२०८२ माघ २६ गते, सोमबार २१:०३

रातोढुङ्गा सबस्टेशन सञ्चालन




म्याग्दी । जिल्लाका तीनवटा स्थानीय तहमा विद्युत् आपूर्ति गर्न निर्माण भएको ३३ र ११ केभी क्षमताको रातोढुङ्गा सबस्टेशन सञ्चालन भएको छ । 

पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने २२ किलोमिटर दूरीको प्रसारण लाइन र रातोढुङ्गामा निर्माण भएको सबस्टेशन सञ्चालनमा आएको हो । 

विसं २०८० माघमा गरिएको परीक्षण सफल भएको उक्त सबस्टेशनबाट आजदेखि नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रले विद्युत् आपूर्ति गर्न थालेको हो । 

केन्द्रका प्रमुख सत्यनारायण गामीले परीक्षणका लागि सबस्टेशनबाट विद्युत् आपूर्ति गराउन थालिएको बताउनुभयो । 

“मिलनचोक सबस्टेशन नजिकै एउटा पोल गाड्न, तार तान्न र संरचना बनाउन बाँकी भएकाले अस्थायी रूपमा बेनीबाट ट्यापिङ गरेर रातोढुङ्गा सबस्टेशनमा लाइन जोडेर हाम्रो निगरानीमा परीक्षणका लागि विद्युत् आपूर्ति गरिएको छ”, उहाँले भन्नुभयो, “अबको एक महिनाभित्र १५ दिनमा ठेकेदारले सबै संरचना बनाएर हस्तान्तरण गर्ने लिखित प्रतिबद्धता जनाएको छ ।” 

नेपाल विद्युत् प्राधिकरणमार्फत एटुजेड इन्जिनियरिङले सन् २०१६ मा रु १६ करोडमा ठेक्का लिएको सबस्टेशन र प्रसारण लाइन सन् २०१८ को डिसेम्बरमा सक्ने लक्ष्य थियो । ठेकेदार कम्पनीका प्रतिनिधि पद्मसागर लुइँटेलले परीक्षण अवधिपछि प्राधिकरणलाई औपचारिक रूपमा सबस्टेशन हस्तान्तरण गरिने केन्द्रका प्रमुख गामीले बताउनुभयो । 

सबस्टेशन सञ्चालनपछि म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन विस्तार र विद्युत् आपूर्ति सहज हुने अपेक्षा गरिएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM