२०८२ माघ २६ गते, सोमबार १२:२४

राष्ट्रिय सभामा मर्यादित महिनावारीका लागि विभेद अन्त्यसम्बन्धी’ सङ्कल्प प्रस्तावमाथि छलफल

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसद मदनकुमारी शाह (गरिमा)ले ‘मर्यादित महिनावारीका लागि महिनावारी विभेद अन्त्यसम्बन्धी’ सङ्कल्प प्रस्तावमाथि छलफल भएको छ ।

सभामा प्रस्तुत प्रस्तुत गर्दै महिनावारी विभेद अन्त्य गर्न आवश्यकताअनुसार कानुन परिमार्जनका लागि सङ्कल्प प्रस्ताव प्रस्तुत गरिएको बताउनुभयो ।  

कर्णाली र सुदूरपश्चिम लगायत क्षेत्रमा अझै पनि छाउपडी प्रथा रहेकाले यसलाई अन्त्य गर्न आवश्यक रहेको शाहको भनाइ छ । 

महिनावारी विभेद अन्त्य गरेर यसलाई मर्यादित बनाउनु र महिनावारीलाई मानवअधिकारको दृष्टिले सम्मान गर्नु नै मर्यादित महिनावारी भएको बताउनुभयो । महिनावारीलाई सहज र सुरक्षित बनाउने, नीतिमा प्राथमिकता दिने, राष्ट्रिय महिनावारी नीति २०७४ लाई टुङ्गोमा पुर्‍याउने, वार्षिक बजेटमा पनि मर्यादित महिनावारी शीर्षक राखिनुपर्नेमा सांसद शाहको जोड छ । 

प्रस्तुत सङ्कल्प प्रस्तावलाई सांसदहरू सुमित्रा बिसी, गङ्गाकुमारी वेल्बासे, विष्णुकुमारी सापकोटा, पूजा चौधरी र डा अञ्जान शाक्यले समर्थन गर्नुभएको थियो । 

सङ्कल्प प्रस्तावका समर्थक सांसदहरुले संविधानले लैङ्गिक विभेद अन्त्य गर्ने सङ्कल्पसहित मौलिक हकको व्यवस्था गरे पनि कार्यान्वयन हुन नसकेको बताउनुभयो । 

सांसदहरुले सामाजिक बहिस्कारका रुपमा रहेको महिनावारीले हिंसा बढाएको भन्दै यसलाई मर्यादित बनाउन छुट्टै नीति आवश्यक रहेको औँल्याउनुभयो । 

प्रस्तावमाथि छलफलका क्रममा उठेका विषयको जवाफ दिँदै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले मर्यादित महिनावारीका लागि विभेद अन्त्य गर्न आवश्यक नीति निर्माण गरी भएका नीतिमा समयसापेक्ष र आवश्यकताअनुसार परिमार्जन गरिएको बताउनुभयो ।

उहाँले महिनावारी वा सुत्केरी हुँदा धार्मिक, सांस्कृतिक र सामाजिक अवस्थामा महिलामाथि गरिने हिंसा, विभेद, शोषण र भेदभाव अन्त्य गरिनुपर्नेमा जोड दिनुभयो । 

मन्त्री सुडीले सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लामा सामाजिक विकृतिका रुपमा रहेको छाउपडी प्रथाले महिलाको शारीरिक, सामाजिक र आर्थिक अवस्थामा नकारात्मक असर पारेको बताउनुभयो । 

यसैबीच, राष्ट्रिय सभाको आजको बैठकले ‘मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्यसम्बन्धी’ सङ्कल्प प्रस्ताव पारित गर्दै त्यसको कार्यान्वयनका लागि सरकारलाई निर्देशन दिएको छ ।

बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्यसम्बन्धी’ सङ्कल्प प्रस्ताव कार्यान्वयनका लागि निर्देशन दिएको बताउनुभयो ।

यसैगरी सङ्कल्प प्रस्तावमा उल्लेखित विषय कार्यान्वयन भए/नभएको अनुगमन गर्न उहाँले सम्बन्धित विषयगत समितिलाई निर्देशन दिनुभयो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM