुराम भट्टराई 

९ चैत, काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले राणा र राजाहरूको पालामा अहिले भन्दा तीन गुणा बढी भ्रष्टाचार भए पनि बन्द व्यवस्थाका कारण उनीहरूका गलत काम जनतासम्म पुग्न नदिने गरेको बताएका छन् ।

जनकपुरमा शनिबार बिहान आयोजित पत्रकार सम्मेलनमा डा. भट्टराईले भने, ‘आजभन्दा तीन गुणा बढी भ्रष्टाचार राजा र राणाहरूको पालामा हुन्थ्यो। तर उनीहरू त्यति कुटिल थिए कि तिनका गलत कामहरू जनतासम्म पुग्नै दिँदैनथे।’

त्यतिबेला आफ्ना गलत अभ्यास लुकाउन नागरिकलाई शिक्षाको अवसरबाट समेत बञ्चित गर्ने गरिएको उनले बताए । ‘जनतालाई शिक्षित नै गराइएन। अहिले जनता पढ्न-लेख्न पाएका छन्। केही क्षेत्रमा अझै शिक्षा आवश्यक छ, तर त्यस समयमा त आधारभूत शिक्षा पनि सीमित व्यक्तिहरूसम्म मात्र सीमित थियो’ उनले भने, ‘राजाहरूले आफ्नै सत्ता सुरक्षित राख्नका लागि खोलिएका केही विद्यालयहरूमा मात्र शिक्षाको पहुँच थियो।’

राजतन्त्रलाई भूतको संज्ञा दिंदै भट्टराईले भ्रम बोकेर हिंड्न नहुने बताए । उनले भने, ‘राजतन्त्र भूत हो— भूत भ्रम हो। यस्तो भ्रम बोकेर हिंड्नेहरू निराशा र काल्पनिक सपनामा बाँच्छन्, जसको वास्तविक संसारसँग न सम्बन्ध छ, न सम्भावना।’

लोकतन्त्रको रक्षा सबै मिलेर गर्नुपर्ने र पछाडि फर्कन नहुनेमा पूर्वप्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराईले जानकारी दिए । ‘हामी पछाडि फर्किने कुरा हुँदैन्। मधेशजस्तो क्षेत्र, जहाँ विभिन्न समुदायहरू वर्षौंदेखि उत्पीडनमा परेका थिए, अब जागिसकेका छन्, र तिनलाई छलकपट गर्न अब कठिन छ,’ उनले भने ।

 डा. भट्टराईले अहिलेको लोकतान्त्रिक व्यवस्थाले जनतालाई स्वतन्त्र रूपमा बोल्ने, आलोचना गर्ने, र सरकार छान्ने अवसर दिएको उल्लेख गरे।

‘अब जनताले नेताहरू छान्ने मात्रै होइन, विकल्पयुक्त सोच भएका नयाँ पुस्ताका सक्षम नेताहरूलाई चयन गर्नुपर्छ’ उनले भने, ‘राजतन्त्र फिर्ता ल्याएर पञ्चायती शासन चलाउने सपना देख्नेहरू आफैं द्विविधामा छन् र सत्ताको भोकले तिर्खाएका नेताहरूले पनि यो सत्य स्वीकार गर्नुपर्छ।’

डा. भट्टराईले पुराना दलहरूबाट अब कुनै परिवर्तन सम्भव नरहेको जिकिर गरे । ‘गाडी लिएर समुद्रको किनारसम्म पुग्न सकिन्छ, तर समुद्र पार गर्न जहाज नै आवश्यक पर्छ। त्यसैले अब पुराना पार्टीहरूले देशलाई कुनै नयाँ उपलब्धि दिन सक्दैनन्’ उनले भने, ‘बेरोजगारी हटाउन, वैज्ञानिक र प्राविधिक शिक्षा प्रवर्द्धन गर्न, तथा आर्थिक क्रान्ति ल्याउन वैकल्पिक शक्ति एकजुट भएर अघि बढ्नुपर्छ।’

पार्टीको प्रथम महाधिवेशनको भाव सम्प्रेषण कार्यक्रमका लागि भट्टराई जनकपुर पुगेका हुन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d
kingmedan303 rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM