२०८२ माघ ४ गते, आईतवार १९:५२

प्रहरीमा उत्कृष्ट अनुसन्धानकर्तालाई होइन, हाकिम निकटलाई विशेष बढुवा

८ चैत, काठमाडौं । प्रहरी नियमावली २०७१ को नियम ३९ अनुसार बरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) दर्जासम्म विशेष बढुवा गर्न सकिने व्यवस्था छ । उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई नीति निर्माण समितिको सिफारिसमा प्रहरी महानिरीक्षकले बरिष्ठ सई दर्जासम्म एक तह बढुवा गर्न सक्ने व्यवस्था उल्लेख छ ।

यो व्यवस्था अनुसार विशेष बढुवा गर्दा प्रहरी कर्मचारीको कामलाई आधार मान्नुपर्ने हुन्छ । ३९ को (क) अनुसार राष्ट्र तथा आफू सेवारत प्रहरी कार्यालयको मान, प्रतिष्ठा र गौरव बढाउन प्रशंसनीय, सृजनात्मक र लगनशील कार्य गरेको हुनपर्ने उल्लेख छ ।

यसै नियमको (ख) अनुसार राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा विभिन्न विद्यामा उत्कृष्ट कार्य गरी राष्ट्र र प्रहरी संगठनको छवी उच्च राख्न विशेष योगदान पुर्‍याउनुपर्ने उल्लेख छ ।

(ग) अनुसार भने प्रहरी सेवामा रही कर्तव्य निर्वाह गर्दाको सिलसिलामा वीरगती प्राप्त गर्ने वा काम गर्दा शारीरिक रुपाम अशक्त भई सेवाबाट अवकाशा लिनुपर्ने अवस्थाका प्रहरी कर्मचारीलाई प्रहरी महानिरीक्षकले विशेष बढुवा गर्न सक्ने व्यवस्था छ ।

एक आर्थिक वर्षमा १० जनासम्मलाई प्रहरी महानिरीक्षकले विशेष बढुवा गर्ने व्यवस्था छ । विशेष बढुवा गर्नुको कारण र उनीहरुको कामको मूल्यांकनसहितको विवरण गृह मन्त्रालयमा समेत पठाउनुपर्ने नियमावलीमा उल्लेख छ ।

विशेष काम गरी संगठनको छवि उत्कृष्ट बनाएवापत पाउने विशेष बढुवा पछिल्लो समय प्रहरीमा दुरुपयोग हुने गरेको गुनासो सुनिने थालेको छ । वरिष्ठ सईसम्मका अधिकृतहरुको मूल्यांकन गरी दिइने विशेष बढुवा अहिले प्रहरीका हाकिमहरु निकटहरुलाई दिन थालिएको आरोप लाग्न थालेको छ ।

गएको ५ चैतबाट अनिवार्य अवकाशमा गएका प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले पनि जाँदाजाँदै उत्कृष्ट काम गर्ने कर्मचारीलाई नभइ आफू निकटका प्रहरीलाई विशेष बढुवाको पुरस्कार दिएको आरोप संगठनभित्र छ ।

अवकाश अघि २५ फागुनमा मात्रै उनले ६ जनाको विशेष बढुवा गरेका थिए । जसमा प्रहरी वृत्त, सातदोबाटो दरबन्दी भएका हवल्दार विनोद कुँवर पनि परे । सातदोबाटो दरबन्दी भए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा खटिएका उनलाई वरिष्ठ हवल्दारमा विशेष बढुवा गर्नुको कारणबारे प्रहरी हेडक्वार्टर अनविज्ञ छ ।

प्रहरी महानिरीक्षक कुँवरले आफू निकट रहेका कुँवरलाई घर जाने बेलामा विशेष बढुवाको उपहार दिएर गएको आरोप छ । जवानबाट सहायक हवल्दारमा पाँच जनाको विशेष बढुवा गरिएको छ । सहायक हवल्दारमा विशेष बढुवा भएकी रुकमणि चन्दको दरबन्दी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान आधारभूत तालिम शाखा महाराजगञ्जमा छ ।

उनी पूर्वकराते खेलाडी हुन् । खेलाडी जीवनबाट अवकाश भएर सामान्य प्रहरी ड्युटीमा रहेकी उनको विशेष योगदानबारे पनि प्रहरी हेडक्वाटर केही बताउन सक्दैन ।

विशेष बढुवामा कस्ता मान्छे परेका छन् भन्ने विषयले प्रहरी प्रमुखको प्राथमिकता के मा रहेछ भन्ने बुझाउँछ – पूर्वडीआईजी हेमन्त मल्ल

इलाका प्रहरी कार्यालय नुवाकोट दरबन्दी रहेका देवबहादुर कार्की पनि विशेष बढुवामार्फत सहायक हवल्दारमा बढुवा भएका छन् । उनले प्रहरी संगठन राष्ट्रको छवि उच्च पार्ने के काम गरे र त्यसलाई आधार मानेर विशेष बढुवा गरियो भन्नेबारे प्रहरी हेडक्वाटर नै अन्योलमा छ ।

वडा प्रहरी कार्यालय नारायणगढ चितवन दरबन्दी रहेका भुपाल सारु, नेपाल प्रहरी अनाश्रित गुल्म, २ कार्य शाखा काठमाडौंमा कार्यरत रहेका सन्तोष बस्याल र नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय कैलालीमा दरबन्दी रही कर्मचारी प्रशासन शाखामा कार्यरत रहेका सुरेशबहादुर बिष्ट जवानबाट सहायक हवल्दारमा विशेष बढुवा भएका छन् ।

प्रहरी अधिकृतहरुका अनुसार, कुनै विशिष्ट कामका आधारमा नभई प्रहरी अधिकारीको निकटता र शक्तिकेन्द्रको पहुँचमार्फत विशेष बढुवामा पर्न सफल भएका हुन् ।

यसअघि प्रहरी महानिरीक्षक कुँवरले कर्मचारी प्रशासन शाखको बढुवा शाखामा कार्यरत सई सुवास खतिवडालाई विशेष बढुवा गर्दै बरिष्ठ सईमा बढुवा गरेका थिए ।

त्यसैगरी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलकै कार्यरत बरिष्ठ हवल्दार रामबहादुर रायलाई पनि असईमा विशेष बढुवा गरिएको थियो । जवान विक्रम गुरुङलाई पनि विशेष बढुवा गर्दै सहायक हवल्दार बनाइएको थियो ।

उनीहरु सबै कुनै चुनौतिपूर्ण काम गरेर विशेष जिम्मेवारी निभाएका प्रहरी छैनन् । हेडक्वाटरभित्रको कर्मचारी शाखामा १० देखि ५ बजेसम्म ड्युटी गर्नेदेखि पीएको रुपमा काम गर्ने, एअरपोर्टमा काम गर्नेहरुलाई विशेष बढुवा गरिएको छ । जबकी, चुनौती वा जोखिम मोलर अपराध अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरु भने कोही पनि विशेष बढुवामा परेका छैनन् ।

जानकारहरुका अनुसार, एक दशक अघिसम्म विशेष बढुवामार्फत प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), विशेष ब्यूरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, लागू औषध नियन्त्रण ब्यूरो लगायतका निकायमा काम गरेर उत्कृष्ट अनुसन्धान गरेकाहरु पुरस्कृत हुन्थे ।

तर, यो पटक भने अपराध अनुसन्धानमा खटिएका प्रहरीहरु विशेष बढुवाको सूचीमा अटाएनन् । विशेष बढुवामा कस्ता मान्छे परेका छन् भन्ने विषयले प्रहरी प्रमुखको प्राथमिकता के मा रहेछ भन्ने बुझाउने पूर्वडीआईजी हेमन्त मल्लको बुझाइ छ ।

उनी भन्छन्, ‘कसैको प्राथमिकता अपराध अनुसन्धान र चुनौतिपूर्ण काम तथा राष्ट्रको छवि उच्च बनाउने काममा थियो । त्यस्तैलाई विशेष बढुवा दिए । हैन कसैको काम सरुवा बढुवा वा आफूले भन्ने मान्ने र शक्तिकेन्द्र रिझाउने प्राथमिकता थियो होला त्यस्तैलाई विशेष बढुवा दिए ।’

जोखिम मोलेर चुनौतिपूर्ण काम गर्ने र सिंगो प्रहरी संगठनको छवि उच्च राख्ने प्रहरी अधिकारीहरु विशेष बढुवाको सूचीमा नअटाउँदा भोलिका दिन जोखिम लिएर काम गर्न अधिकृतहरु हच्किने किमिसको परिस्थिति आउनसक्ने पूर्वप्रहरी उच्च अधिकृतहरु बताउँछन् ।

‘काम गरेर भन्दा पनि प्रहरी प्रमुखको नजिक भएर विशेष बढुवा पाउने भएपछि भोलिका दिन जोखिम मोलेर किन काम गर्ने ? यो प्रश्न स्वभाविक रुपमा उठ्छ’, एक अधिकृत भन्छन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM