२०८२ माघ २६ गते, सोमबार ११:४५

बुटवलमा मिडिया सम्मेलन सुरु

रुपन्देही । सञ्चार माध्यमहरूका समस्या र चुनौतीबारे वृहत् अन्तरक्रियाका लागि बुटवलमा शुक्रबारदेखि दोस्रो मिडिया सम्मेलन सुरु भएको छ । सम्मेलनमा मिडियामा लामो समय बिताएका र अनुभव सँगालेका सञ्चारकर्मी, उद्यमी तथा पत्रकारहरूबिच अन्तरक्रिया, प्यानल डिस्कशन र छलफल भएका छन् ।

प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको आयोजनामा सुरु भएको सम्मेलनको उद्घाटन गर्दै बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेले बुटवलमा मिडिया ग्राम स्थापना गरी सञ्चार गृहहरूको संरक्षण गर्ने योजना अघि सारिएको बताउनुभयो । सञ्चार गृहहरूले भोग्नु परेको आर्थिक सङ्कटलाई यसले कम गर्ने बताउँदै पाण्डेले उपमहानगरले मिडिया ग्रामको योजना अघि बढाएको उल्लेख गर्नुभयो । यसैगरी बुटवलको विकासमा मिडियाले खेलेको भूमिका बारे चर्चा गर्दै पाण्डेले यहाँको प्रचार–प्रसार गरी अब पर्यटन विकासमा जोड दिनुपर्ने बताउनुभयो ।

सम्मेलनको पहिलो दिन शुक्रबार सातवटा सत्रमा विभाजन गरी विभिन्न विषयमा अन्तरक्रिया गरिएको छ । सम्मेलनमा मिडियाको वर्तमान अवस्था, चुनौती र अबको बाटो, मिडियामा रोयल्टी, ‘परम्परागत मिडिया: आजको अवस्था, भोलिको बाटो’, ‘छापा माध्यम, किन र कसका लागि रु’, ‘के अनलाइन पत्रकारिता सधैँका लागि हो रु’, ‘किन फस्टाउन सकेन विज्ञापन बजार रु’ लगायतका विषयमा छलफल भएको संघका अध्यक्ष नवराज कुँवरले बुटवल डायरीलाई जनाकारी दिनुभयो ।

‘अनेक संस्था: नियमन कि नियन्त्रण रु’, ‘सम्बन्ध: पत्रकार र पत्रकार महासङ्घको  के भयो रु के हुँदैछ?’ लगायत विषयमा छलफल भएको सचिव माधव नेपालले जानकारी दिनुभयो । मिडियामा लामो समय बिताएका विज्ञहरूका प्रस्तुतिपछि संक्षिप्त प्रश्नोत्तर समेत राखिएको सचिव नेपालले जानकारी दिनुभयो । 

सम्मेलन अन्तरगतको पहिलो दिनको सेसनमा पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष निर्मला शर्मा, सल्लाहकार विपुल पोखरेल, रोयल्टी समाजका सुरेश अधिकारी, विज्ञापन बोर्डका प्रमुख लक्ष्मण हुमागाईँ, बाह्रखरीका प्रधान सम्पादक प्रतीक प्रधान, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्का, बुटवल एफएमका सम्पादक भवानीप्रसाद पाण्डे, पत्रकार सिपी खनाल, अमृता अनमोल लगायतले आआफ्नो तर्फबाट मिडियालाई जोगाउने र विकास बारेमा तर्क राख्नुभएको थियो । 

सम्मेलन अन्तरगतको पहिलो दिनेको सेसनमा शुक्रबार विभिन्न छलफलहरू गरिएको थियो भने शनिबार साधारण सभा गरिने सङ्घका उपाध्यक्ष विष्णु भुसालले जनाकारी दिनुभयो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d
kingmedan303 rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM