२०८२ असार २६ गते, बिहीबार २३:२६

खानेपानी समस्याको दीर्घकालीन समाधान गर्न मुहान संरक्षणको योजना बनाई अघि बढेका छौ: मन्त्री यादव 




काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले देशभरी रहेको खानेपानी समस्याको दीर्घकालीन समाधान गर्न देशका सबै भागमा रहेका खानेपानीका मुहान संरक्षणको योजना बनाई अगाडी बढेको बताउनु भएको छ ।

राष्ट्रिय सभामा सांसदहरुले सोध्नु भएको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले एक वर्षभित्र ५७ प्रतिशतमा सुरक्षित खानेपानी पुर्‍याउनका लागि कार्ययोजना बनाएर अगाडी बढाएको बताउनु भयो । 

उहाँले अहिले देशमा २७ प्रतिशत मात्रै सुरक्षित खानेपानी वितरण भइरहेको भन्दै सबैका लागि सुरक्षित खानेपानीको सुनिश्चितता गर्न प्रत्येक खानेपानी प्रणालीमा क्लोरिन डोजिङ युनिट अनिवार्य जडान गर्ने प्रक्रिया अगाडी बढाएको पनि बताउनुभयो । 

मन्त्री यादवले सुख्खा मौसममा तराईमा पानीको हाहाकार हुन सक्ने सम्भावना न्युनिकरण गर्न डिप बोरिङका आयोजना शुरु भइसकेको बताउनुभयो । 

मन्त्री यादवले तराई मधेशमा खानेपानीको समस्या समाधानका लागि ३८ वटा बहुवर्षीय आयोजनाको काम अगाडी बढेको पनि जानकारी गराउनुभयो । 

पहाडी भागमा भूकम्पपछि बिग्रिएका खानेपानी मुहान संरक्षणका लागि मन्त्रालयले समिति नै बनाएर काम गरिरहेको मन्त्री यादवको भनाई छ । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM