२०८२ माघ २९ गते, बिहीबार २२:५५

कांग्रेस अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकारप्रति संवेदनशील छ : सभापति देउवा

पाटन (ललितपुर) । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेतृत्वको पार्टी अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकारप्रति संवेदनशील रहेको बताउनुभएको छ ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घको प्रथम महाधिवेशनको उद्घाटन समारोहमा सभापति देउवाले नेपालको लोकतान्त्रिक आन्दोलनमा अपाङ्गता भएका व्यक्तिहरूको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो ।

“नेपाललाई आधुनिक विकासको बाटोमा अघि बढाउने क्रममा अपाङ्गता भएका व्यक्तिहरूको उत्प्रेरणा, सुझाव, सहयोग र सकारात्मक भूमिका सदा प्रशंसायुक्त रह्यो, २००७ सालको जनक्रान्तिदेखि आजसम्म शारीरिक, मानसिक, बौद्धिक तथा अन्य प्रकारको अपाङ्गताका बाबजुद कांग्रेसको आह्वान र नेतृत्वमा भएका सङ्घर्षमा साथ दिने सबैलाई ससम्मान सम्झना गर्न चाहन्छु”, उहाँले भन्नुभयो ।

लोकतन्त्रले मात्र सबै वर्ग, क्षेत्र, लिङ्ग, वर्ण वा समुदायको हकहितको रक्षा गर्दछ भन्ने कुरा नेपालको आफ्नै अनुभवले प्रष्ट पारेको सभापति देउवाको भनाइ छ । 

“विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापना भएपछि मात्र अन्य क्षेत्रले झैँ अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न नेपालमा ठोस कदम चालिएका हुन्, अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिमा नेपालले सुरुमै हस्ताक्षर गरेको हो, अपाङ्गताको परिभाषा, वर्गीकरण, परिचय–पत्रको व्यवस्था, सामाजिक सुरक्षा भत्ताको सुरुवात तथा आवश्यक नीति, रणनीति, कार्ययोजना निर्माण भएका हुन्”, सभापति देउवाले भन्नुभयो, “नेपालको वर्तमान संविधान अपाङ्गता भएका व्यक्तिहरूको शिक्षा, स्वास्थ्य, रोजगारी, सहज र सुलभ जीवनयापनको पक्षमा उभिएको छ । अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकारप्रति संवेदनशील छ ।” 

सरकारले चाहेर पनि अपाङ्गता भएका व्यक्तिहरूलाई पर्याप्त सेवा सुविधा दिन नसकिरहेको तर्फ पार्टी सचेत रहेको भन्दै सभापति देउवाले मुलुकको आर्थिक विकाससँगै यस क्षेत्रको सेवा, सुविधा र रोजगारी अभिवृद्धिमा प्राथमिकता दिन आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो । 

“राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घले नेपाली कांग्रेसको केन्द्रीय समितिले तोकेको निर्धारित समय सीमाभित्र तल्ला तहका अधिवेशन सम्पन्न गरी पहिलो केन्द्रीय महाधिवेशन सम्पन्न गर्न लागेकोमा सम्वद्ध सबैलाई धन्यवाद दिन चाहन्छु”, सभापति देउवाले भन्नुभयो । महाधिवेशनले सङ्घलाई संस्थागत रूपमा थप सशक्त बनाउँदै उहाँले समावेशी लोकतान्त्रिक अभियानलाई प्रवर्द्धन गर्न तथा अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार र पहिचानलाई थप स्थापित गर्न दिशा मार्गनिर्देश गर्नेछ भन्दै शुभेच्छा व्यक्त गर्नुभयो ।

सभापति देउवाले अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकारलाई थप सुनिश्चित गर्न यस राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घले उठाएका सवाल र सुझावलाई कार्यान्वयन गराउँदै जानेतर्फ कांग्रेस प्रतिबद्ध रहेको जानकारी गराउनुभयो । 

उपसभापति धनराज गुरुङले जनताको आवाजलाई बुलन्द गर्ने क्षमता अपाङ्गता भएका व्यक्तिहरूसँगमा रहेको भन्दै सिङ्गो मुलुकलाई समृद्धिको यात्रामा बढाउने क्षमता भएको बताउनुभयो । “दृष्टि नभएकोमा हीनताबोध गर्नु आवश्यक छैन, तपाईँहरूसँग दृष्टिकोण छ, सँगसँगै काम गर्ने क्षमता तपाईँहरूसँग छ, कानून र ऐनमा भएको कमजोरीलाई सुधार गर्ने काममा काँग्रेसले नीतिगत रूपमा सुधार गर्छ, असमानतालाई हटाउँछ, अपाङ्गता भएका व्यक्तिहरूलाई पछाडि छोडेर हामी एक्लै अगाडि बढ्न सक्दैनौँ”, उहाँले भन्नुभयो ।

महामन्त्री विश्वप्रकाश शर्माले एकताबद्ध रूपमा उभिएर लोकतन्त्र र गणतन्त्रको पक्षमा रहेको सन्देश दिनुपर्ने भन्दै महाधिवेशनले नयाँ तागतको विकास गर्दै अपाङ्गता भएका व्यक्तिहरूले पनि धेरै काम गर्न सक्छन् भन्ने सन्देश दिनुपर्ने बताउनुभयो । “दुवै आँखा गुमाएको व्यक्तिले वेल लिपिको आविष्कार गरे, विश्वमा अपाङ्गता भएका व्यक्तिहरूले धेरै काम गरेका छन्,  ह्वीलचियरमा हुँदैमा केही गर्न सक्दैन भन्ने हैन, नेपालका गाउँगाउँमा रहेका अपाङ्गता भएकाहरूले उत्कृष्ट काम गर्न सक्छन्”, उहाँले भन्नुभयो ।

पार्टीका सहमहामन्त्री जीवन परियारले अपाङ्गता भएका व्यक्तिहरूले विश्वभरि अत्यन्तै कहालिलाग्दो जीवन व्यतीत गरिरहनुभएको भन्दै  पार्टीले पनि नेपालका अपाङ्गहरूको हकहित र राजनीतिक प्रतिनिधित्व सुनिश्चितताका लागि छुट्टै समूह बनाएर केन्द्रीय समिति र माताहातका विभिन्न समितिमा प्रतिनिधित्वको अधिकार दिनुपर्नेमा जोड दिनुभयो ।

पार्टीका प्रवक्ता डा प्रकाशशरण महतले महाधिवेशनले नेतृत्व चयनसँगै अपाङ्गता भएकाहरूको समस्या समाधानका लागि राष्ट्रियस्तरमा नीति निर्माणका लागि भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले दुर्घटनाबाट हुने विभिन्न किसिमका अपाङ्गता हुन नदिन अभियान बढाउनुपर्ने, अपाङ्गता भएकाहरूको अधिकारका विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।

कांग्रेसका केन्द्रीय सदस्य एवम् महाधिवेशन निर्देशक समितिका सभापति मधु आचार्यले समाजमा पछाडि परेकालाई राजनीतिक प्रक्रियामा सहभागी गराएर समावेशी राजनीतिलाई काँग्रेसले नै अगाडि बढाएको बताउनुभयो । उहाँले अपाङ्गता भएकाहरूमा साक्षरता प्रतिशत कम, रोजगारीको अवस्था कमजोर रहेको र गरिबीको दुष्चक्रमा फसेकाले विभिन्न किसिममा अपाङ्गलाई अगाडि बढाउन पार्टी र राज्यले उचित कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।

कांग्रेसका केन्द्रीय सदस्य एवं महाधिवेशन निर्देशक समितिका सदस्य मदनकृष्ण श्रेष्ठले विभिन्न किसिमका अपाङ्गता भएका व्यक्तिहरूको फरक फरक समस्या छ भन्दै सबै किसिमका अपाङ्गका समस्या एकै आधारमा समाधान हुन सक्दैन भन्नुभयो । उहाँले वर्तमान संविधानले केही अधिकार त दिएको छ भन्दै त्यो भएको केही उपलब्धि पर्याप्त नभएको बताउनुभयो । 

कांग्रेस ललितपुरका सभापति जीतेन्द्रकुमार श्रेष्ठले महाधिवेशनबाट अपाङ्गता भएकाको हकहितमा काम गर्ने नेतृत्व चयन होस् भन्ने कामना गर्दै नेपालको प्रजातान्त्रिक आन्दोलनमा गर्नुभएको योगदान पार्टीले बिर्सने छैन भन्नुभयो ।

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घका वर्तमान अध्यक्ष प्रकाश पन्तले केन्द्रीय समितिमा ७७ वटै जिल्लाको प्रतिनिधित्व रहेको जानकारी गराउँदै २०६२र६३ को अधिकारपछि संविधानमा धेरै अधिकार समेटिएको बताउनुभयो । “संविधानमा अधिकार समेटिएको छ, अब हामीले व्यवहारमा उतार्ने हो, ७४ जिल्लाका एक ६३ भन्दा बढी निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भएको छ, हामीले माघ मसान्तभित्रै अधिवेशन सम्पन्न गर्ने तयारी गरेका थियौँ, समयमै महाधिवेशन गर्ने तेस्रो सङ्घ भएका छौँ”, उहाँले भन्नुभयो ।

संस्थापक अध्यक्ष भोजराज श्रेष्ठले २०४६ साल अगाडि अपाङ्गता भएकालाई दोस्रो दर्जाको नागरिकको रूपमा लिइएको थियो भन्दै २०४६ पछि सङ्घसंस्था खोल्ने अधिकार प्राप्त भएको बताउनुभयो । उहाँले २०६२र६३ को आन्दोलनपछि अधिकारका पक्षमा प्रभावकारी र सकारात्मक काम भएको बताउनुभयो । 

“गिरिजाप्रसाद कोइरालाले विधान पठाइदिनुस्, म भातृ संस्थाको निर्णय गरिदिन्छु भनेर प्रतिबद्धता जनाउनुभएको थियो । त्यहीअनुसार उहाँले काम गरेर हामीलाई माया र सद्भाव दिनुभयो, कांग्रेसको १२औँ महाधिवेशनबाट अपाङ्गता भएकाको प्रतिनिधित्व सुनिश्चित भयो । राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ नेपालको सबैभन्दा ठूलो अपाङ्गता भएकाको संस्था बनेको छ”, उहाँले भन्नुभयो ।

गण्डकी प्रदेशसभा सदस्य सुनिता थापाले यो महाधिवेशन अपाङ्गता  व्यक्तिहरूको अधिकार र समान प्रतिनिधित्व गराउने अवसर भएको बताउँदै लोकतान्त्रिक मूल्यमान्यता अनुरूप समान अवसर, समान अधिकार र समावेशी प्रतिनिधित्वका लागि कांग्रेस अगाडि रहेको धारणा राख्नुभयो । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM